binod bikram kc (@binodbikramkc) 's Twitter Profile
binod bikram kc

@binodbikramkc

ID: 1091796672

calendar_today15-01-2013 11:39:41

869 Tweet

3,3K Followers

522 Following

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

प्रिय आभास दाइको धुन–जगत्मा यसरी जोडिन पाउनुको आनन्द बिछट्टै सुरिलो छ...

प्रिय आभास दाइको धुन–जगत्मा यसरी जोडिन पाउनुको आनन्द बिछट्टै सुरिलो छ...
binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

प्रथमतः सबैमा गणतन्त्र दिवसको भव्य शुभकामना ! आज गणतन्त्र दिवसको शुभावसरमा गणतन्त्र पक्षधर लेखक गुरुङ सुशान्तको किताब ‘इतर समीक्षा’ को विमोचन आफैंमा सुखद हो । सबैलाई निम्ता छ ।

प्रथमतः सबैमा गणतन्त्र दिवसको भव्य शुभकामना !
आज गणतन्त्र दिवसको शुभावसरमा गणतन्त्र पक्षधर लेखक गुरुङ सुशान्तको किताब ‘इतर समीक्षा’ को विमोचन आफैंमा सुखद हो । सबैलाई निम्ता छ ।
binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

माइग्रेन चर्केपछि घनघोर रिसाउनुहुन्छ श्रद्धा भाउजू ... ... धुमधुमती बस्नुहुन्छ अन्धकारमा नारायण गोपालको गीतले समेत तात्छ उहाँको बर्बन्नी प्रकाश र ध्वनि भइदिन्छन् एक नम्बरका दुस्मन ============== प्रिय Shrawan Mukarung दाइ र टिम नेपा~लयप्रति आभार । thuprai.com/poem/shraddha-…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

कवि Raju Syangtan को निजी भाेगाइ र दिक्दारीमा आधारित सार्वभाैम 'बिरामी गाथा' ... ===================== रेलको डिब्बामा कोचिएर बसको सिटमा खाँदिएर देश जाँदै गरेको ए साथी ! म त नजाने नेपाल मलाई त्यहाँ तड्पाई तड्पाई मार्छ.... ekantipur.com/koseli/2025/06…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

बाल्यकालमा यदाकदा मेरा गालामा अवतरित हुन्थे आमाका हात कति कोमलतापूर्वक ती कठोर भइदिन्थे कति कठोरतापूर्वक ती कोमल भइदिन्थे एउटा नीलडामको सानो टापूले जन्म लिन्थ्यो मेरो अनुहारको भूगोलमा... facebook.com/share/p/128yX5…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

"तपास घाँ मामुली कवि थियो, मामुली लेखक थियो र थियो– मामुली मानिस । मामुली मानिसको जीवन यसै पनि खुद्रा–झिना मृत्युहरूको कबाडखाना हो । खुद्रा–झिना मृत्यु त यसले कति मर्‍यो, कति !" ekantipur.com/koseli/2025/07…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

दीपक सापकोटा, यस्तो लाग्छ, यादहरूको सङ्ग्रह–विशारद हुन् । हजुरआमालाई पुनर्जीवित तुल्याउने सुन्दर कविता । Deepak Sapkota thuprai.com/poem/phrembata…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

सायद दुःखको अन्तिम र असली ठेगाना राजु स्याङ्तान हो । अनि, राजु स्याङ्तानको अन्तिम र असली ठेगाना दुःख हो । ऊ जहाँ पुग्छ, दुःखसँग ठोक्किन्छ, दुःखीहरूसँग ठोकिन्छ । त्यसपछि लेख्छ, दुःखकै गाथा, दुःखकै स्रेस्ता । Raju Syangtan दिल्लीका दृश्यहरू nayapatrikadaily.com/news-details/1…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

असली देश–निर्माताप्रति युग पाठकले सच्चा सम्मान व्यक्त गरेका छन् । It is a ballad for unsung heroes. @yugpathak ekantipur.com/opinion/2025/0…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

“A poem cannot stop a bullet. A novel can't defuse a bomb. But we are not helpless. We can sing the truth and name the liars.” -Salman Rushdie ============================ nayapatrikadaily.com/news-details/1…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

जात्रा रमिता हाे, उत्सव हाे । जात्राले अनेकन् मिथक, विश्वास पद्धति, श्रम र जीविकाका सहस्र आयाम र ज्ञान प्रणालीकाे प्रतिनिधित्व गर्छ । भाेजन, संगीत र नृत्यले हरेक जात्रालाई भव्यता प्रदान गर्छ । काेसेलीले स्वनिग:का जात्राविषयक याे सुन्दर साैगात-सङ्ग्रहण पाठकका हातमा थमाएकाे छ ।

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

१७ वर्षअघि मूल्याङ्कन मासिकमा प्रकाशित कविता । प्रिय भाइ, लेखक/सम्पादक लक्ष्मण श्रेष्ठबाट सौगातस्वरूप प्राप्त । यस कवितामा परेको ‘कालो’ शब्द खारेज गरेर त्यसलाई ‘भद्दा’ ले प्रतिस्थापन गर्न चाहन्छु । bhogiraj chamling राजेन्द्र महर्जन Rajendra

१७ वर्षअघि मूल्याङ्कन मासिकमा प्रकाशित कविता ।
प्रिय भाइ, लेखक/सम्पादक लक्ष्मण श्रेष्ठबाट सौगातस्वरूप प्राप्त ।
यस कवितामा परेको ‘कालो’ शब्द खारेज गरेर त्यसलाई ‘भद्दा’ ले प्रतिस्थापन गर्न चाहन्छु ।
<a href="/chamlingbhogi/">bhogiraj chamling</a> 
<a href="/rmaharjan72/">राजेन्द्र महर्जन Rajendra</a>
binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

केटाकेटीहरू जब रुन थाल्छन् –हरि अधिकारी केटाकेटीहरू जब रुन थाल्छन् फूलहरूले गुमाउँछन् आफ्नो गन्ध र आकाशले निर्मलता, हावा विमूढ भएर अन्तरिक्षमा झुन्डिने छ र उडिरहेको पन्छी समूह खस्ने छ अचानक नाभिकीय विस्फोटपछि शहरका सम्पूर्ण भ्रूणहरूझैँ... facebook.com/share/p/16yYov…

केटाकेटीहरू जब रुन थाल्छन्
–हरि अधिकारी

केटाकेटीहरू जब रुन थाल्छन्
फूलहरूले गुमाउँछन् आफ्नो गन्ध
र आकाशले निर्मलता,
हावा विमूढ भएर अन्तरिक्षमा झुन्डिने छ
र उडिरहेको पन्छी समूह खस्ने छ अचानक
नाभिकीय विस्फोटपछि
शहरका सम्पूर्ण भ्रूणहरूझैँ...

facebook.com/share/p/16yYov…
binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

पुरानो मानिस – श्रवण मुकारुङ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ तिमीसित अब के छ त्यस्तो कुरा... ? Shrawan Mukarung youtube.com/watch?v=yy3ATm…

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

तिम्रा सबै सेना तिम्रा सबै लडाकू तिम्रा सबै ट्याङ्क र, तिम्रा सारा सिपाही त्यो एउटा केटोको विरुद्धमा छन् जो त्यहाँ उभिएको छ हातमा ढुङ्गा लिएर एक्लो । –घसान कानाफानी

तिम्रा सबै सेना
तिम्रा सबै लडाकू
तिम्रा सबै ट्याङ्क
र, तिम्रा सारा सिपाही
त्यो एउटा केटोको विरुद्धमा छन्
जो त्यहाँ उभिएको छ
हातमा ढुङ्गा लिएर
एक्लो ।
–घसान कानाफानी
Anup (@anupsubedee) 's Twitter Profile Photo

पञ्चायतमा कसरी पुस्तकालयहरू बन्द गरिए र “नयाँ शिक्षा” मार्फत् सार्वजनिक शिक्षालाई जर्जर बनाइयो, पुरानो सामाजिक हायरार्किलाई पुनर्स्थापित गरियो, र “महेन्द्रीय” एकात्मकताको सोचप्रणालीलाई स्थापित गरियो भन्ने बुझ्न ramesh parajuli को यो महत्त्वपूर्ण लेखले मद्दत गर्नेछ।