Share Anmol (@shareanmol) 's Twitter Profile
Share Anmol

@shareanmol

नेपाली सेयरबजार को जानकारी को लागि सेयर अनमोल

ID: 1069032357229985795

calendar_today02-12-2018 00:55:50

397 Tweet

266 Followers

2 Following

Share Anmol (@shareanmol) 's Twitter Profile Photo

मेरो अति प्रीय लेखक रोबिन्सनको ७० बर्ष को उमेरमा मृत्यु भए छ।उनको किताब कुरेर बस्ने म जस्तो पाठक लाई आघात पुगेको छ।हार्दिक श्रद्धाञ्जली प्रीय लेखक😥

मेरो अति प्रीय लेखक रोबिन्सनको ७० बर्ष को उमेरमा मृत्यु भए छ।उनको किताब कुरेर बस्ने म जस्तो पाठक लाई आघात पुगेको छ।हार्दिक श्रद्धाञ्जली प्रीय लेखक😥
नयनराज पाण्डे (@nayanrajpandey) 's Twitter Profile Photo

सरकार ! तिमी डा. गोविन्द केसीसितको वार्ताको तयारी गर्दैछौ कि उनको मृत्यु कामनामा व्यस्त छौ ? के उनलाई गलाउन, लाचार बनाउन र हराउनमा मजा आउँछ तिमीलाई ? डा.केसीको गलेको शरीरले तिम्रो कुनियतको पर्दाफास गरिरहेको हेक्का तिमीलाई छ कि छैन? 😡😡

Nisprabh Saji (@nisprabhsaji) 's Twitter Profile Photo

#HelpKalpanaBantawa 'Go Fund Me' Link: gf.me/u/y8suuq कायाकल्प लेखक कल्पना बान्तवा लाई आर्थिक सहयोगको पनि आवश्यकता छ । नेपालमा हुनुहुन्छ भने, लेखककै खातामा पनि रकम जम्मा गर्न सक्नुहुन्छ । कल्पना राई बान्तवा, सिद्धार्थ बैंक, पुरानो बानेश्वार (०१०१५८६४७०२)

#HelpKalpanaBantawa
'Go Fund Me' Link: gf.me/u/y8suuq
कायाकल्प लेखक कल्पना बान्तवा लाई आर्थिक सहयोगको पनि आवश्यकता छ । नेपालमा हुनुहुन्छ भने, लेखककै खातामा पनि रकम जम्मा गर्न सक्नुहुन्छ ।
कल्पना राई बान्तवा, सिद्धार्थ बैंक, पुरानो बानेश्वार (०१०१५८६४७०२)
Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

मन भन्नु पनि केही रहेनछ । कैले उदास अनि खालीखाली, कहिले दसैँ अनि दीपावली ।

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

जब कुनै सेलिब्रेटी युवतीले आफूभन्दा कान्छो उमेरको युवकसित प्रेम वा बिहे गर्छे, आफूभन्दा यति उमेरले कान्छो युवकसित प्रेम वा बिहे भनेर प्राथमिकताका साथ खबर छापिन्छ, जब कि युवती कान्छी भए उमेर 'समाचार' बन्दैन । के प्रेम वा बिहेका लागि युवतीभन्दा युवकको उमेर बढी नै हुनु पर्ने हो ?

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

मार, सबै शिक्षकलाई मार ! यदि शिक्षकको महानता थाह हुन्थ्यो भने तिमी क्रुरताको होइन, प्रेमको सन्देश बोक्थ्यौं । तिमी अँधेरोको गायक हौ ! तर, लुकेर खैंजडी बजाउँने को हो ?😡

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

कुन किताब किन्ने? यो किनेर पढ्नुस्! सगरमाथामा पुर्‍याउने यी 'Unsung Hero'को किताब जम्मा हजार प्रति निकालेको पनि बिकेको छैन रे। 'सगरमाथा नाप्न कति गाह्रो भो' भन्ने कुरोदेखि कृतध्न भारतीय पर्वतारोही अनि लुटेरा चीनिया नागरिकसम्मका कुरा छन्। (मनैदेखि गरेपछि यो विज्ञापन हैन है!)🙏🙏

कुन किताब किन्ने?
यो किनेर पढ्नुस्! सगरमाथामा पुर्‍याउने यी 'Unsung Hero'को किताब जम्मा हजार प्रति निकालेको पनि बिकेको छैन रे। 'सगरमाथा नाप्न कति गाह्रो भो' भन्ने कुरोदेखि कृतध्न भारतीय पर्वतारोही अनि लुटेरा चीनिया नागरिकसम्मका कुरा छन्।
(मनैदेखि गरेपछि यो विज्ञापन हैन है!)🙏🙏
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको? अंग्रेजी नजान्ने नागरिक नै हैन?नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो?

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सधैँ त कोही आफ्नो हुँदैन हौ । हिजोअस्ती मुटुमै बसाएकाले पनि आज आँखाको कचेरालाई झैँ पुछेर फालिदिन्छन् । कपडाको धुलो सम्झेर टक्टक्याइदिन सक्छन् । समय समयकै कुरा रैछ !!

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

नेपाल-तिब्बत सन्धि(थापाथली सन्धि १८५६), नेपाल-चीन सीमा सम्झौता(१९६०) र नेपाल-चीन सीमा सन्धि(१९६१)को अध्ययन गरौ! र, सगरमाथा वा चुचुरो दुवैको साझा कसका पालामा भो भनेर भनौँ! अझसम्म चुचुरो नेपालकै हो/हैन हामी पनि जानौँ त! अनि सरकारलाई प्रष्ट पार्न भनौँ! लु त! अँध्यारो हटाऔँ के!🙏

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

दुई अध्यक्ष बसेर फेरि अध्यादेश फिर्ता हुन्छ भने रबरस्टाम्प रास्ट्रपति किन राख्ने? बहस यता चाहियो।

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

जीवन रहे व्यापार, व्यवसाय जहिले नि फस्टाउन सक्छ । पैसा ढिलोचाडो कमाउन सकिन्छ । जीवनलाई नै दाउमा राखेर लेकसाइडमा ३ दिने New Year Festival मनाउने कुरा मलाई त कत्ति पनि चित्त बुझेन । फेस्टिभलको अनियन्त्रित भीडले कोरोनालाई थप भयावह बनाउदैन भन्ने ग्यारेन्टी कसले दिन्छ ?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

तीन बिघा जग्गा दुई भाग लगाएपछि मेरो भागमा चार बिघा पर्छ भनेर खोक्ने कन्फिडेन्स झापालीबाहेक कसैलाई आउन्न। ग्यारेन्टी!😂

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

नसुध्रिएको भए हुन्थ्यो, तर भूतले खाना खाने समयमै भए पनि कांग्रेस सुध्रियो। यो भूत, वर्तमान र भविष्यको नाममा जुवा खेल्ने र च्याँखे दाउ राख्ने सबलाई निंद हराम हुने कुरो भो। र, राजनीति यत्ति हो! चुनाव यसमै हुने हो।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

भदौ २३को दमन: गलत हो। भदौ २४को विध्वंश: गलत हो। भनेपछि त्यसका दोषी खुट्याउन बनेको आयोगको प्रतिवेदन भदौको आन्दोलनले निम्त्याएको चुनावअघि नै सार्वजनिक हुनु पर्ने हैन र? कि सरकार पनि चुपचाप,..छाप मोडमा हो? चुनावअघि नै दोषी र तिनको अपराधको भार भन्दिए जनतालाई छान्न पनि सजिलो हैन र?😕

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

तीन-चार मिनेट बोल्दा पनि न समस्याको जड थाहा छ न 'जाडोमा काठमाण्डौँको वायु प्रदुषण फर्पिङमा ठुलो पंखा राखेर हटाउने'भन्दा गतिलो उपाय थाहा छ, तर त्यसमै वाहवाह छ। नबोल के भोलेबाबा!🙏🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

गगन थापालाई मटन काजी भन्दै दिनमा कम्तिमा तीनपटक 'बाख्रा खोइ?' लेख्नेहरू आजकाल मिस/डिसइन्फर्मेसन्स फैलिएकाबारे यता गहिरो चिन्ता प्रकट गर्दैरछन्। उठा ले रे देवा!😂😜😖😡

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यदि तपाईँलाई 'पलिटिकल्ली करेक्ट' हुने बाध्यता आइलागेको छैन भने सुरक्षा निकायका बहाल/निवृत अधिकारीसँग के कस्तो अवस्थामा गोली चल्छ अनि चलाउनअघिका प्रोटोकलबारे सोध्नू ल! नत्र भावनाको व्यापारले मात्र मान्छे बनिन्न। हुन त वनमा नाँच्ने र समाजमा बाँच्ने दुवैथरि मान्छे नै हुन् क्यारे।🙏