Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile
Poudelsudarsan

@poudelsudarsan2

though

ID: 1322745096039665664

calendar_today01-11-2020 03:40:15

14 Tweet

110 Takipçi

270 Takip Edilen

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

जब सपनाको वामन भासियो अनि म रमाएको हुँ, समय रोक्छु भनी चलेको घडीको सुई समाएको हुँ। मैले कलम चलाएर हाम्रो गुजारा सम्म नचलेपछी, आमालाई नभनी दलाललाई राहदानी थमाएको हुँ। बुझें आज फेरि तिमी तमसुकको कुरा गरेउ यार्, सरस्वती गुमेपछि लक्ष्मी खोज्दा शनि कमाएको हुँ।

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

महोदय, भएको जलाउँ पुरानै चलाउँ भन्नु भएछ, त्यहि गरिबको गर्धन समाउ भन्नु भएछ!! कस्तो गजबको उपचार विधि हजुरको , रोगी मारि रोग निको बनाऊ भन्नु भएछ!!

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

सोचें आज उ हार्दिकताको सगुन लिएर आयो ! मन भाँचिएको बेला भरोसाको जुन लिएर आयो!! जसको लागि यो छाती चिरिएको थियो ! फेरि उपचारमा उहि नुन लिएर आयो !!

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

हाँसो जगत् को मातृ भाषा रहेछ, जो सबैले बुझ्छन् ! भाव अलौकिक जस्तै रहेछ, हरेकले आफ्नै अर्थमा बुझ्छन् !!

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

छातीमै छाड्नोस् महोदय दुईचार भाला अझै खटन हुन्छ! बिन्ती ! नसोच्नोस् यहाँ गरिबको पनि त एक वचन हुन्छ !! बाहिर देख्दै चिने हजुर विपुल ऐश्वर्यको मालिक रहेछ ! यो गरिबको झुपडी हो यहाँ मात्र इज्जत को जतन हुन्छ !!

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

जिन्दगीको आरनमा जीवन पिटिएको छ ! लाग्छ अब नबन्ने गरी धार मेटिएको छ!! बाढी पस्यो भएको गरिबको महल बगायो ! नदीलाई पनि मेरै गाउँको बाटो भेटिएको छ !!

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

जस्लाई प्राण मानी थामिरहें मलाई भारी भएन! उ रिस गर्छ भन्छ कहिल्यै तेरो छहारी भएन!! अघि भोक फल्थ्यो अहिले रोग फलेको छ ! बगर गन्छ भन्छ सोंचेको जति सवारी भएन !! छिमेकी मंगल‌मा बस्ने पुल हाल्ने भन्दै छ ! वर्षौं भयो खोलामा साँखु वारी पारी भएन !!

Poudelsudarsan (@poudelsudarsan2) 's Twitter Profile Photo

पानि होइन तिमी माथी आगो बर्सनु पर्छ! यहाँ अपराधि देख्दा पीडित तर्सनु पर्छ !! उसकै नाउँमा सम्पत्ति तमसुक गरेपछि ! मर्न पनि मैले आश्रममा पालो पर्खनु पर्छ!! बलापनमा सँगै डांठको घर बनाएको हो ! चिन्दैन भन्छ लाग्छ मगज सर्कनु पर्छ !!