पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile
पुष्प सन्जेल

@pushpasanjel

कसैलाई प्रेम गर्नुस त यसरी
आमाले झैं माया दिनुस
बाबाले झैं बिश्वास दिनुस
दिदी बहिनीले झैँ साथ दिनुस
र दाइले झैँ सुरक्षा दिनुस !

ID: 1027882030955024384

calendar_today10-08-2018 11:39:08

559 Tweet

260 Takipçi

10 Takip Edilen

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

कसले छोड्यो , कोसँग कस्तो सम्बन्ध थियो , बिगतमा के भयो भन्दा पनि आज को छ तिम्रो साथमा र भोली त्यही मान्छे साथ रहन्छ कि रहँदैन भन्ने कुराले धेरै महत्व राख्छ । बिगतमा त के छ र जीउने त भोग्ने त भविष्य सँग हो नि ! ❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

म तिमीलाई एकै मिनेट हेरेर तिमीलाई नै चाहानुको हजार कारण बताउन सक्ने भएको छु ❤️🥰

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

दिन जति सुकै खराब किन नहोस , दिनभरी भएका सबै कुरा दिल खुलेर सुनाउने एउटा मान्छे भइ दिए पनि आफ्ना धेरै समस्याहरु समाधान भए झैँ महसुस हुने ! ❤️😍

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

आज सोचेका कुराहरु , सपनाहरु भोली तिमीसँगै पुरा हुन्छन भन्ने बिश्वासले अझ बढी खुशी थपिन्छन् जिन्दगीमा ❤️❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

म कहिल्यै पनि तिनीहरु मेरो साथ हुन भन्ने चाहान्न जसले यो साल मेरो साथ छोडेका छन ! तर मलाई तिनीहरु सबै चाहिन्छ मेरो जिन्दगीको कुनै न कुनै समयमा जसले यो साल पनि निश्वार्थ मेरो साथ निभाएका छन ! Happy new year 2022❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

जब कसैसँग लामो यात्राको लागि जोडिइन्छ नि अब सबै कुरा उसकै खास लाग्छन , उसको उपस्थिति मात्र पनि । अरु कसैले, अरु केही कुराले आकर्षित गर्नै सक्दैनन ।❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

कति लामो समय भयो , कति छोटो भयो सम्बन्ध जोडिएको भन्दा पनि हरेक दिन कस्तो रह्यो , कसरी लिइयो सम्बन्धलाई त्यसले महत्व राख्छ ! हरेक दिन राम्रो गरौँ , केही मनमुटाव भै हाले पनि आपसमै सुल्झाउँ , हरेक दिन त्यसरी नै जिऔँ जीवन भर सुन्दर रहन्छ प्रेम ! ❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

एउटा सही मान्छेसँग कति धेरै सम्झन लायक पलहरु जोडिएर समय कति चाँडै बितिदिन्छ पत्तै नहुने ! ❤️❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

आज गरेको राम्रो कुरा , राम्रो ब्यवहार हरेक दिन गर्दै जानुस , हरेक दिन नयाँ केही गर्नु पर्दैन आफ्नो मान्छेको लागि ! ❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

जब कोही एक सही मान्छेको साथमा रहिन्छ नि तब आफ्नो वरपर जस्तो सुकै मान्छेहरु आउन त्यसले फरक पार्दैन , त्यति धेरै बिश्वास बनाएको हुन्छ त्यो मान्छेले आफूमा ! ❤️❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

सधैँ नभनिएला , सधैँ नदेखाइएला , भन्ने मौका पनि नमिलेको होला तर दिन दिनै झन धेरै खास बन्दै गएको छौ तिमी , दिन दिनै माया झन बढ्दै गएको छ तिम्रो लागि ! ❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

समय , कसको लागि कति महत्व दिन्छौ त्यसमा पनि भर पर्छ , दिनमा एक दुई घन्टा दिन नसक्ने गरी ब्यस्त पनि कोही हुँदैन यो संसारमा ! ❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

समयले आफूलाई सुधार्ने , संगत होस या आफ्नै बानी , अवसर दिन्छ दिन्छ एक न एक पटक । अब त्यो अवसर, त्यो मौकालाई आफूले लिने नलिने आफ्नो कुरा ! नलिँदा चाहि धेरै राम्रा कुराहरु गुमाइन्छ जिन्दगीमा ! ❤️💫

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

मेरो लागि जस्तो परिस्थितिमा पनि मेरो साथमा उभिनेको ('त्यो मान्छे' )को लागि धेरै खुशी हुने कारण बन्नु छ , धेरै खुशीहरु दिनु छ र सधैँ साथ उभिनु छ ! ❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

सधैँ दर्शाउन , देखाउन , भन्न नसकिने , तर एकै पल पनि महसुस हुन नछोड्ने । कति शक्तिशाली यो प्रेम भन्ने कुरा पनि ❤️🥰

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

एक्लो हुँदा त जसले पनि सम्झन सक्छन , तर भीडमा हुँदा पनि , रमाउँदा पनि जब कसैले सम्झन्छ नि त्यो पनि हो एक किसिमको आत्मीयता अनि आफ्नोपन ❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

जब प्रेममा प्रेम भन्दा पनि अरु धेरै स्वार्थहरु जोडिएर सम्बन्ध गाँसिएको हुन्छन नि तब समाजमा धेरै सुस्मिताहरु निस्किरहन्छन र सधैँ यस्तै गरी पीडा , पीडा भन्दा पनि यातना दिनेहरु खुलेआम हिँडिरहन्छन !

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

Celebrities हरु भनेको कहिल्यै idol मान्ने चिज नै हैन वास्तवमा भन्नु पर्दा ! यिनीहरुलाई , मुख्य वास्ता हुन्छ आफ्नो नामको , आफ्नो groupism को । आज भएका जस्ता घटनामा समेत खुलेर बोल्न नसक्ने influencer तिमीलाई life को कुन मोडमा काम लाग्छन ?

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

तिमीसँगै जीवन बिताउने भन्दा सुन्दर सपना अरु केही देखेको छैन मैले माया ❤️❤️

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

तिमी म बाट कोसौँ टाढा रह्ँदा पनि म तिमीलाई यहीँ महसुस गर्न सक्छु । long distance relationship को सुन्दरता नै यही हो ❤️❤️🥰