प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile
प्रकाश दहाल यात्री

@prakashdahalyat

जो हरायो भन्ने खबर आयो,
उ आफूलाई खोजिरहेको छ
@wordsofyatri
@berojagaarpramu

ID: 864358155563577344

linkhttps://mobile.twitter.com/search?q=from%3Aprakashdahalyat%20-filter%3Areplies&s=savs calendar_today16-05-2017 05:53:38

20,20K Tweet

14,14K Takipçi

122 Takip Edilen

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

©aashi432 एक गजल एउटा सुन्दर मन थियो त्यो मन हरायो हेर्दाहेर्दै आफन्तको आफ्नोपन हरायो गएछ कसरी सकिएर भएछ लौ खालि मुटुभित्रै पनि छैन क्यारे धड्कन हरायो ऑखा बन्द गरेर हो लागेको सबै उस्तै माथि गगन हरायो तल आगन हरायो दुई शेर तल 👇👇

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

सज्जन बस्तिमा छन् पागलहरू बुझियो कठिन रहेछन् सरलहरू अँध्यारो भएपछि सम्म लाग्यो, छन् त छन् देखिँदैनन् खाडलहरू कसरी बुझ्छौ मलाई बिचार गर, ओठमा हाँसो रुँदैछन् आँचलहरू कस्तो खडेरी लाग्यो जिन्दगीमा, खाली, खालि छन् बादलहरू

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

गजल एक शताब्दी, म पागल भएर बाँचेँ कहाँ हिँडेको थिएँ, म कहाँ पुगेँ? के पिलाए तिम्रा नयनले? म पागल, पागल पागल भएँ नाथे जिन्दगी भन्नू त के रहेछ, हिजो तिम्रो थिएँ, आज याद बनेँ घाउ चोट केही पनि छैनन्, यार,, म यो कसरी दुखेँ ? तिमी बिना मर्छु भनेकी थियौ, बुझ्न त बुझेँ, तर ढिलो बुझेँ

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

तिम्रो याद आउँछ, तर सताउँदैन पहिले जस्तो, समयले भरिदिएको एउटा घाउ यस्तो पनि छ।

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

मौनताका घाउहरूमा, मौनताकै चोट रैछन् चोटै चोट भयो जीवन, यता पनि उता पनि संकाको घेराबन्दीमा परेर मर्यो हाम्रो विश्वास, बढि रह्यो मनको जलन, यता पनि उता पनि तिमी जाऊ सजियर, मलाई लान्छन् सजायर, भरिने छ पक्कै आँगन, यता पनि उता पनि

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

किनार सोच्छन् तगारो नदि हो नदि भन्नू तिनको चिनारी हो मेरो हारको वास्तविकता यस्तो छ जो दुश्मन छ, ऊ मेरो साथी हो दिनभर मुस्कुराएर हिड्ने गर्छु आँसु झर्ने भनेकै राति हो चोट जेजति छन् मनभित्र छन् नाथे आँसु आँखाको पनि हो कति कठोर हुँन्छन् सुन्दर फूलहरू के बगर लासहरूको फूलबारी हो?

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

गजल सायद होला गन्तव्यले पर्खिएको पनि यहि नै हो यात्राले चाहेको पनि अझै कति लड्नु छ तैंले यो सफरमा, केके छ दिमागले सोचेको पनि सोच नै त हो आफूलाई कायम राख्ने, तिमी त्यो होइनौ मैले बुझेको पनि मेरो के छ र,, अभावमा बाँच्न सक्छु, तिम्रो त पूरा हुन्छ मात्र सोचेको पनि

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

कविता एक साँझ तिमीलाई सम्झिएर तिम्रो तस्बिर चुम्दै आफ्ना आँसु पुछेँ लगत्तै खै केके सम्झेर मुस्कुराएँ मुस्कुराउँदै तस्बिर च्यातेर भुइँमा फ्याँकेँ आँखा बाट ज्वालामुखी निकालेर ख्वाक्क थुक्दै गोडा नथाकुञ्जेल कुल्चिएँ त्यसपछि रुँदै टुक्राटुक्रा टिपेर छात्तिमा टाँसेँ। #नफरत

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

#कविता समयको छालमा परेर आफ्नै गतिमा बगिरहेको जिन्दगी किनारा लागेपछि असफलताले गिज्याइरहेछ लाग्यो भविष्यको जहाज छुट्यो आफ्नै हात बाट आफ्नै भविष्यको हत्या भयो सबै सकियो, शुन्य भयो तर यो सत्य होइन बल्ल त आँखा खुल्दै छन् अझै केके देख्नु छ यो अन्त्य होइन "साहेब" शून्य नै हो शुरुआत

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

साहेब ! हेक्का रहोस्… "नमिठो बोल्नेहरू सबै गद्दार हुँदैनन्" ।

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

देशले प्रधानमन्त्री पाइसकेको अबस्थामा,,, मेरो भने अझै गृहमन्त्रीको अत्तोपत्तो छैन🤣🙏

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

एउटै कुराले मन दुखाइरहन्छ मनकै कुराले मन दुखाइरहन्छ दिक्क लाग्दा म छु भन्ने कोही छैन, यस्तै कुराले मन दुखाइरहन्छ मन उदास हुन समय लाग्दैन, आफ्नै कुराले मन दुखाइरहन्छ

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

प्रेम बकवास हो ! प्रेम नगरौं, प्रेममा नपरौं र प्रेमलाई बहिष्कार गरौं ।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

माया जति गहिरिँदै जान्छ, उति आत्मा नाङ्गिँदै जान्छ; नाङ्गिएको आत्मामा असुरक्षाका साना शूलहरू पनि तीखा अनुभूत हुन्छन् त्यहीँबाट जन्मिन्छ साँच्चै नबुझिएको, तर गहिरो अर्थ बोकेको जलन सायद थोरै थोरै जलन, धेरै धेरै माया प्रेमको सूक्ष्म रसायनशास्त्र यही होला ।♥

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

उदास छौ? या, केही सोचेको हो कि मैले तिमीलाई नबुझेको हो चिन्ता गर्यौ, अब ठिक भइहाल्छ ? यो जवाफ होइनँ, मैले सोधेको हो केही गुनासो छैन मलाई कसैसँग, मेरो विश्वास, विश्वासले तोडेको हो सर्वप्रथम नजर बाट झर्यौ तिमी, म पनि आँखाबाट झरेको हो