Shiva Lamsal (@shival199) 's Twitter Profile
Shiva Lamsal

@shival199

अध्यक्ष, नेपाल प्रेस युनियन केन्द्रिय कार्य समिति

ID: 1036490682

linkhttp://www.bikastimes.com calendar_today26-12-2012 06:49:50

3,3K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

नेपाली कांग्रेसः २००७, २०४६, २०६२/६३ होस् वा संविधानसभाको नेतृत्व– हरेक लोकतन्त्रको लडाइँमा अगाडि थियो। तर आज कांग्रेस आफैं भागबन्डा र कुर्सीको भुँवरीमा अलमलिएको छ। अहिलेको संकटको निकास कांग्रेसले नै दिनुपर्छ! तत्काल सर्वपक्षीय बैठक बोलाऊ, निर्वाचन तोकिएकै मितिमा गराउ

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

. नेपाली कांग्रेसका इमान्दार नेता-कार्यकर्ताले अब बुझौंः देउवा-ओली भेट, सभापति देउवा र महामन्त्री द्दय गगन-विश्वप्रकाशसँग सहमति, संसद पुनर्स्थापनाका लागि रिट हाल्नु… यी सबैले एउटै सन्देश दिँदैछन्– कांग्रेस र एमाले मिलेर फेरि पुरानै सत्ताको खेल खेल्दैछन् ? #कांग्रेसकोआत्मसमीक्षा?

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

नेपालको राजनीति एमालेमा केपी ओलीको विधानमाथि पश्चगमन: उमेरहद र कार्यकाल सीमा मात्रै हटाएनन बरिस्ठ उपाध्यक्ष हटाएर व्यक्तिगत सत्ता लम्ब्याउने प्रयास। यता कांग्रेसमा 'फाइल बढुवा' को होडबाजी चलिरहँदा, बीपी कोइराला र सुवर्ण शमशेरले बनाएको पुरानो विधान नै अहिले उपयुक्त देखिन्छ!

नेपालको राजनीति
 एमालेमा केपी ओलीको विधानमाथि पश्चगमन: उमेरहद र कार्यकाल सीमा मात्रै हटाएनन बरिस्ठ उपाध्यक्ष  हटाएर व्यक्तिगत सत्ता लम्ब्याउने प्रयास।  
यता कांग्रेसमा 'फाइल बढुवा' को होडबाजी चलिरहँदा, बीपी कोइराला र सुवर्ण शमशेरले बनाएको पुरानो विधान नै अहिले उपयुक्त देखिन्छ!
Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

फागुन २१ मा निर्वाचन अनिवार्य हुनुपर्छ! प्रजातन्त्रको जग नै निर्वाचन हो। संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने एकमात्र उपाय निर्वाचन हो। तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा नै आशंका छ!

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

१४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट, जेनजी पनि रिट दायर गर्ने तयारी। सेना पनि कार्की सरकारसँग असन्तुष्ट! पुस अन्त्यसम्म नयाँ सरकार? 🇳🇵 #जेनजीआन्दोलन #संसद्ब्यूँताउने #नेपालीराजनीति

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

कांग्रेसको गौरवशाली इतिहासमा सभापति र महामन्त्री अनि कार्यवाहक सभापति सधैं हरेक मोडमा काँधमा काँध जोडेर उभिएका थिए । तर यो पटक पदाधिकारीले दोषको भारी कस्लाइ बोकाउने भनेर दौडिरहेका छन । किन साझा जिम्मेवारी लिदैनन ? खबरदार कसैले भाग्न पाइँदैन, कसैले उम्कन पाइँदैन ।

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

सिंहदरबार र सर्वोच्च जलाउनेहरू मिलेछन्! वाह, अब काठमाडौंको जाडो त रापले भाग्छ, हिटर-दाउरा चाहिँदैन। खरानी खेतमा हालौँ—अन्न फल्छ गुणा-गुणा, गरिबी भाग्छ, खाद्यान्न आत्मनिर्भर! कवाडी निर्यात गरे व्यापार घाटा कम, उद्योगी सीमापारि गए चन्दा आतंक बन्द ज्ञान भयो दाजुभाइ! लोभ-लाभ बाँडौँ।

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

जुन रहस्यमय शक्तिले बालेन, रवि र कुलमानलाई एकजुट बनाइरहेको छ त्यही शक्तिले नेपाली कांग्रेसलाई हदैसम्म कमजोर पार्न—यहाँसम्म कि फुटाउन खोज्दैछ । किन? किनकि कांग्रेस सकियो भने देश र लोकतन्त्र दुवै सकिन्छ! यो षड्यन्त्रको मुख्य लक्ष्य यही हो। जागौँ नेपाली! #कांग्रेसबचाऔं

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

नयाँ र नवीन कांग्रेसको सन्देशसहित सुशासन, विकास र जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्दै स्पष्ट नेतृत्वमा चुनावमा होमिँदैछौं। मतदातालाई पहिल्यै थाहा होस्—भोट हालेपछि प्रधानमन्त्री को बन्छ! आजको केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक घोषणा हुनुपर्छ । अब पालो गगन थापाको

नयाँ र नवीन कांग्रेसको सन्देशसहित सुशासन, विकास र जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्दै स्पष्ट नेतृत्वमा चुनावमा होमिँदैछौं। मतदातालाई पहिल्यै थाहा होस्—भोट हालेपछि प्रधानमन्त्री को बन्छ!

आजको केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक घोषणा हुनुपर्छ ।  अब पालो गगन थापाको
Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

क्याप्टेन राेहित पाैडेल नेतृत्वको नेपाली क्रिकेट टीमलाई टी-२० विश्वकप क्रिकेट प्रतियाेगितामा सानदार प्रदर्शन र विजयकाे लागि बिशेष शुभकामना 🌷🌷🌷

क्याप्टेन राेहित पाैडेल नेतृत्वको नेपाली क्रिकेट टीमलाई  टी-२० विश्वकप क्रिकेट  प्रतियाेगितामा सानदार प्रदर्शन र विजयकाे लागि
             बिशेष शुभकामना 🌷🌷🌷
Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

७५ लाख फलोअर्स! विश्वविद्यालय क्याम्ब्रिज-अक्सफोर्ड! लाखौंको ताली र चर्चा!! तर ढाका-९ मा डा. तस्निम जारा पराजित । बीएनपीका हाबिबुर रसिदले १११,२१२ मतसहित जिते, जाराले ४४,६८४ मात्र। सामाजिक सञ्जालको लोकप्रियता = चुनावी जित होइन! ग्राउन्डमा संगठन र आधार नै जनता हुन्छन्।

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

फागु पूर्णिमा एबं पवित्रपर्व हाेलीकाे पावन अवसरमा सबैमा मंगलमय शुभकामना 🙏🌳 सबैकाे शुभहाेस,सबैकाे जयहाेस 💐

फागु पूर्णिमा एबं पवित्रपर्व हाेलीकाे पावन
                अवसरमा सबैमा 
        मंगलमय शुभकामना 🙏🌳
   सबैकाे शुभहाेस,सबैकाे जयहाेस 💐
Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, ०७९ को पुरानो जनमतले तपाईंलाई अभिभावक बनायो, तर जेनजी आन्दोलनले त्यो जनमतलाई पूरै उल्टाइसक्यअबको जनादेश फरक छ निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद दिदै तपाईंले पनि समय आएको छ— नयाँ जनादेशको सम्मान गर्दै मार्ग प्रशस्त गर्ने ।

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

बीपीको कल्पना, सुशीलको योगदान— संविधान सभाबाट बनेको संविधान। अहिले जनमतले सरकार चलाउँछ, तर संविधान चलाउने होइन ।

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

मन्त्रालय संख्या १५ मा झार्ने, अनावश्यक विभाग/आयोग/समिति खारेज वा मर्ज गर्ने, जनताको करबाट तलब पाउने संस्था घटाउने, विश्वविद्यालयबाट प्रधानमन्त्री कुलपति हटाउने कुरामा १००% समर्थन र सहयोग छ ट्रेड युनियन ( संविधानले दिएको अधिकार ) र स्वतन्त्र विद्यार्थी युनियन खारेज मान्न सकिँदैन!

मन्त्रालय संख्या १५ मा झार्ने,
अनावश्यक विभाग/आयोग/समिति खारेज वा मर्ज गर्ने,
जनताको करबाट तलब पाउने संस्था घटाउने,
विश्वविद्यालयबाट प्रधानमन्त्री कुलपति हटाउने कुरामा १००% समर्थन र सहयोग छ
ट्रेड युनियन ( संविधानले दिएको अधिकार ) र स्वतन्त्र विद्यार्थी युनियन खारेज मान्न सकिँदैन!
Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

गौरीबहादुर कार्की आयोगले क्षेत्राधिकार बाहिर गएर प्रेस जगत र पत्रकारहरुका सम्वन्धमा समेत अनावश्यक, असान्दर्भिक र आपत्तीजनक टिप्पणी र सुझाव दिएकोमा दुख लागेको छ।

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

सरकारी परिपत्र निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई धाराशायी बनाएर बन्द गर्ने योजना हो। प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रण गर्ने प्रपञ्चको पहिलो अभ्यास मात्र हो। सरकारले सार्वजनिक सूचना मात्र आफ्नै माध्यममा प्रकाशित गर्न लगाएर निजी मिडियाको आर्थिक ढाड सेक्न खोज्दैछ।

गृहमन्त्री सुधनले एक्कासी किन फेरे आफ्ना सबै सुरक्षाकर्मी bikastimes.com/2026/04/85744/