तिमीलाई सुन्दर र सफा अनि बेबस्तित सहर पनि चाहिने तर पुरानो र बेबस्तित हुन असर पुग्ने कुराहरु हटाउदा बादक बन्ने.....यस्तो नि हुन्छ र ?? केही पाउन केही त गुमाउनै पर्छ........
थाहा हुन्न कतिबेला नियतिले छल्न सक्छ
अचानक जिन्दगीमा हुरी बतास चल्न सक्छ।
भरोसाको डाँडा भाटा जति दह्रो कसे पनि
विश्वासको त्यो पर्षाल थाहै नपाइ ढल्न सक्छ।
चाहे जति सबै कुरा प्राप्त हुन्न जिन्दगीमा
शिखर चढ्दा चढ्दै हात खुट्टा गल्न सक्छ।
घरको आर्थिक अवस्था कम्जोर, आफैले मिहेनत गरेर पढ्छु भनेर कम्मर कसे ।प्रवेश परिक्षामा ७९ आयो तर निशुल्क पढ्न पाइन । एउटी आर्थिक अवस्था सम्पन्न परिवारकी साथिले फुल स्कलरसिप पाइन् ६८ आउदा, दलित कोटामा परिछन् । ल भन्नुस् मैले गरेको मिहेनत जात संग किन जोखिन्छ ? चित्त बुझाउने ठाँउ खै ?
हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?
-Balen