Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile
Ramchandra Bhatta

@rcbhatta

Believe in law & order. Hard worker, affiliate in Democrat.

ID: 273755797

linkhttp://www.himalayakhabar.com calendar_today29-03-2011 03:08:14

2,2K Tweet

1,1K Followers

506 Following

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

२०६१ सालमा पनि गभर्नर नियुक्तिमा यस्तै सकस परेको थियो । स्वार्थ नमिलेर नियुक्ति गर्न नभ्याउँदै माघ १९ मा ज्ञानेन्द्रले शासन हत्याए । त्यसपछि डेपुटी गभर्नर विजयनाथ भट्टराईलाई चिठ्ठा परेको थियो ।

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

बिहेको उमेर भएको भतिज भन्दैछ-अंकल हाँस्दै बिहे गरौँ भन्ने माहौल रहेन । लामो समयदेखि चुरोट तान्दै आउनु भएकी हजुरआमा भन्दै हुनुहुन्छ-पीर, दु:ख बिर्साउन पनि नसकिने भो । अर्थमन्त्रीले सुनमा दुई प्रतिशत कर लगाएको पीडा भतिजलाई छ। चुरोटमा वर्षेनी कर थपेको पीडामा हजुरआमा हुनुहुन्छ ।

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

म चाहि आज यता राष्ट्रपति र चुनावमा राष्ट्रपति बनाउन काँधमा बोक्नेको रमाईलो हेर्न आको 🤣🤣🤣

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

हैट ! अहिले भए त साथीहरु कऱ्याप, झऱ्याप भएर नेपाल पुगिसक्ने रहेछन् । धन्न बाईडेनकै पालामा पत्नी/गर्लफ्रेण्डसँग लफडा परेर एकाध रात पुलिसको मेजमानी खाएर फर्किएका थिए । ल है-सकेसम्म कसैसँग लफडा, झै-झगडा गर्दै नगरौँ । दारु पिएर गाडी चलाउनु त परको कुरा गाडी छुँदै नछोउँ ।

हैट ! अहिले भए त साथीहरु कऱ्याप, झऱ्याप भएर नेपाल पुगिसक्ने रहेछन् । धन्न बाईडेनकै पालामा पत्नी/गर्लफ्रेण्डसँग लफडा परेर एकाध रात पुलिसको मेजमानी खाएर फर्किएका थिए । 

ल है-सकेसम्म कसैसँग लफडा, झै-झगडा गर्दै नगरौँ । दारु पिएर गाडी चलाउनु त परको कुरा गाडी छुँदै नछोउँ ।
Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

ए, टेड क्रुज यसपाली पनि टेक्ससमा प्रकोप पर्दा भ्याकेसनमा पो रहेछन् ।

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

विद्युत प्राधिकरणका पूर्व MD कुलमान घिसिंग अन्ततः राजनीतिमा प्रवेश गर्ने स्पष्ट संकेत गरेका छन् । उनले शुक्रबार अमेरिकाको ड्यालसमा बोल्दै अहिले प्राधिकरणले भारतमा बिजुली बेचेर नेपालमा लोडशेडिंग गरेको आरोप पनि लगाए । @

विद्युत प्राधिकरणका पूर्व MD कुलमान घिसिंग अन्ततः राजनीतिमा प्रवेश गर्ने स्पष्ट संकेत गरेका छन् । उनले शुक्रबार अमेरिकाको ड्यालसमा बोल्दै अहिले प्राधिकरणले भारतमा बिजुली बेचेर नेपालमा लोडशेडिंग गरेको आरोप पनि लगाए ।

@
Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

केपी ओलीले चक्रपथ नाम गरेको अनलाईनको उतार्नी गरेपछि दिनमा एकपटक भिजिट नगरि मनै मान्दैन त । दुई वर्ष अघि ओलीको आरती गर्दै गोपमा लेख्ने बद्रीबिलास पोखरेलले आगो ओकल्ने रहेछन् । विशेष सम्पादकीय त कति हो कति !

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

एक मित्र दशक अघि ‘देशै रुवाउँदै’ अमेरिका आउनुभो । अस्तिताका नेपाल पुगेर गिनिजबुकमा रेकर्ड बस्ने प्रोजेक्ट सुनाएर फिर्नुभो । यहि हप्ता चर्चित चारतारे डाक्टर मुलुक रुवाउँदै आउनुभा’छ । धन्धा नमानौ साथीहरु उहाँ पनि क्रियटिभ प्रोजेक्ट बोकेरै फर्किनुहुनेछ । जानेआउने क्रम जारी रहन्छ ।

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

तीजको माहौल छ । दरलाई लोग्ने मान्छेबाट जोगाउने तरिका यहाँ आयो 🤣

तीजको माहौल छ । दरलाई लोग्ने मान्छेबाट जोगाउने तरिका यहाँ आयो 🤣
Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

फेसबुक, एक्स चलाउन पाइएन भनेर रोईलो छ । फेरि त्यहिबाट जथानाम दिमाग छाडेर लेख्दैछन् त Gen-Z का नायकहरु । होइन के भैराख्या छ ?

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

अमेरिकी सेनाको शाखा Marine की भेट्रान यी दिदीसँग गफिन मन लाग्यो । निम्तो दिएको त दिदी साडी र ब्लाउजमा सजिएर आइन् । नेपालमा अमेरिकी पर्यटक प्रवर्धनका निम्ति कृयाशिल दिदीले नेपाल बारे के भनिन् ? Gen-Z को पछिल्लो विद्रोहका सम्बन्धमा के भनिन् ? प्रतिक्षा गर्नुहोला-

अमेरिकी सेनाको शाखा Marine की भेट्रान यी दिदीसँग गफिन मन लाग्यो । निम्तो दिएको त दिदी साडी र ब्लाउजमा सजिएर आइन् । 
नेपालमा अमेरिकी पर्यटक प्रवर्धनका निम्ति कृयाशिल दिदीले नेपाल बारे के भनिन् ? Gen-Z को पछिल्लो विद्रोहका सम्बन्धमा के भनिन् ? प्रतिक्षा गर्नुहोला-
Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

फेरि पनि राजनीतिको निर्मम शिकार भए हितेन्द्रदेव शाक्य । नाम चलेका ईन्जिनियर भन्दा शाक्य कुनै कोणबाट पनि कमजोर होइनन् । क्षमतामा अझै माथि थिए । राजनीतिमा पटक्कै दिलचस्पी नराख्ने कर्मचारी थिए । तर दुनियाले ‘शाक्य’ मात्र देख्यो, ‘सालो’ मात्र भन्यो । हैट बदलाको राजनीति !

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

मन्दिरको सम्पत्ति समेत लुटिएको छ । व्ययसायमा आगो झोसिएको छ । पुलिसको ड्रेस र हतियार चोरिएको छ । यो कसरी विद्रोह र आन्दोलन हुन्छ ? यो त सिधै डकैती हुनुपर्ने होइन ?

मन्दिरको सम्पत्ति समेत लुटिएको छ । व्ययसायमा आगो झोसिएको छ । पुलिसको ड्रेस र हतियार चोरिएको छ ।

यो कसरी विद्रोह र आन्दोलन हुन्छ ? 
यो त सिधै डकैती हुनुपर्ने होइन ?
Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

लुकाएर र चपाएर कुरा गर्न ठीक लाग्दैन मलाई । नेपाल बाहिर रहेका नेपालीलाई मतदान गर्न दिने भन्ने कुरा सुन्दा कर्णप्रिय भएपनि सार्वजनिक खपत शिवाय केही होइन । यसले नेपालीबीच अन्तर्द्वन्द्व थप्ने र सामाजीक सद्भाव विथोल्ने बाहेक अरु केहि हुँदैन । भोट हाल्न पाउने संभावना त छँदैछैन ।

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

नेपाल सरकारले ध्वँस्त संरचना पुनर्निमाणको लागि विदेशका नेपालीसँग आव्हान गरेको छ । पहिले ध्वँस्त पार्ने, आगो झोस्नेलाई समातेर जेलमा कोच । जेल ज्वाई पाल्ने ठाउँ होइन । तिनलाई ज्यामी काममा लगाउ । त्यति नगरि हात पसार्न सरकारलाई लाज लाग्नुपर्ने हो ।

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

यसको ट्रेण्ड सेटर चाहि YCL थिए । पछि युथ फोर्स र तरुण दल पनि थपिए । अब Gen-Z आएछन् । कहिले सासुको पालो, कहिले बुहारीको ।

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

South Pipeline Road between Hwy 157 & South Main St in Euless is in terrible shape — pavement is crumbling, and there's a sinkhole forming! This is a serious safety issue. 📢 Calling on @CityOfEuless & City of Fort Worth to take urgent action! #EulessTX #FortWorth #RoadSafety

Ramchandra Bhatta (@rcbhatta) 's Twitter Profile Photo

केहि नेतासँग जोडेर भ्लादिमोर जेलेन्स्कीलाई नेपालमा खलनायक स्थापित गर्न खोजिदैछ । देश जोगाउनुपर्ने अवस्था आयो भने जेलेन्स्कीले जसरी अनेक अपमान सहेर जोगाएर देखाउ ! देशमा आगो झोस्नेको तुलना जेलेन्स्कीसँग नगर ।