प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile
प्रदिप सुवेदी

@pradipsubedi45

lyricist ,music lover

ID: 3801967454

calendar_today06-10-2015 09:56:59

3,3K Tweet

7,7K Followers

6,6K Following

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

उस्को उडानमा ,मन्को रूझान किन होला उड्ने उडुन ,धर्तीमा व्यवधान किन होला

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

नेतातन्त्र ,नातातन्त्र ,अन्त्य भ्रष्टचारको भण्डाफोर गर्नैपर्छ अति अत्याचारको देश बनाउने जिम्मा अब नयाँ पुस्तालाई सुरू होस अब राजनिति सुविचारको #gen_z

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

आफ्नै घर जलाएर आगो तापिरहेछन जलेको त्यै घरको खरानी बेचीराछन न भन्न केही सकियो न बुझाउनलाई जे सुकै होला भोली आज हैासिराछन

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

छायाँ नि हराउछ आफ्नै साथी भनेको घाम अस्ताउछ सबैभन्दा माथी भनेको कालो रात भोग्नु नै छ ,हाम्रो यै नियति जुनेली हराउछ सबैभन्दा जाती भनेको

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

आफ्नो मन आफ्नै बनाएँ,उत्सव मनाएँ जिन्दगीको अर्थ सम्झाएँ ,उत्सव मनाएँ हर दिन उत्सव छ ,कस्लाई के लिनुदिनु मनका लोभलालच हटाएँ ,उत्सव मनाएँ

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

पिरतिका गीत ,सुनाम कित ,जुनेली रातैका अचम्म लाउनि सुनाउँदा अचेल प्रेमपत्र पातैका

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

धुजा धुजा मुटुलाई किन सिउनु छ र मरिराछु पलपल ,जहर किन पिउनु र जति यो मन दुखे पनि सहने बानी पर्यो झार्दिन म आशु कत्ति ,जति झर्नु झर्यो

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

शब्दनै भेटिएन के उपमा दिउँ तिमीलाई रहरै मेटिएन छुँदा ,मुटुमा सिउँ तिमीलाई

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

अैाँसीमा जुन खोज्नु भुल थियो मिठो मधुर धुन बज्नु भुल थियो पित्तल त फापेन यो जिन्दगीमा अकबरी सुन रोज्नु भुल थियो

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

अस्तित्वको लडाइँ हो यो रहने नरहने सोचाई हो यो ईतिहास लेख्ने सबको रहर महत्वाकाङ्क्षी मुर्खाई हो यो

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

यो मनको बगरलाई भिजाएर गयैा धन्यवाद ,केही प्यास बुझाएर गयैा छोडीजानु तिम्रो धर्म ,उजाडिनु मेरो धन्यवाद ,मेरो हैसियत सम्झाएर गयैा #dear_U

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

चरीले डाँडो काटेनि डालीमा गुँड अझै छ निर्मोहीले ढाटेनि मनमा माया अझै छ

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

केहीबेर मनका कुरा मनसँगै गरेँ, तिम्रा यादहरूलाई मनभरी भरेँ तिमी विनाको मनको मैदान कस्तो हुन्छ होला शुन्यताले जिन्दगी त बेहाल बेहाल हुन्छ होला ......

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

तिम्रो यादमा लेखेका गीतहरूले पिरोल्दै छन तिमीसँगै देखेका सपनाका महल ढल्दै छन भेट्न छुट्ने रितलाई तोड्न सकिन खै मैले कति झुटा थिए बाचा ,अझै छाती पोल्दै छन

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

यो शहरमा रात उज्याला,मन अँध्यारा छन अपवाद छैन ,सबका सब धनका प्यारा छन कालोलाई सेतो बनाउने होड देख्छु जताततै सबैका सफेद झुटका बैशाखी सहारा छन

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

आफ्नै मन देखि पनि दया लागेर आउछ बुझेर पनि यत्ति सारो किन बुझपचाउछ उनी पारी गको पनि सालै वितिसकेछनि किनारामै बसि अझैसम्म हात हल्लाउछ

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

आफ्नै जिन्दगी सँग जिस्कियो म भन्दा पनि मन मुर्ख निस्कियो अैाँसीको रात जस्तो छ जिन्दगी जुनलाई पाईन भनेर ठुस्कियो #प्रियमन

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

मनको आगो निभाएर चिसो भएको छु जिन्दगीको डुङ्गा डुब्यो वारी रहेको छु

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

न मैले बिपनिमा भेट्छु,न त सपनिमा देख्छु यस्तो लाग्थ्यो तिम्लाई हेर्दै महाकाव्य लेख्छु सम्झनाले पनि छाती भित्रै सम्म पोलिदियो यतिसारै टाढा भयैा, नत साईनो लाउन सक्छु

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

नसम्झाई ति दिनहरू नसम्झाई ति रिनहरू ओ समय बुझिदे न नसम्झाई ति घिनहरू