Yuman™️ (@yuman192) 's Twitter Profile
Yuman™️

@yuman192

मरुभूमिमा पानीको मुहान अनि म भित्र प्रेम, कहिल्यै नखोज्नु...। म एक शापित प्रेमी हुँ...!!
नियतिको भक्त!!

ID: 1084340389442670592

calendar_today13-01-2019 06:44:29

1,1K Tweet

371 Followers

348 Following

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मृत्यु रोजी, जीवन तोडेर आएको छु। घुम्टो छोडी,कफन ओडेर आएको छु। लासको सामु के रुन्छौ र, ए मायालु; मन त तिम्रै पास, छोडेर आएको छु।

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

प्रेममा भएको त्यो नोक्सानीले बताएन र..? तिम्लाई मेरो मासुम आनी बानीले बताएन र..? अथाह प्रेम गर्न लगाई सोध्छौ, पीडा भयो? अरे यार निथ्रुक्क रुझेको सिरानीले बताएन र..?? बोनस:- प्रेम गरेर के पायौ न सोधेकै राम्रो, महोदय; कमाण्डलु र निधारको खरानीले बताएन र..??

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

माया पिरतीको कुरालाई अन्तै मोड्ने गरेको छु। आज्कल मनका पीडा मनै भित्र रोक्ने गरेको छु। मैले त मात्र तिमी रोजे,साथ छोड्यौ एक्लो भए; आजकल रातमा जुनसँग गुनासो पोख्ने गरेको छु। दैवमा विश्वास छैन भन्थे,मन्दिर सामु नाता टुट्यो; आजभोलि मन्दिर देख्ने बित्तिकै ढोग्ने गरेको छु। #yuman

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

राम्रोलाई चाहने धेरैआसपास हुन्छ। खास मान्छे को रोजाई,खास हुन्छ। उसलाई कसैले हल्लाउन सक्दैन जसलाई आफुमा, बिश्वास हुन्छ। कोही एकमा मात्र ध्यान जानेछ जब दिलमा प्रेमको बास हुन्छ। जीवनले त्यति बेला सार्थक पाउँछ जब दिलमा प्रेमको आभास हुन्छ। #उत्कृष्ट_मध्यकै_उत्कृष्टको_निम्ति...!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिमी सुन्दर छौ, प्यारी छौ, दुनियाँमा अरु भन्दा निकै बेग्लै छौ, तिमीलाई चाहने धेरै होलान्, तिम्रै निम्ति ज्यान दिन्छु भन्ने, नपाए मर्छु भन्ने पनि धेरै होलान्,तर तिमी नडगमगिनु, तिता मीठा बातमा नअल्झिनु बस..आफ्नो दिलको सुन्नु, दिमागको सुन्नु अनि आफ्नो परिवारको सुन्नु...!! #सल्लाह💖

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मेरो बारेमा नसोध्नुस महोदय, म आफु स्वयम् ले आफुलाई चिन्न सकेको छैन, के बताउँला र...!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

खास मान्छे संगको क्षण पनि खास हुन्छ; अनि त्यै खास क्षणको अवधि निकै कम...!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मन लोभ्याउनलाई,सुस्तरी आयौ। तिमी स्वर्गकी परी,जसरी आयौ। जब देखेको थिएँ, रातो सारीमा; तब, झस्काउन घरी घरी आयौ।

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

"जीत" हर कोही को चाह हुन्छ, सबै जित्न कै निम्ति जान्छन्। तर म तिम्रो प्रेममा हार निश्चित हुँदा हुँदै पनि गएँ...!! #बहादुर_म 😉

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिमीले त घर भत्काएछौ,अर्को घर बनाउनलाई...🤔 त्यो घर मन परेन,या तिम्रो अर्को जग्गा थिएन...??😉

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

दिन आफ्नो अनि रात अरुको हो भन्थे; तर मलाई त, दिन अर्कैको अनि रात आफ्नो लाग्छ। शुभ_रात्री🌉

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

वस्त्र खोलेर प्रेम गर्नेहरुको भीडमा, म.. मन खोलेर प्रेमको स्वागतमा बसिरहेँ...!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

#मुक्तक: बाँच्नु को सार हरायो ईमान गए पछि! दैव को साथ लागेर श्रीमान गए पछि! घर सुनसान भयो भन्छिन्,ति बुढीआमा; नाति लाई पनि लिएर विमान गए पछि! #yuman #यूँमन

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

यो दुनियाँ मेरै लागि हो भन्थे, दुनियाँ को लागि पो म रैछु...!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

थोरै खुसी किन्न जिन्दगी नै बेचिदिएँ! सार्है महँगो रैछ, अझै पुगेन...!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

सास सकिनलाई लास हुनुपर्छ। सम्बन्ध मा त, विश्वास हुनुपर्छ। रुप,रङ्ग,धन,खास हुन्न,प्रेमगर्दा; मनमा प्रेमको आभास हुनुपर्छ। #yuman

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

ध्यान सबै तिमीले नै, ताने पछि। सुन्दरताले तिम्लाई नै,छाने पछि। तिम्रो आसपास निकै भिड हुनेछ; तिमी स्वर्गकी परी हौ, जाने पछि; अवश्य,हर कोही घायल बन्नेछन्; तिम्रो नसालु नजरले, हाने पछि। 💖🤏👸 #yuman

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

हरेक पल तिमी नै खोज्ने मेरो मन भयो। तिमी बिना मेरो जिन्दगी छैन,मनन भयो। कहिल्यै नथाक्ने,नरोकिने,जन्मौ सम्मपनि मात्र तिम्रै मायाको निम्ति मरो जीवन भयो। तिमी प्रतिको, माया र विश्वास को खाँतिर; म हरेक जन्म,मात्र तिम्रै बन्नेछु,वचन भयो। #Promise_Day 💖 #yum