Narayan Dahal (@nachairperson) 's Twitter Profile
Narayan Dahal

@nachairperson

Chairperson, Federal Parliament of Nepal National Assembly. Official.
अध्यक्ष, संघीय संसद, राष्ट्रिय सभा

ID: 1774676477780668416

linkhttps://na.parliament.gov.np/np calendar_today01-04-2024 05:54:38

46 Tweet

31 Followers

16 Following

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा राष्ट्रिय दलित आयोगले आयोजना गरेको कार्यक्रममा व्यक्त विचार - FULL VIDEO । २०८२ जेठ २१, काठमाडौँ youtube.com/watch?v=JZpX50…

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

पूर्व सांसद मञ्चको आयोजना तथा संघीय संसद सचिवालयको समन्वयमा आयोजित ६७ औँ संसद दिवस कार्यक्रममा गरिएको सम्बोधन- (भिडियो) २०८२ असार १६, संघीय संसद भवन, बानेश्वर, काठमाडौं youtu.be/IeRZhgi7YSc?si…

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

संसद दिवस २०८२ को अवसरमा नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। लोकतन्त्र प्राप्तिका लागि भएका जनसङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।

पूर्व सांसद मञ्चको २५ अ‍ौँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा गरिएको सम्बोधन। २०८२ असार १७, सिंहदरबार, काठमाडौं #nationalassembly​ #narayandahal​ #nepal​ #nachairperson​ #parliamentofnepal​ youtu.be/wYhUfmbEGdM?si…

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

राष्ट्रिय किसान सञ्जाल, नेपाल र राष्ट्रिय कार्यान्वयन समितिद्वारा आयोजित प्रथम युवा किसान मञ्चः युवा किसान क्याम्प तथा कृषि ओलम्पिक कार्यक्रमलाई सम्बोधन। २०८२ साउन ५, कीर्तिपुर, काठमाडौँ #nachairperson #narayandahal #NationalAssembly भिडियो लिङ्क- youtube.com/watch?v=THRbHX…

Nepal in Geneva (@pmngeneva) 's Twitter Profile Photo

Rt. Hon. Chairperson of the National Assembly, Mr. Narayan Prasad Dahal, arrived in Geneva to participate in the 151st IPU Assembly. Ambassador Ram Prasad Subedi warmly welcomed him upon his arrival at Geneva International Airport today. MOFA of Nepal 🇳🇵 राष्ट्रिय सभा नेपाल National Assembly Nepal IPUparliament

Rt. Hon. Chairperson of the National Assembly, Mr. Narayan Prasad Dahal, arrived in Geneva to participate in the 151st IPU Assembly. Ambassador Ram Prasad Subedi warmly welcomed him upon his arrival at Geneva International Airport today. MOFA of Nepal 🇳🇵 राष्ट्रिय सभा नेपाल National Assembly Nepal IPUparliament
Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका चिनियाँ राजदूत महामहिम Ambassador Zhang Maoming सँग आज सिंहदरबारस्थित कार्यकक्षमा बिदाइ भेट भएको छ। नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन उहाँले खेल्नुभएको भूमिकाका लागि धन्यवाद!

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग सिंहदरबारमा भेट भएको छ। भेटमा राष्ट्रिय सभाको अधिवेशन आह्वान लगायत समसामयिक विषयमा छलफल भएको छ। २०८२ पुस १४, काठमाडौँ #PMsushilaKarki #parliamentofnepal #NationalAssembly #Chairperson #narayandahal

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग सिंहदरबारमा भेट भएको छ। भेटमा राष्ट्रिय सभाको अधिवेशन आह्वान लगायत समसामयिक विषयमा छलफल भएको छ।

२०८२ पुस १४, काठमाडौँ
#PMsushilaKarki #parliamentofnepal #NationalAssembly #Chairperson #narayandahal
Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

राष्ट्रिय सभाका नवनिर्वाचित माननीय सदस्यहरूलाई हार्दिक स्वागत तथा कार्यकाल सफलताको शुभकामनाका साथै आफ्नो कार्यावधि पूरा गर्नुहुने माननीय सदस्यहरूलाई आगामी जीवन थप सक्रिय, सिर्जनात्मक र रचनात्मक बनोस्, सुखद जीवनको शुभकामना व्यक्त गर्दछु। #NarayanDahal #NationalAssembly #Parliament

राष्ट्रिय सभाका नवनिर्वाचित माननीय सदस्यहरूलाई हार्दिक स्वागत तथा कार्यकाल सफलताको शुभकामनाका साथै आफ्नो कार्यावधि पूरा गर्नुहुने माननीय सदस्यहरूलाई आगामी जीवन थप सक्रिय, सिर्जनात्मक र रचनात्मक बनोस्, सुखद जीवनको शुभकामना व्यक्त गर्दछु।
#NarayanDahal #NationalAssembly #Parliament
Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत महामहिम Zhang Maoming सँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। यहाँको कार्यकालमा नेपाल-चीन सम्बन्ध अझ घनिष्ट र उँचाइमा पुग्ने विश्वास लिएको छु। महामहिमको नेपाल बसाइँ सुखद रहोस्। २०८२ चैत २, काठमाडौँ #narayandahal

नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत महामहिम Zhang Maoming सँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। यहाँको कार्यकालमा नेपाल-चीन सम्बन्ध अझ घनिष्ट र उँचाइमा पुग्ने विश्वास लिएको छु। महामहिमको नेपाल बसाइँ सुखद रहोस्।
२०८२ चैत २, काठमाडौँ
#narayandahal
Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा धन्यवाद दिएँ। उहाँ नेतृत्वको सरकारको कामले देशले निकास पाएको छ। फेरि पनि धन्यवाद प्रधानमन्त्रीज्यू! २०८२ चैत ४, काठमाडौं

आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा धन्यवाद दिएँ। उहाँ नेतृत्वको सरकारको कामले देशले निकास पाएको छ। फेरि पनि धन्यवाद प्रधानमन्त्रीज्यू!
२०८२ चैत ४, काठमाडौं
Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

अन्तर व्यवस्थापिका संघ (IPU) को महासभाका क्रममा टर्कीको इस्तानबुलमा आयोजित असंलग्न आन्दोलन (NAM) संसदीय सञ्जालको पाँचौं सम्मेलनलाई सम्बोधन (भिडियो) #NarayanDahal #Nepal #Nationalassembly youtu.be/B4h4K7XKqs0?si…

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

अन्तर व्यवस्थापिका संघ (IPU) को १५२ अ‍ौँ महासभामा नेपालको तर्फबाट सम्बोधन। #Nepal #NarayanDahal #ParliamentofNepal #NationalAssembly youtu.be/eyMqmTzlRx8?si…

Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

IPU को १५२ अ‍ौँ महासभाका सन्दर्भमा इस्तानबुलमा चिनियाँ राष्ट्रिय जनकङ्‍ग्रेसका सदस्य तथा शिक्षा, विज्ञान, संस्कृति र जनस्वास्थ्य समितिका उपाध्यक्ष महामहिम Xuejun TIAN र काउन्सिल अफ रिप्रेरिजेन्टेटिभ, भुटानका महामहिम सभामुख Ahmed ALMUSALAM सँग भेट हुँदा निकै खुसी लागेको छ।

IPU को १५२अ‍ौँ महासभाका क्रममा इस्तानबुलमा ग्रान्ड नेशनल एसेम्बली, टर्कीका महामहिम सभामुख Numan Kurtulmuş र प्रतिनिधि सभा अष्ट्रेलियाका महामहिम सभामुख Milton DICK) सँग शिष्टाचार भेटवार्ता भयो। भेटमा द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका विषयमा कुरा भयो। #NationalAssembly #nepal

IPU को १५२अ‍ौँ महासभाका क्रममा इस्तानबुलमा ग्रान्ड नेशनल एसेम्बली, टर्कीका महामहिम सभामुख Numan Kurtulmuş र प्रतिनिधि सभा अष्ट्रेलियाका महामहिम सभामुख Milton DICK) सँग शिष्टाचार भेटवार्ता भयो। भेटमा द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका विषयमा कुरा भयो।
#NationalAssembly #nepal
Narayan Dahal (@nachairperson) 's Twitter Profile Photo

विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै हुनु हाम्रो लागि गौरव हो। लुम्बिनी धार्मिक आस्थाको केन्द्र मात्र नभई विश्व शान्ति र मानवताको प्रतीकको रूपमा स्थापित भएको छ। यसको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउनु हामी सबैको साझा दायित्व हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। विश्वभरिका श्रमिकहरूले आफ्नो अधिकार, सम्मान र न्यायपूर्ण श्रम वातावरणका लागि गरेको सङ्‍घर्षको स्मरण गर्दै मनाइने यस दिवसले श्रमको सम्मान, समानता र सामाजिक न्यायको महत्वलाई उजागर गरेको छ।