©हरि बुढा क्षेत्री© (@hari_xettri) 's Twitter Profile
©हरि बुढा क्षेत्री©

@hari_xettri

हतार छैन मलाइ नाम कमाउनु
समय आएपछी सबैले आफै चिन्नेछ्न
Work at:Global Ime Bank ltd.

@hxettri @hbudhaaa

ID: 2587628516

calendar_today25-06-2014 14:32:50

148,148K Tweet

7,7K Followers

6,6K Following

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

हाम्रो भेट भएको दिन..! म दुई हात फिजाएर उभिरहेकाे हुन्छु! तिमी दाैडदै आउनु अनि मलाई अङ्गालाेमा कस्नु! तिमी आँखा बन्द गर्नु अनि याे ससारलाई बिर्सनु! म तिम्रा आँखामा आँखा जुधाएर तिमीलाई हेरी रहुला! तिमी हल्का लजाए जस्तो गरेर मन्द मुस्कुराउनु! अनि एकअर्काकाे तारिफ गर्दै समय बताउला!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म, शब्द हुँ सुर बिनाको म, संगीत हुँ ताल बिनाको नसोध्नुस् मलाई मेरो बारे म, जवाफ हुँ सवाल बिनाको हान्नु मेरै छातिमा पत्थर म, समुन्द्र हुँ छाल बिनाको तिमिमै बिलिन छु अदृश्य बनेर म, धड्कन हु चाल बिनाको!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

हाम्रो भेटलाई संयोग म ठान्दिन, तिमी त मेरो प्रार्थनामा आएको उत्तर हौ।♥

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

लाग्दैछ सोचेजस्तो छैन जिन्दगी मुस्कान खोज्दा पिडाले चिहाउँछ सपनाका गल्लिमा भौतारिदा मनको आँधीले भिजाउँछ सङ्घर्ष गर्दै गर्दा कहिले निन्द्राले साथ छोड्यो कहिले मेहनत पुगेन कहिले भाग्य टाढा पुग्यो दिनरातको पसिना कहिल्यै नाप्न सकिएन सपना त ठुलै थिए तर साँघुरो बाटोमा अल्झियो ...🙏💜

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

✍️मौनता..... कहिलेकाहीँ शब्दहरूले व्यक्त गर्न नसक्ने भावनाहरू मौनतामै पोखिन्छन्।आँखा बोले पनि जिब्रो चुप लाग्छ, र हृदयले हरेक धड्कनमा भावहरू सुनाउँछ।जुन कुरा बोलीले बिगार्न सक्छ,मौनताले त्यसलाई सहजै सम्हाल्न सक्छ त्यसैले मौनता कहिलेकाहीँ संवादको सबैभन्दा सशक्त माध्यम बन्न जान्छ।

Riddi (@riddi515646) 's Twitter Profile Photo

जब पानि पर्छ तब सबै चराहरु ओत खोज्न तिर लाग्दछन तर बाज भने बादल भन्दा माथी उडीदिन्छ । समस्या सबैलाई पर्दछ तर फरक पार्ने भनेको समस्या प्रतिको तिम्रो प्रतिक्रियाले हो ।

Riddi (@riddi515646) 's Twitter Profile Photo

कसैले भन्दैमा हामी राम्रो वा नराम्रो बन्दैनौं।हरेक व्यक्तिले आफ्नो शब्दबाट आफ्नो स्तर देखाउँछ अरूको प्रतिविम्ब होइन। साथ दिनुस् है भग्वान्, के चाहिँ गर्छस र तैले ? भन्नेहरुलाई के चाहिँ गर्न सक्दिन र मैले भनेर देखाउनु छ ! तिमी थियौ देखेर खुसी हुन्थे तिमी छैनौ लेखेर खुसी हुन्छु

Riddi (@riddi515646) 's Twitter Profile Photo

मेरो पर्खाइ मै सायद कुनै खोट थियो, नत्र उनी त न आई नछोड्ने मान्छे हुन चित्रमा लाइक गर्दै सुरुवात भएका सम्बन्धहरु चरीत्रमा कमेन्ट गर्दै अन्त्य हुने गर्द छ ।

Riddi (@riddi515646) 's Twitter Profile Photo

हिजो म अबुझ थिएँ,त्यसैले संसार बदल्न खोज्थे, तर आज म अनुभवी छु, त्यसैले आफैलाई बदल्न खोज्दै छु।❤️🌸 प्रेम को बदलामा प्रेम नै कहाँ पाईन्छ र तिमी उसको मलामी गयौ भन्दैमा उ कहाँ तिम्रो मलामी आउन सक्छ र।😊😢💐

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

"इर्श्या" भनेको तपाईँले कसैलाई गर्न नसकेको प्रशंशा हो । म यसरी बुझ्छु । 🙏

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिम्रो मुस्कान, तिम्रो स्पर्श, तिम्रो मौनता-तिम्रो आवाज, सबै सबै मेरो जीवनको अमर ताजमहल हुन्।♥

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रिय, कहिलेकाहीँ यस्तो लाग्छ- संसारका सबै कुरा एक छेउमा मृत छन् , तर तिमी,, सधैं मेरो हृदयको केन्द्रमा बाँचिरहेको छौ ।♥

Sagar (@grungsagar76535) 's Twitter Profile Photo

समय भन्दा बलवान् के छ र यो दुनियाँमा ,दुई दिन को पाउना नै त हो हामी यो धर्ती मा,,तर पनि किन यति धेरै घमण्ड हुन्छ मान्छे मा आज मेरो पालो भोलि तिम्रो पालो चाहे तो कम्जोर समय होस या बलियो,आखिर एक दिन सबैले भोग्नै पर्छ तितो मीठो पल हरु

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

स्वप्नभित्र पनि म तिमीलाई भेट्थेँ, शून्यतामा पनि तिमीलाई देखिरहन्थेँ। तिम्रो सम्झनाले नै आखिर मेरो निद्राको ढोका खोलेर अन्तिम आश्रय पनि कब्जा गरिदियो।♥

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

जीवनका सबै रङ र धुन हराएपछि पनि, मुटु भित्रको अन्तिम उज्यालो झैँ, मेरो अन्तिम सपना केवल "तिमी" मात्र "तिमी"।♥

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

“म न कसै सँग रिस राख्छु, न डाह—तर रिस र इर्श्या गर्नेहरुलाई उनीहरुकै अन्दाज भन्दा दोब्बर गरेर जवाफ दिन सक्छु।” यो संजालमा ब्यक्तीग दुश्मनी कसै सँग छैन मेरो तर्फबाट तर तपाईंलाई म सँग छ भने भनिहाल्नुस, कायर झै लुकेर डाह गर्ने होइन आमनेसामने भएरै बहश गरौं । हुन्छ त? 😊

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

ताराजून को कुरा थियो, समय चंचल थियो, अधर नखरा गर्थ्यो, भावहरु असन्तुलित थिए, परिको राज्य थियो, एक राजकुमार थियो, समुन्द्रको किनारा, गुलमोहरको शहर, एकजोडी प्रेमका बटुवाहरु, हो त्यहि त प्रेम थियो, आउ अब जिन्दगीको भागदौडको कुरा गरौं, र जिम्मेवारी निभाउ ।

(यात्री) (@db5921) 's Twitter Profile Photo

यसपछि के हुन्छ? मेसेज आउन छोड्छन मन टाढा हुन्छन् दुरि बन्दै जान्छन् बिगत बिर्सन कोशिस गरिनेछन सायदै ती ठाउँमा जानै नपाए हुन्थ्यो लाग्न थाल्छ र मेसेन्जर वाट्सप ट्विटर तिर Block गरिन्छ gallery मा भएका राम्रा नराम्रा सबै फोटो Delete गरिन्छ र सकिन्छ सम्बन्ध सधैं को लागि।

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

तिमी खुशी खुशी आएको मान्छे खुशीले मनभित्र बस्नु जहिलेसम्म बस्न मन छ, तिम्रो मन भरिएको दिन खुशी साथ निस्केर जानु मलाई कुनै गुनासो छैन। बस , तिमी कहिल्यै दुःखी नहुनु यति भन्न पनि सद्दे मुटु❤️ अनि हिम्मत चाहिन्छ ✊ तर, चाहँदैमा, कहाँ पाईन्छ।✍️😍

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

यो भ्यालेन्टाईनमा मैले उपहारमा केही मौनता पठाएको छु यदि बुझ्न सक्छौ भने शब्द होईन आत्माले सुन्नु मलाई प्रेम पनि यहाँ भीडबाट डराएर भाग्ने रहेछ भीडमै हराएको मनले कसरी भेटोस खोई उज्यालो झिलिमिलीलाई सबै पाएर पनि अधुरो लाग्छु सायद मैले आफैंलाई पाउन सकिनँ... #शुभप्रभात शुभदिन🌷🙏💜