श्रीजा (@crezzaa) 's Twitter Profile
श्रीजा

@crezzaa

ID: 993916946491068416

calendar_today08-05-2018 18:14:00

6,6K Tweet

450 Followers

222 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

लाग्थ्यो आफ्नाहरु धेरै छन् साथमा , तर फर्केर हेर्दा त आफ्नो छाँया मात्र रहेछ !! #शुभरात्री 😊♥️🌙

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमीले लेखेको ‘म’ को आवाज सुन्दा, लाग्छ आत्माको ऐना अगाडि उभिएको छु। तिमी भित्रका ‘तँ’ हरू, हामी सबैभित्र गुञ्जिने स्वरहरू हुन्, जसले समय, समाज, सन्दर्भ अनुसार रूप फेरिरहेका छन्। हरेक नजर, हरेक अपेक्षा,हरेक आरोपले, तिमी भित्रका अनेकौँ ‘तँ’ जन्माएका होलान्, तर ती सबैको मूल जरा त

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कठिन समयको गतिलो जवाफ मुस्कान हो भने गलत बुझाइ को सहि उत्तर मौनता हो!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिम्रो साथमा जिन्दगी जिन्दगी जस्तो हुन्छ, म तिम्रो हाँसोमा मर्छु, तिम्रो प्रेममा ज्यूँछु ।♥

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"मतलबी मान्छे अनि धुलो उस्तै-उस्तै हुन्, जताको हावा चल्छ उतै लाग्छन्।" #शुभपल

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

चुपचाप दूरी बनाइहाल्नूस्। जहाँ इज्जत हुँदैन, त्यहाँ सवालजवाफ गरिरहनुको कुनै अर्थ हुँदैन। -असार २६

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"भरोसा गर्नका लागि ब्यवहारमा इमानदारीता पनि देखिनु जरुरी हुन्छ महोदय, समझदारीका २-४ कुरा गरेर भरोसा जित्न सकिदैन।" #शुभ_सन्ध्या ✨🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

लास जलाएर फर्किने मान्छे त फेरि त्यही ठाउँ मा गएर जल्नुपर्छ भने तिमी के कुराको घमण्ड गर्छौ !!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

जब म “ठिक छु” भन्छु, तर यो वाक्यको पछाडि भत्किएको हुन्छ - एउटा खण्डहर शहर , र म त्यही भग्नावशेषभित्र - एक्लै टोलाईरहुन्छु, र सोच्छु जिन्दगि पानी झै सलल बग्दैन, यो त भत्किरहन्छ अनि टालिरहन पर्छ ।🙏

जब म “ठिक छु” भन्छु, तर 
यो वाक्यको पछाडि
भत्किएको  हुन्छ -
एउटा खण्डहर शहर ,
 र म त्यही 
भग्नावशेषभित्र -
एक्लै टोलाईरहुन्छु, र 
 सोच्छु 
जिन्दगि पानी झै सलल बग्दैन, 
यो त भत्किरहन्छ अनि टालिरहन पर्छ ।🙏
देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

कहिलेकाहीँ कुनै शब्द हुदैन पीडा व्यक्त गर्नको लागि ,यस्तो लाग्छ कसैले बुझोस्, अङ्गालो हालोस् र ख्याल राखोस। #शुभ_प्रभात

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

फरक पर्दैन ,लाखौ चोट मलाइ होस तर मेरि आमाको हात जहिले मेरो शिरमा हुनुपर्छ..😍 #शुभ_प्रभात ☕️🌹

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

म कहिले काँडा बन्ने कोसिस गरिन! तिमीलाई फुल नै बिजायो त त्यसमा मेरो के दोष?

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

संसार भन्छ, हस्ताक्षर त कागजमा हुन्छन्, तर केही हस्ताक्षर मुटुमा हुन्छन्, जहाँ सम्झिनेहरू बाँचिरहन्छन्.........♥

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

पानी मागि रहे जिवनभर रित्तो कुवासँग ! आगोले मन जलायो किन गुनासो धुवासँग ? ‌

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिम्रो आगमनले पुराना प्रेमका परिभाषाहरू बदलिदियो, तर त्यो भग्नावशेषमै नयाँ भावको कविता अङ्कुराउँदै छ, अझ गहिरो, अझ शुद्ध, अझ अनन्त। #म_अनि_मेरो_भावना

Chhetri 'Thakkar' (@thakkar10674572) 's Twitter Profile Photo

म पनि साँझको एक दृश्य सरह हुँ, कसैलाई उदास, कसैलाई मनमोहक देखिन्छु...

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कसैको जीवनलाई तुलना नगरौँ, प्रत्येक फूलको फुल्ने समय फरक हुन्छ।।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

मेरा शब्दहरूले चास्नीको स्वाद दिन सक्यो त, केवल तिम्रो मुस्कान र माया मिसिएको कारणले हो… मिठास त तिमी नै हौ। #म_अनि_मेरो_भावना

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

भो… अब नपग्लिउन् मेरा भित्तामा टाँसिएका शब्दहरु न बिझाउन् ती यादहरुले आकाश फेरि उज्यालो होस्, र म आफ्नै आँसुबाट जन्मिएको उज्यालो बन्न सकूँ, फेरि एकपटक, म उठ्ने प्रयास गर्दै छु, भत्किएको मनको भग्नावशेषबाट जीवनको नयाँ आकार कोर्दै छु।♥

भो… अब नपग्लिउन् 
मेरा भित्तामा टाँसिएका शब्दहरु
न बिझाउन् ती यादहरुले

आकाश फेरि उज्यालो होस्,
र म आफ्नै आँसुबाट 
जन्मिएको उज्यालो बन्न सकूँ,

फेरि एकपटक,
म  उठ्ने प्रयास गर्दै छु,
भत्किएको मनको भग्नावशेषबाट
जीवनको नयाँ आकार कोर्दै छु।♥
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

फुलसंग ठोकिए पो सुगन्ध सर्छ पत्थरसंग ठोकिए पछि चोट लाग्नु स्वभाविक हो ॥ #शुभरात्री 😊♥️🌙