yAm gHimire (@ghimire_y) 's Twitter Profile
yAm gHimire

@ghimire_y

Blogger/Writer here and there. From Nepal.
Knowing your own 'self' and listening to it is above all philosophies and so-called enlightenment. Period.

ID: 868356984

calendar_today08-10-2012 17:27:22

5,5K Tweet

840 Takipçi

1,1K Takip Edilen

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

ओलीले आफूलाई सर्वज्ञानी, औतारी, मैमत्त नेता र प्रधानमन्त्री कहलाउन चाहे। उनका हनुमन्तेहरुले त किर्तन लाउने नै भए तर यस आलोचकीय चेतना, विवेक र समानताको युगमा पनि सारा नेपालीले यस्तो नार्सिसिस्ट पात्र र प्रवृतिलाई आफ्नो देश मुली मानेर बस्नुपर्ने काल पो साच्ची पिडादायी लाग्छ त !

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

हाम्रा सिनेमाका कलाकारहरु आफ्नै नेपाली भाषा शुद्ध लेख्न भनें फिट्टो जान्दैनन् तर फिलम चैं र्ह्वस्व-दीर्घ बनाउँछन् ! छैन त गज्जब। अब प्रकृति-प्रत्यय पनि बनाउँन बेर छैन।

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

मर्न बाँकी तर अब धेरै नटिक्ने दुईचार थान नेताहरुको पिंधैदेखि गुण बखान गरेर ल्याऔँ त लु, जिउँदैमा सुनून् उनीहरुले पनि !

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

चितुवा कराउनु त लर्केतात लागेर कम्बोडियातिर हराउनु के सन्जोग हो यस्तो ए गन्नेमान्नेज्युरु?

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

बालेन शाहहरुलाई जसरी खुइल्याउने हो पुरानो सत्ताले किनभने ‘बालेन एक आन्दोलन’लाई निस्फल र र जोकर बनाएर किनारा लाउन सफल भएमा आफ्नो आयु लामो देख्छ पुरानो सत्ताले।पंचायतले उनीहरुलाई ‘अराष्ट्रिय तत्व’ भने जस्तै हो एमालेको बालेनमाथिको विष बमन।परिणाम उल्टो आउन पनि सक्छ पंचायतलाई जस्तो।

Internet Archive (@internetarchive) 's Twitter Profile Photo

Do you believe access to information is a human right? We do, too. Join the Monthly Giving Circle to support Universal Access to All Knowledge. Visit archive.org/donate to sign up with a recurring donation of just $5/month. #Philanthropy @InternetArchive

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

छाता ओढ्ने हामी, संस्कृति मासिएको दोष घुमलाई। मिलमा धान, मकै पिस्ने हामी, संस्कृति लोप भएको बिलाप सुन्नुपर्ने ढिकीजाँतोले। गाउँ छोडेर सहर पस्ने हामी, बस्न नसकिने कारण बेहोर्नुपर्ने बाँदरढेडुले।

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

"यो चोला अस्थायी छ, यश, नाम, दौलत सबै क्षणिक हुन्, मोर्दा रित्तै गइन्छ" भन्ने कुरा बुझ्न कुनै लामा, रिम्पोछे वा 'सुडोसाइन्सवाला' सद्गुरुहरुको कृपा चाहिन्छ र ? यो त खुल्लमखुल्ला गुरुबिनै जानिएको कुरा होइन र हौ ? मान्छेका निर्वाणका कुरा सुनेर किन घाँटी खसखस गरेको होला मेरो !

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

सुरुङ छिचोलियो भन्दा हुँदैन ? कि सुरुङ भनेपछि 'ब्रेक थ्रु' नै हुन्छ अरु उपाय छैन ? सबका सब ब्रेक थ्रु रे।त्यसै 'तोरी' भएको त होइन रहेछ तेल पेल्ने दानाबाहेक पनि।

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

राबादीहर्ले आन्लन बिसाएछन्। अब यतिको भाइब्समा ल्याउनै जिरोबाट सुरु गर्नुपर्च आगूं। अनि कसरी हुन्छ ? जुनि यसैमा सक्नु ?

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

बालेन गत्लो मान्छे र नेता हुन्थ्यो भने ओलीकै ठाउँमा गएर उठ्ने जोरी खोज्ने थिएन। यो उसको तमासकारी, धन्धुकारी चरित्र कै एक पाटो हो। यसलाई बढी नायकत्व देखाउनुपर्ने सिन्ड्रमले निलेको छ। झापामा यसले उत्ताना टाङ लाएको हेर्न धेरै कुर्नु पर्दैन।

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

ओली जति नै खराब भए पनि लुसिफरलाई त समर्थन गरिन्न।

yAm gHimire (@ghimire_y) 's Twitter Profile Photo

संसारका साना बिकसित राष्ट्र र मझौला शक्तिराष्ट्रहरुलाई अब सोसल मिडियामार्फत आउने मित्थ्या सुचना, उपद्रव, विग्रह, अराजकता र स्वार्थसमुहका चुनौति धान्न नै धौधौ भएर चल्नुपर्नेछ। विकास, सम्बृद्धि, शान्ति, अन्तराष्ट्रिय प्रतिष्ठा भन्ने कुरा एकादेशको कथा होला जस्तो छ।

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"बल्ल त स्याँस्याँ गर्दै पाथीभरा उक्लेका छन्, बल्ल त झापा झरेका छन्, बल्ल त बाटामा खीर खाँदै दैलेख र अछाम देखेर फर्केका छन्– एउटा ‘एडभेन्चर’ पूरा गरेर। भरखर गाउँतिर ‘एडभेन्चर’ गर्दै गरेकाले गाउँ कहिले बुझ्ने? गाउँलेको मनोविज्ञान कहिले बुझ्ने? समाज कहिले बुझ्ने?"

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"लेखकको नजरमा विदेशबाट मत हाल्न दबाब दिनु भनेको हामीले परिवारका सदस्यको स्वतन्त्रता हरण गर्नु हो। उनीहरूको अस्तित्व नस्विकार्नु हो। अभिभावकका निर्णय क्षमतामाथि प्रश्न उठाउनु हो। स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न नदिनु यो एक प्रकारको शोषण नै हो।" - श्याम राना मगर