Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile
Sadiksha Saadagi

@sadiksha25

🇳🇵प्रकृतिप्रेमी – सादगी

ID: 1451520739408941065

linkhttps://youtube.com/@sadiksha25?si=rAnLRhN9cWps1IVZ calendar_today22-10-2021 12:09:09

464 Tweet

2,2K Takipçi

122 Takip Edilen

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

भित्रभित्रै छरपस्ट कति कथाहरू हुन्छन् जुन केवल आफूमा हुन्छन् अरूका लागि अव्यक्त, अज्ञेय हुन्छन् ममा पनि छन् प्रशस्तै.. तर चाह छैन कसैले सुनोस् मेरो मौन आवाज या पढोस् आँखामा भरिएका शब्दहरू! आफैँलाई सुन्ने, पढ्ने र बुझ्ने मेरो बानी बसेको छ। मलाई थाहा छ मेरो मौनता सम्प्रेष्य छैन!

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

मलाई एक तिहार प्रकृतिसँग मनाउने मन छ । 💚 मेरो प्रकृतिसँगको प्रेम-रङ यति गाढा बस्दै गएको महसुसले मनमा दियो बलेको छ । #प्रकृतिप्रेम 🏞️

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

पछाडि फर्केर हेर्दा मलाई आत्मबोध हुन्छ– जीवनमा केही गुमाएकी हुँला केही पाएकी पनि छु जे पाएकी छु नि, त्यही अपनाएकी छु। जे गुमाइन्छ, त्यो भूत रहेछ र जे पाइन्छ, त्यो वर्तमान रहेछ। ..जुन जिन्दगी छोडेर आएँ कहिले लाग्यो- गुमाएँ मैले तर जुन जिन्दगी पाएकी छु यही त मेरो प्राप्ति हो।🌸

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

आफ्नै साथ नपाए जीवन मृत्युको हात समाउँछ जीवनको खेल जीवनकै हार देखेर मृत्यु रमाउँछ।

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

मसँग अरू केही छैन– आफूलाई शब्दमा उतार्न सक्नु बाहेक, त्यो पनि प्रकृतिले दिएको ! 🌿

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

यो सहरमा बिहान उदाएको घाम– दिनभर कोही हतारमा हडबडाइरहेका कोही फुर्सदमा फिटफिटाइरहेका कोही टहलाइरहेका त कोही यसै टप्पोलिइरहेका यस्तै यस्तै– मानिसका गतिविधिहरू नियाल्दै अस्ताउने सुर गर्छ। त्यैबेला त्यै अस्ताउँदो घाम हेरी म सुस्ताउन खोज्छु .. यो सहर चैँ साँझपख कसरी सुस्ताउँछ होला!

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

आफूले कसैका लागि गरेको कार्य या भनौँ कसैलाई लगाएको गुन कहिल्यै भन्दै नहिँड्नू ! यदि बुझ्ने मानिस छ भने उसले सम्झिएकै हुन्छ– उसका लागि कसले के गरेको छ भनेर । #शुभ_बिहानी #सकारात्मक_सोचौँ

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

हिमालतिर हेरेर बस्छु हिमालअघि केही बादलहरू हिउँझैँ बनेर बसिरहेछन् लाग्छ– तिनले हिमाललाई एकोहोरो हेरिरहेछन् । ती बादल र म केही समयलाई उस्तै छौँ । एकछिनपछि बादल कता कता हराइजान्छन् म चाहिँ हराउनु'बाट निस्कन्छु र यथास्थितिमा आइपुग्छु -- तिनै बादलजस्तै म पनि प्रकृतिमै हराइरहन पाए..

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

समयको खेलमा समयसँगै अटेर गर्छु म आफैँलाई जिताउन खोज्छु समय बितेपछि मात्र थाहा हुन्छ कि मलाई समयले जितेर गइसक्यो। यो ज्ञात भएर पनि म बारबार दोहोर्याउँछु आखिर आफूले आफैँलाई हराउने कोसिस म किन गरिरहन्छु‽ ए समय! म आज पनि त्यै झुट बोल्दै छु 'म यो प्रक्रिया फेरि दोहोर्याउने छैन'..!

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

मानिसका पाइला, सवारी साधनहरू सडकमा, गल्ली गल्लीमा दौडिन्छन्! आफ्ना आफ्नै सपना, कामकुरो, बेफुर्सदी सबैतिर भिडभाड.. काम होस् या नहोस्, दिनभर सहर व्यस्त रहन्छ। ...✍️

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

विपना यसै चलिरहेछ सायद होसमा छैन त्यो ! मानौँ, सपनाको कुनै परबाह नै छैन त्यसलाई । तर सपना, आफूले आफैँलाई सजाउन खोज्छ; विपनालाई पनि समेट्न खोज्छ । ---

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

जहाँ रमाइलो हुन्छ या गरिन्छ, त्यहाँ म रमाउन सक्दिनँ ; जहाँ रमाइलो भनेर त्यस्तो केही हुँदैन तर शान्तिपूर्ण रूपमा विशेष केही हुन्छ, त्यहाँ मेरो मन आफैँ रमाउँछ । ..... कसैको मप्रतिको अस्वीकार्यता मलाई स्वीकार छ । 😊 #सोच्दासोच्दै

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

हिँड्नलाई बाटोहरू खुला छन् मेरा लागि तर मलाई आफ्नै पैतलाले अल्झाएको छ । . .

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

म साधारण छु, तर त्योभन्दा बढी म जटिल छु । साधारण मलाई प्रकृतिले बनाएकी हुन् र जटिल मलाई मेरो 'अन्तर्मुखीत्व'ले बनाएको हो । •••

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

'सङ्कीर्ण स्वार्थमा अल्झिने, त्यो पनि बेइमानी हो देशको लागि नबग्ने रगत होइन त्यो पानी हो ।' शहीदहरूको रगत त्यसै खेर नजाओस् । हरेकलाई ख्याल रहोस्– ती रगतका खोला नितान्त देशका लागि बगेका हुन् । सम्पूर्ण शहीदहरूप्रति सश्रद्धा सम्झना...🇳🇵🙏 youtu.be/l96-kjpc_uU?si…

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

हे मानव, एकपटक अन्तरात्मादेखि हरेक निर्दोष र लाचार प्राणीका आँखामा हेर तिनीहरूमा स्वाद होइन, श्वास देख्ने कोसिस गर नसक्नु'को कुरा छाडिदेऊ नगर्नु'लाई मनन गर तिनको मौन चीत्कार चाह्यौ भने– तिमीले पनि सुन्न सक्छौ हो,कोसिस गरी हेर्नू! -- आऊ, हामी एउटा हिंसामुक्त संसार निर्माण गरौँ।

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

आज मन कस्तो भारी भइरहेछ । लेखूँ शब्द छैनन्, नलेखूँ.. त के गरूँ ? जब थाहा पाउँछु– सज्जन ठानेको 'पुरुष'को तुच्छ नियत, तब..... अहो ! यो भावनालाई के भन्छ मलाई थाहै छैन ! र यस्तो मैले धेरैपटक देखिसकेकी छु । ए पुरुष, तिमी यस्तो बन कि कुनै स्त्रीले विना डर तिमीलाई विश्वास गर्न सकून् ।।

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

हेरेर आँखा थाक्लान् र ?! 🥹 मेरी कान्छी, मेरी सानी बाच्छी..❤️ youtube.com/shorts/LL4u31A…

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

पर क्षितिजमा हेर्छु, आकाश धुम्मिएको छ त्यहाँ हेरिरहँदा मैले म देख्छु । एकछिनपछि नजिक आउँछु र ममाथिको आकाशलाई हेर्छु, त्यहाँ पनि म नै देख्छु । मेरो आकाशभरि त म फैलिएकी रहिछु । एकपटक तिमीले पनि हेर न– त्यहाँ, तिम्रो आकाशमा को देखिएको छ ? ... 😊