Sunil Prajapati (@c2dvil) 's Twitter Profile
Sunil Prajapati

@c2dvil

night never lies

# Don't compare your progress with that of others. We all need our own time to travel.

ID: 3023316368

calendar_today17-02-2015 04:48:24

33,33K Tweet

2,2K Followers

2,2K Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कहिलेकाहीँ सबैभन्दा गहिरो पीडा त्यो हुन्छ, जसलाई न शब्दले भन्न सकिन्छ न घाउले देखाउन। मन भित्रको चोट , मौनतामै लुकेको हुन्छ।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कहाँ बाट लिएर आउँ साँचो प्रमाण कि तिमीलाई कति चाहन्छु म। मन तिम्रो सम्झनामा हराएको छ, दिमाग तिम्रै सोचमा अल्झिएको छ, नजर जहाँ पुगे पनि तिम्रै खोजी गर्छ। साँचो त यही हो, म आफैं नै तिम्रै कैदमा छु, माया पनि, श्वास पनि, सबै तिमीमै बाँधिएको छ। 💫 #म_अनि_मेरो_भावना

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

म तिम्रो नभए पनि तिमी मलाई माया गर्छौ म त्यो महसुस गर्छु तिम्रो मुस्कानमा बोल्ने शब्दहरुमा तिम्रो नजरमा तर...यो कहिल्यै प्रेम बन्न सकेन तिमिलाई लाग्दो हो सुन्दर छु तर त्यो सुन्दरताले तिमीलाई कहिल्यै ल्याएन मलाई गुमाउने डर

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

ढिलै भएपनि सुन्दर विचारकी खानी साहित्यमा कलम चलाउन सक्ने रानी तिमीलाई हिजो पर्न गएको जन्मदिनको अनन्त शुभकामना यसरी नै कलम चलिरहुन मुस्कुराइरहुन् तिम्रा हर क्षण प्रशान्त सागर झैँ x जगतकि सबैकि मिलनसार साथी मेरी प्रियालाई जनम दिन मुबारक धेरै माया.....🎂♥️ सिर्जु शाह......✍️ 🥰

ढिलै भएपनि सुन्दर विचारकी खानी
साहित्यमा कलम चलाउन सक्ने रानी
तिमीलाई हिजो
पर्न गएको जन्मदिनको
अनन्त शुभकामना
यसरी नै कलम चलिरहुन
मुस्कुराइरहुन् तिम्रा हर क्षण
प्रशान्त सागर झैँ
x जगतकि सबैकि मिलनसार
साथी मेरी प्रियालाई
जनम दिन मुबारक धेरै माया.....🎂♥️
<a href="/srijushah/">सिर्जु शाह......✍️</a> 🥰
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

म बबुरो, प्रकृतिसँग रमाउँदै हिउँमा खेल्दै, सेतो चिसोपन भित्र न्यानो खुशी खोज्दै, प्रत्येक हिउँका थोपामा बाल्यकाल सम्झिँदै, मौन हिमाल सँग आफ्नै कथा बाँड्दै… आज फेरि, म आफैँलाई भेट्दैछु निर्दोष, स्वतन्त्र, अनि प्रकृतिमा हराउँदै। ❄️🌿 #म_अनि_मेरो_भावना

म बबुरो, प्रकृतिसँग रमाउँदै हिउँमा खेल्दै,
सेतो चिसोपन भित्र न्यानो खुशी खोज्दै,
प्रत्येक हिउँका थोपामा बाल्यकाल सम्झिँदै,
मौन हिमाल सँग आफ्नै कथा बाँड्दै…
आज फेरि, म आफैँलाई भेट्दैछु
निर्दोष, स्वतन्त्र, अनि प्रकृतिमा हराउँदै। ❄️🌿
             #म_अनि_मेरो_भावना
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

यात्री रोकिन्छ, तारातिर टाउको उठाएर सोच्छ कसको कथा होला रातको आकाशमा चम्किरहेको ? यसै गरी म पनि मुस्कुराउँदै आकाश हेरिरहेछु , उनको मुस्कानको माद्कता सम्झेर ...... तर यो त हाम्रो अनौठो कथा हो ।♥

मान्छे (@peace39poem) 's Twitter Profile Photo

भनौ न दाग लागेको वस्त्र लगाएर अरुलाई दाग लागेको छ भन्दै हिड्नेहरुको भिड प्रशस्तै छन यतैकतै दुषित मन बोकेर अरुलाई मन सफा गर भनेर भन्दै हिड्ने प्रशस्तै छन यतैकतै निभेको विचार बोकेर अरुलाई विचारको बत्ती बाल भन्दै हिड्नेहरु प्रशस्तै छन यतैकतै बुझ्यौ यो ढोँगी जमाना हो ! #शुभपल 💝

Sunita (@sunita720951281) 's Twitter Profile Photo

बुबाको माया नि अचम्मको हुन्छ नदेखिने तर गहिरो चुपचाप पसिना बगाउने अनि सपना सजाउने सधैं अगाडि ढालजस्तो उभिएर आँधीबाट जोगाउने आफ्नो रहर थामेर छोराछोरीको खुशीमा रमाउने थकाइ लुकाउने मुस्कान देखाउने कहिल्यै ‘म थाकें’ नबोल्ने तर सधैं बलियो रहने सपना पुरा गर्न रात दिन खट्ने बुबा त ती

बुबाको माया नि अचम्मको हुन्छ नदेखिने तर गहिरो
चुपचाप पसिना बगाउने अनि सपना सजाउने
सधैं अगाडि ढालजस्तो उभिएर आँधीबाट जोगाउने
आफ्नो रहर थामेर छोराछोरीको खुशीमा रमाउने
थकाइ लुकाउने मुस्कान देखाउने
कहिल्यै ‘म थाकें’ नबोल्ने तर सधैं बलियो रहने
सपना पुरा गर्न रात दिन खट्ने
बुबा त ती
💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

सपना कस्तो मात्रै देख्नु ! सपना जस्तै सोच्छु म रुदा उसले बुझोस हराउदा उसले खोजोस डराउदा अङ्गालोमा बेरोस अनि मेरो लागि उसको बानि फेरोस थाकेर आउँदा मलाई खोजोस हजारौं भेटे पनि मलाई रोजोस एस्तो सम्भब होला र ? सोच्छु कस्तो महँगो सपना ! फेरी लाग्छ सम्भब छ बुझ्नुपर्छ.. #शुभदिन 🙏🌷💜

मान्छे (@peace39poem) 's Twitter Profile Photo

उड्ने मनलाई उड्न देऊ फुर्ने विचारलाई फुर्न देऊ आउँदो संयोगलाई आउन देऊ जुर्दो स्वभाविकतालाई जुर्न देऊ प्रिय मान्छे ! समाल्ने भनेको त संयमतालाई पो त हो रोक्ने भनेको त आवेगलाई पो त हो छेक्ने भनेको त निराशालाई पो त हो आत्मसात गर्ने भनेको त स्वभाविकतालाई पो त हो ! #शुभपल 💝

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

अचम्म छ… म उसकै लागि मरेँ जस्तो लाग्छ,त्यो दिन देखि, जुन दिन उसले मलाई आफ्नो संसार बाट बिस्तारै हटायो। त्यसपछि म भित्रको म हरायो, सपना हराए, चाहना हराए, अनि मुस्कान पनि कृत्रिम बन्यो। तर झन् अचम्म त यो छ, ऊ आज पनि जिउँदै छ म भित्र, मेरो हरेक सासमा, हरेक सम्झनामा, हरेक एकान्तमा।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

खेल मौनताको हो, खतरनाक त हुन्छ नै, किनकि यहाँ शब्दहरू मरिसकेका हुन्छन्, तर भावनाहरू अझै जिउँदै चिच्याइरहेका हुन्छन्। शान्त देखिने यो खेलमा, भित्रभित्रै आत्मा थाकेर हार मानिरहेको हुन्छ… #म_अनि_मेरो_भावना

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

केही नाता तोडिए केही याद छोडिए। केही यात्री जोडिए त केही बाटो मोडिए। केही काम पुरा भए केही आधा-अधुरा। केही धेरै पर पुगे केही थाती-अपुरा। हरेक दिन उस्तै रह्यो अस्तायो र उदायो। हरेक दिन जिन्दगीको एउटा थोपो बिलायो। जे भयो जस्तो भयो यो साल पनि उस्तै गयो... 😊

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

तिमि मख्ख पार्दै भन्छौ छरिसाउँदा पनि राम्री लाग्छ तिम्रो आँखामा माया झल्किन्छ ओठले कठोर शब्द बोले पनि मनले भने अझै मलाई नै बोलाउँछ तिमि कहिले बुझ्छौ रिस त एउटा बहाना हो मभित्र लुकेको प्रेम देखाउने मौनता भित्र लुकेको चाहना यहि त हो मेरो बाहना बाकि तल👇👇👇

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

लाग्छ तिमी टाढा हुँदा पनि मनको दूरी नजिकिँदै गए पो रिसले ढाकेको त्यो भावना झन् गहिरो प्रेममा बदलिँदै जन्थ्यो के गर्नु पर्छ र मैले बुझ्ने हुन ? म बुझ्छु तिमीलाई अनि रिसको अर्थ पनि किनकि त्यो रिस भित्रैनै लुकेको छ मेरो प्रेम बुझ्नु... #शुभप्रभात शुभदिन 🙏💜🌷

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कति हाँसो सँगै हाँसियो कति आँसु सँगै बगाइयो क्षण-क्षणका ती अनुभूतिहरू कहिले उज्याला कहिले धमिला कैयौँ झगडा, कैयौँ मनमुटावका आँधीहरू, तर फेरि पनि मायाको न्यानोले जोडिएको पुनर्मिलनको इन्द्रेणी अब फेरि अर्को नयाँ वर्ष थपिँदैछ, हाम्रो कथाको अर्को पाना पल्टिँदैछ।♥ #Happynewyear

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जिन्दगी ले कहिल्यै पनि उस्तै क्षण दोहोर्याउँदैन, आजको हाँसो भोलि कथा बन्न सक्छ। त्यसैले, जति सक्छौ सम्झनाहरू समेट, किनकि पछि खोज्दा समय होइन, केवल यादहरू मात्र भेटिन्छन्… 🖤 #म_अनि_मेरो_भावना

Sunita (@sunita720951281) 's Twitter Profile Photo

परदेशीको जीवन मोबाइलको घण्टीसँगै आँखा खुल्नुपर्छ निद्रा मिठो लाग्छ तर काममा दौडिनुपर्छ परदेशी जीवन सपना जस्तै लाग्दैन भारी मन लिएर पसिना बगाउनुपर्छ दिनदिनै आमाको सम्झनाले छाती पोल्छ बाबाको भरोसाले आँसु लुकाउनुपर्छ साथीहरू हाँस्दा म पनि हाँस्छु तर भित्रभित्रै पीडा सहनुपर्छ मान्छे

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

विगतका पानाहरूमा लेखिएका असफलताका मसीलाई पखालेर, २०८३ को सेतो पानामा सफलताको सुनौलो इतिहास लेख्ने साहस मिलोस्। सबैलाई नयाँ वर्ष २०८३ सालको शुभकामना...🙏🥰

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

नयाँ वर्षमा केही माग्नु छैन बस तिमि आफ्नो भैरहनु सबै थोक तिमी हौ मेरो संसारसँग केही नयाँ माग्दिन किनकि उसले मलाई पहिल्यै तिमी दिएको छ तिमी मेरो सास हौ जब शब्द सकिन्छन मेरो विश्वास हौ जब संसार हल्लिन्छ मेरो शान्ति हौ जब मन थाक्छ मेरो घर हौ जहाँ भित्र म छु.. #Happy २०८३ 🎆🎈🙏💜

नयाँ वर्षमा केही माग्नु छैन
बस तिमि आफ्नो भैरहनु
सबै थोक तिमी हौ मेरो

संसारसँग केही नयाँ माग्दिन
किनकि उसले मलाई पहिल्यै
तिमी दिएको छ

तिमी मेरो सास हौ
जब शब्द सकिन्छन
मेरो विश्वास हौ
जब संसार हल्लिन्छ
मेरो शान्ति हौ
जब मन थाक्छ
मेरो घर हौ जहाँ भित्र म छु..

#Happy २०८३ 🎆🎈🙏💜