अन्जना (@gautamanjana) 's Twitter Profile
अन्जना

@gautamanjana

सपना केवल एक छ❤️तर भ्रमित पार्ने पथ अनेक छ🧐

ID: 2207267671

calendar_today21-11-2013 14:24:48

5,5K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

टाढा कतै आँखा छ जसले नजिकबाट हेरीरहेछ उसलाई वायुमण्डलमा व्याप्त उसको नामको सुगन्धले अंगालोमा बेरीरहेछ उसलाई ती नयनबाट प्रतिपल प्रवाहित भइरहने चन्द्रमाको झैँ शीतलताले बेरीरहेछ उसलाई #शुभ__प्रभात #शुभ_शनिवार ☕️💙☀️

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

ऊ थियो त सबथोक थियो अरुको चाहै भएन दुनिया बनाए उसैलाई सेस जनको त परवाहै भएन कदम चलेका थिए जुन वचनका साथ सँग-सँगै कहिले अल्ग्गीयछन् खै कुन्नी थाहै भएन ॥ #शुभ_प्रभात #शुभदिनको_कामना ❤️♥️

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

#आमाहरुप्रति समर्पित प्रेमको हौ अनमोल प्रतीक तिमी डरलाई पनि डराउन विवश पार्ने-आत्मा-निर्भिक तिमी कसरी समेटौँ शब्दमा आमा तिमीलाई शब्दमा बयान नहुने शत्ति अलौकिक तिमी ॥ ❤️❤️❤️

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

चारैतिर सुगन्ध छाएको बेला प्रकृतिले पनि गीत गुनगुनाएको बेला थाहा छैन कथाको इति हुन्छ या आदि धर्तिले आकाशलाई समेट्न पाएको बेला ॥ #शुभ_संध्या 🧡🧡🧡

चारैतिर सुगन्ध छाएको बेला
प्रकृतिले पनि गीत गुनगुनाएको बेला

थाहा छैन कथाको इति हुन्छ या आदि
धर्तिले आकाशलाई समेट्न पाएको बेला ॥

#शुभ_संध्या 🧡🧡🧡
अन्जना (@gautamanjana) 's Twitter Profile Photo

आज बाल्यकाल 👧 मलाई #अँगालो हाल्न आयो, मैले Tension धेरै छ अब भनी फिर्ता पठाइदिए 🥹 #शुभदिमको_कामना❤️

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

यदि काममा आउँछ भने त्यो #पैसा 💵 हो नत्र त खोक्रो #कागज न हो 😓 #शुभ_संध्या❤️

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

#खुर्सानीलाई पनि #आँखा 👀 लगाइदिने कस्ता आँखा तिम्रा 🤭😆

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

बिना छलांग लगाई कँहा थाहा हुन्छ र समुन्द्री गहिराई यहाँ अँगाल्ने छन् उजाडीएका रंगहरुले फेरी; अन्तत प्रतेक वस्तु छन् अस्थाई यहाँ ☀️❤️🌸 #शुभदिनको_कामना 😃

बिना छलांग लगाई कँहा थाहा हुन्छ र समुन्द्री गहिराई यहाँ 

अँगाल्ने छन् उजाडीएका रंगहरुले फेरी; अन्तत प्रतेक वस्तु छन् अस्थाई यहाँ ☀️❤️🌸

#शुभदिनको_कामना 😃
अन्जना (@gautamanjana) 's Twitter Profile Photo

तिम्लाई हेर्छन् र त छन् मेरा यी नयन खास तिम्रै नामको अखण्ड ज्वतको छ यो मनमा प्रकाश हृदयको ढोका खुला राखी बसेछु तिम्रो प्रतिक्षामा कसो नआउलाउ र तिमी उठ्नु अगावै यो शरीरको लास 🥹💕❤️💞

अन्जना (@gautamanjana) 's Twitter Profile Photo

मन्त्रमुग्ध भइ प्रेम रसले म रुझेकी छु संसार अन्त नभइ, अब तिमीमै बुझेकी छु कहाँ जाउ खोज्न कृष्णलाई म ? मैले त तिमीमै उसलाई पुजेकी छु ॥ ❤️❤️❤️ #शुभ_संध्या🙏💕

मन्त्रमुग्ध भइ प्रेम रसले म रुझेकी छु
संसार अन्त नभइ, अब तिमीमै बुझेकी छु

कहाँ जाउ खोज्न कृष्णलाई म ?
मैले त तिमीमै उसलाई पुजेकी छु ॥ 
❤️❤️❤️
#शुभ_संध्या🙏💕
अन्जना (@gautamanjana) 's Twitter Profile Photo

यो हृदयको ढुकढुकीलाई बैना बनाएर राख न मलाई तिम्रो कहानीको मैना बनाएर हेर्न मन छ यो सुन्दर संसार अब ती आँखाका नानीलाई ऐना बनाएर❤️❤️

यो हृदयको ढुकढुकीलाई बैना बनाएर
राख न मलाई तिम्रो कहानीको मैना बनाएर

हेर्न मन छ यो सुन्दर संसार अब
ती आँखाका नानीलाई ऐना बनाएर❤️❤️
अन्जना (@gautamanjana) 's Twitter Profile Photo

बोल्ने कुनै जमर्को गरीन मैले दुखेका चित्तको प्रहार नलागोस् भनेर😰 टिलपील हुँदा आँखा, झारीन आँशु झरेका आँशुको भार नलागोस् भनेर॥😥 #शुभ_रात्री ⭐️