Binod Shahi (@shabdakarmi) 's Twitter Profile
Binod Shahi

@shabdakarmi

Reader । Listener ।
youtube.com/@Shabdakarmi

ID: 984154494

linkhttps://shabdakarmi.com calendar_today02-12-2012 08:13:02

51,51K Tweet

4,4K Followers

436 Following

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

अर्का 'मदन राई' पनि रहेछन् । ती कृषिविज्ञ थिए, यी कानुनविद् रे ! खासमा दुवै 'दुराचारविद्' !

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाह राजा हुने । संसद विघटन गर्ने । दुर्गा प्रसाईं प्रधानमन्त्री हुने । ज्ञानेन्द्र शाही गृहमन्त्री । अरु ऐजन ऐजन...! अनि देश 'स्वर्ग' बन्छ, यो 'नर्क'बाट नागरिकले 'मुक्ति' पाउँछन् । देश 'स्वर्ग' बनिसकेपछि बाँकी प्रश्नहरु नै 'औचित्य'हीन हुने भइगयो !

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

टुङ्नाको धुनमा.. जति सुने पनि धीत नमर्ने गीत भएको छ अचेल यो। इन्द्रजित मिजारको स्वरमा जसरी 'आहाहा हा..'सहित सुरु हुन्छ, त्यसपछि बज्ने टुङ्नाको निख्खर धुनले मनसम्म छुन्छ अनि सिङ्गै गीतले मन र मस्तिष्क दुवै लठ्याउँछ। महिनादिन हुन लाग्यो मेरो प्लेलिस्टमा योबाहेक अर्को गीत बजेकै छैन।

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

०-२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४-३ को जित । योसँग लालिगाको उपाधि पनि लगभग सुनिश्चित । एकै सिजनमा रियल मड्रिडलाई ४ पटक लगातार हराउनुको मजा पनि थप उपाधि बराबरकै हो । यत्ति भएपछि च्याम्पियन्स लिगको सेमिफाइनल पराजय भुल्न सकिने भयो 😃 #ViscaBarca #Remontada #ElClasico2025

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

राज्यको धर्म हुँदैन । कर्तव्य हुन्छ, दायित्व हुन्छ, जिम्मेवारी हुन्छ । न्याय गर्नु, विवेक पुर्‍याउनु, सबैलाई समान व्यवहार गर्नु त्यही कर्तव्य हो, जिम्मेवारी/दायित्व हो। चतुर्‍याइँपूर्वक 'धार्मिक स्वतन्त्रता’को दलिल दिएर अन्तर्यमा एकल धार्मिक वर्चस्वको पक्षपोषण 'जडपन्थी' सोच हो ।

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

'अवकाश पाउने' भनेको त सेवा अवधि/उमेर/योगदान सबै हिसाबले 'तिम्रो सक्रिय उपयोगिता सकियो, अब आराम गरेर बस' भनेको होइन र भन्या ? त्यसपछि किन नियुक्ति दिने ? बरु निजामति विधेयकमै अवकाश पाएको व्यक्तिले कुनै पनि संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने व्यवस्था गरिनुपर्छ ।

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

सँगै फिल्म खेल्यो कि 'फलानो हिरो र हिरोइनको लभ अफेयरको हल्ला छ' भनेर हुँदै/चल्दै आएको 'फिल्मी पतरकारिता'कै शैलीमा 'फलानाले अकुत सम्पति कमाएको चर्चा छ..'भनेर गरिने 'चर्चाकारिता' अचेल मेनस्ट्रीमदेखि डिजिटल च्यानलहरुको 'कन्टेन्ट' छन्, वरिष्ठहरुका कन्टेन्ट त बलिया हुनुपर्ने हो के रे!

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

चर्चाकारिताको चलनमा पत्रकारिताले खोज्ने ABC मध्ये A(accuracy) र B(balance) चाँहिदैन, C ले चैं अर्थ बदलेर C(credibility) बाट C(content) भएको छ । भ्युज ल्याउने कन्टेन्ट भए पुगि तो गो ;)

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

आज दिनभर हाँस्ने वहाना कतै केही भेटिएको थिएन । अहिले यता X मा छिरेपछि भने पेट दुख्नेगरी हाँस्न पाइयो । एकादशीको दिन एउटा पत्रिकामा कुखुराको मासु खाने दिन भनेर छापिएको KFC को विज्ञापनले साँस्कृतिक अतिक्रमण भयो रे 😂

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

'ल्हासाको खबर' पढेपछि डोरबहादुर विष्टको यात्रावृत्तान्त लेखन गजबको लाग्यो । आफ्ना सामान्य र स्वभाविक गतिविधिहरुको वर्णनभित्र तत्कालीन तिब्बतको सोलोडोलो चित्र प्रष्ट देखाएका छन् । विराट अनुपमको अनुवाद पनि मीठो छ, सम्पादनमा भने अलिक ध्यान नपुगेको हो कि, छिटफुट त्रुटि भेटिन्छन् ।

'ल्हासाको खबर' पढेपछि डोरबहादुर विष्टको यात्रावृत्तान्त लेखन गजबको लाग्यो । आफ्ना सामान्य र स्वभाविक गतिविधिहरुको वर्णनभित्र तत्कालीन तिब्बतको सोलोडोलो चित्र प्रष्ट देखाएका छन् । 

विराट अनुपमको अनुवाद पनि मीठो छ, सम्पादनमा भने अलिक ध्यान नपुगेको हो कि, छिटफुट त्रुटि भेटिन्छन् ।
Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

स्टुडियोमा बोलाएर 'चिथोर्ने अन्तर्वार्ता' त म पनि हेरिसक्दिनँ । न त 'हो-हजुर-हस् अन्तर्वार्ता' नै हेर्न सकिन्छ । अनि यी दुवैखालेभन्दा पर छु भन्नेहरुले गर्ने 'गनगने अन्तर्वार्ता' हेर्न पनि सकस नै हुने रछ ! यी तीनै वटै शैलीभन्दा अलग शैलीका भए/पाए हेर्नहुन्थ्यो ।

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

एउटो किताब हात पार्न थप १४५ रुपैयाँ बाटो खर्च बेहोर्न परेपछि हामी सर्वहाराहरुले किताब किनेर पढ्ने सक्ने वातावरण छ र देशमा 🤔 टेलिग्रामबाट भेटिने फिल्म हेर्न पनि नपाइने बनाइहाल्यो सरकारले ;) अब टिकटक हेरेर बस्ने त होला 😃

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

कारागारको दुरावस्था र कैदीहरुको मानव अधिकार हनन् भएको थाहा पाउन 'भिआइपी'हरु जेल पर्नुपर्ने रहेछ। कारागार सुधारका लागि प्रत्येक कारागारमा कम्तीमा १/१ जना भएपनि 'भिआइपी'हरुलाई हाल्नुपर्ने देखियो ! अधिकतर 'भिआइपी'हरु जेल जान योग्य नै छन् ! कारागार सुधारका लागि तिनको योगदान हुनसक्छ;)

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

व्यक्तित्व सरल र शालिन होस् । व्यवहारमा तामझाम र छलछाम नहोस् । अतिरिक्त महत्वाकांक्षा होइन, काम गर्ने हुटहुटी होस् । नतिजा निकाल्ने दृढता होस् । वैचारिक परिपक्वता होस् । सोच र शैलीमा नविनता देखियोस् । तब पो वैकल्पिक । तब पो नयाँ । तब पो समयानुसारको नेता–नेतृत्व ।

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

पुराना दलहरुमा कथित उच्च जातीय र पहाडिया पहुँचवालाहरुको हालिमुहाली थियो/छ । वैकल्पिक शक्ति भनिएको रास्वपामा शहरीया एलिट वर्गहरुको हालिमुहाली देखियो । नयाँ-पुराना सबैले समानुपातिक प्रणालीको चरम दुरुपयोग गरे । राजनीतिक संरचनाहरु वर्चश्वशाली वर्गकै कब्जामा छन् ।

Binod Shahi (@shabdakarmi) 's Twitter Profile Photo

एकजना पत्रकार छन्, जसले अनुवाद गरेको किताब पढेको थिएँ । अर्को किताब निकालेछन्, पढ्नपर्ला सोचिरहेको थिएँ । तर सञ्जालतिर उनको गतिविधि देखेपछि यति 'हावादारी' लाग्यो कि पछिल्लो किताब किन्ने मन मरेरै गयो । एकजना लेखकले यसरी एकाएक विश्वसनीयता गुमायो ।