: ) : (@jysznt) 's Twitter Profile
: ) :

@jysznt

Dubito Ergo Cogito, Cogito Ergo Sum:

ID: 4445931113

calendar_today11-12-2015 07:10:50

3,3K Tweet

2,2K Followers

1,1K Following

: ) : (@jysznt) 's Twitter Profile Photo

पूर्णिमाको रातमा सिमलको शित ओडेर तिमीले ल्यायौ प्रेमका पानाहरु र कोरिदिए तिमीलाई कविता र काव्यंहरुमा चन्दनको सुगन्धमा भरिदिए रगंहरु र तिमी फूल्यौ गूलाफ जस्तै । निकृष्ट म काडाँ बनेर नसुहाएको बगानमा र सायद गुज्रिए युथका पांग्राहरु सम्झनाको बतासमा म सुख्खा पात जस्तै झरिरहेको छु ।

: ) : (@jysznt) 's Twitter Profile Photo

फूल बेच्नेहरु.... आज बजारभरि थिए केहि पैसा थियो म सगं पनि, सिवाय: तिमी ।

: ) : (@jysznt) 's Twitter Profile Photo

म आज जसरि उभिएको छु त्रासको सिमानामा, तर भोलि भने हरेक पलमा त्रासित हुने पालो तिम्रो हो ।

: ) : (@jysznt) 's Twitter Profile Photo

प्रिय शुभचिंतकहरु, मलाई "शुभ" हुदा तिमीहरुलाई "चिन्ता" हुनु जायजकै कुरा न हो ।

: ) : (@jysznt) 's Twitter Profile Photo

कठै! पानी का थोपाहरु झै छन यि रहरहरु अन्ञुलिमा राख्दा छछल्किन्छन् र मुठ्ठी बन्द गरे पनि चुहाएर झर्छन ।

: ) : (@jysznt) 's Twitter Profile Photo

राम भन्दा अधिक प्रिय... बुद्ध लाग्छ मलाई । राम, सुखहरु बाट्छन... र बुद्ध, म सगँ मेरा दुखहरु माग्छन् ।।

: ) : (@jysznt) 's Twitter Profile Photo

हामी दुबैको हातमा बन्दुक भए हामी कानुनको कुरा गर्ने छौ हामी दुबैको हातमा खुकुरि भए हामि नियमको कुरा गर्ने छौ हामि दुबै खालि हात भए हामी कारणको कुरा गर्नेछौ यदि तिम्रो बन्दुक र मेरो खुकुरि भए तिमी नै सहि हुनेछौ । र तिमी बन्दुक र म खालि हात भए तिम्रो हतियार मेरो मुत्यू हुने छ

: ) : (@jysznt) 's Twitter Profile Photo

सन्ध्याको दियो झै जलिरहन्छु म, हरेक साझँ 7 बजे यादहरुको बिलौनामा यो छाति पनि जलिरहन्छ ।

: ) : (@jysznt) 's Twitter Profile Photo

प्रिय, म आफ्ना दुखहरु बाड्न लाई तर्किन्छु । मलाई डर लाग्छ.... कतै म रित्तो नभैजाऊ र यो जिन्दगी शून्य बनिदियोस ।।

: ) : (@jysznt) 's Twitter Profile Photo

यदि, तिमी पनि प्रेमी हौ भने थामिदेऊ न यि हातहरु जसरि एक आमाले थाम्छिन भिडमा आफ्ना सन्तानका हातहरु यदि, तिमी पनि बिरही हौ भने त्यागि देऊ न बरु यतै कतै मलाई जसरि बा ले त्याग्छन सन्तानका लागि आफ्ना रहर लाग्दा सपनाहरु ।

: ) : (@jysznt) 's Twitter Profile Photo

मलाई तिम्रो गाउँतिर जादै गरेका जन्तिहरु देखि डर लाग्छ के तिमीलाई..., मेरो गाउँबाट झरेका मलामीहरु देखि डर लाग्छ कि ?

: ) : (@jysznt) 's Twitter Profile Photo

तिमी बचनको पक्का भैईदिनु म दिन, बार, महिना केहि नगनि तिमीलाई नै सधैभरि पर्खिरहनेछु ।

: ) : (@jysznt) 's Twitter Profile Photo

तिमी र म तारबाट चुहिन लागेका दुई थोपा पानि जस्तै प्रेमको बर्षातमा भेटिए छौ जसरि जिन्दगीको नदि बग्छ त्यसरिनै... सगँ सगैँ बगिरहेछौ र फेरि, थाहा छैन खै कसरि तिमीमा म... र म मा तिमी, समर्पित भएर एक अर्कामा समागम भएछौ अनन्त मायाको सागर मा खै कसरि कसरि ? तिमी र म ।

: ) : (@jysznt) 's Twitter Profile Photo

गुनासोको धागोमा बाधेको हैन जिन्दगीलाई यो त आशाको धागोले बुनेको, केवल आसु पुछ्ने रुमाल मात्रै न हो म सगँ घाटि कस्ने डोरि बाट्ने....त्यो हिम्मत कहाँ ?

: ) : (@jysznt) 's Twitter Profile Photo

मेरो ईच्छाको खातिर त... ताराहरु पनि एक एक गरि टुट्नेछन् तिम्रो बदलामा म, त्यो स्वर्ग पनि न चाहू ।

: ) : (@jysznt) 's Twitter Profile Photo

सबैको आफ्नै हैसियत र परिस्थिति छ त्यो तिम्रो घरको नोकर पनि त ऊ आफ्नो घरको मालिक होला.....।

: ) : (@jysznt) 's Twitter Profile Photo

पराईलाई आफ्नो बनाऊन जति गार्हो छ । अझै गार्हो आफ्नोलाई, आफ्नो बनाई रहनुमा रहेछ...।।

: ) : (@jysznt) 's Twitter Profile Photo

मैले त मुत्यूलाई नै मुक्ति सोचेको थिए, तर मुत्यू पछि पनि मुक्ति नपाएका गुनासाहरु मठ-मन्दिरभरि सुनिए ।

: ) : (@jysznt) 's Twitter Profile Photo

गफमा चलिरहेको थियो मेरो हत्याका योजनाहरु तर जब एक्कासि म पुगे मेरो लामो आयूको योग बताईदिए ।

: ) : (@jysznt) 's Twitter Profile Photo

खै कस्तो दुनियाँ हो यो मरेका मान्छेहरूको स्मृतिमा मैन बत्ती बालिन्छ र जिउदाहरुको जन्मदिनमा भने मैन बत्ती निभ्याईदो रैछ ।