गोफ्ले (@novemberfros) 's Twitter Profile
गोफ्ले

@novemberfros

🍂🍂जस्ले जती बुझ्छ त्यति गर्छ 🍂🍂मेरो शब्दहरु र मेरो निजी जीवन छुट्टा छुट्टै छन् 👀👉 @frostnovember

ID: 3182472794

linkhttps://www.instagram.com/novemberfros?utm_source=qr&igsh=b21zbWZ6eGxnNXE0 calendar_today02-05-2015 05:38:47

9,9K Tweet

5,5K Followers

1,1K Following

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

बर्षौं अघि एउटा मिठाइ खुवाएकी थियौँ तिमीले तिम्रै हातबाट आज यतिका समय पछि बाडुली लाग्दा ठीक त्यै मिठाईको स्वाद मेरो मुखमा आएको छ र म दोधारमा छु थाहा छैन मेरो तनले मिठाइ मागेको हो या तिम्रो मनले म ?

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

समय एकै चलिरहेको छ हातको घडीमा समय एकै चलिरहेको छैन भाग्यको पगडीमा

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

लौरो चुनाव चिह्नबाट चुनाव जितेको मेयरले नकुटे के तक्मा दिन्छन् त ? 😆

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

"यदि प्रचण्डलाई धोका दिन ल्याकत राख्न सक्ने एकमात्र खेलाडी कोही छ भने त्यो मेरो एक्स बाहेक अरु हुन सक्दैन दाई" भेनर भन्दै थियो अघि एउटा भाइले 😆

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

एउटा चित्रकारको क्यानभासमा भेटेको थियौ हामी सूर्यमुखी जस्तै पहेंलो तिमी आकाश जस्तै निलो म तिमी म संग मिसियौं म तिमी सँग मिसिए एउटा पूर्ण प्रकृती भयौ हामी "हरियाली" . .. ...आज छुट्टिन लाग्दा तिमी को भएर छुटिन्छौ ? तिमी कि म ? कोही हामी भएर कसरी छुट्टिन सक्छ ?

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

उनले सुत्नु अघि sweet dreams भन्न थाले देखी ज्यानमा ग्लूकोज लेवल बढेको फिल भइरको छ । मलाई diabetes भयो भने यसको पूर्ण जिम्मा तिम्ले लिनु पर्छ

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

आफ्नै साथीहरूको बिहेको भिडीयो देख्दा त सानोमा भाँडाकुटी विहे गरेको जस्तो याद आउँदा रच

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

यदि भाग्यमा छ भने - जता भए नि भागेर आफू सँग आउँछ यदि भाग्यमा छैन भने - आफूसँग आएको पनि भागेर जान्छ

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

प्रेम पछि विवाह भएन भने त जसो तसो मन बुझाउँला, विवाह गरेर प्रेम भएन भने ?

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

"हिजो बेलुका लुतो फाले देखि, गर्लफ्रेन्ड बोल्नै छोडी" लुतो फाल्ने दिनको बल्ल विश्वास लाग्यो दाई मलाई त भनेर भन्दै थियो अघि एउटा भाइ 😂

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

पानी न थिए म आफ्नै सुरमा बग्दै थिए तिमीले, "एकैछिन पर्ख न है" भन्यौ अहिले म हिउँ भएर जमेको छु

पानी न थिए म 
आफ्नै सुरमा बग्दै थिए 
तिमीले,
"एकैछिन पर्ख न है" भन्यौ 
अहिले म
हिउँ भएर जमेको छु
गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

रहर मिल्छ / रङ्ग मिल्छ राशी मिल्दैन गीत मिल्छ / गति मिल्छ ग्रहको गणना मिल्दैन कर्म मिल्छ / कुरा मिल्छ कुंडली मिल्दैन गाथासो मिल्छ/ गन्थन मिल्छ गण मिल्दैन चाहना मिल्छ / चिनारी मिल्छ चिना मिल्दैन जोतिष भन्छ "नमिल्नु पर्ने सबै मिल्छ बस् मिल्नु पर्ने केही मिल्दैन"

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

बगैंचामा भुल्ने मौरीहरू, अचेल उनको ओठमा डुल्न थालेका छन्, यति रसिलो जो छन् 😜

गोफ्ले (@novemberfros) 's Twitter Profile Photo

लाग्छ हेराईमा तिम्रो के के नपुगे जस्तो मुटु दिएर तिमीलाई केही दिन मैले जस्तो