Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile
Nikhil Dulal

@dulal_nikhil

ID: 1420186709765988352

calendar_today28-07-2021 00:59:23

134 Tweet

108 Followers

285 Following

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

लाग्दो छ कागज खाली तरंग ठान्छु जित हार मै छ उमंग दुखः को यात्रा सुख मा होस् झल्मल एकता मा देखियोस् न मेटिने उमंग बसन्त आगमन कोईली तरंग आलो घाउ नौलो मलम उमंग निमिट्यान्नै न बनोस् युबा को कर्ण धारा सेती को दुध जस्तो काली को पनि दुध सम्मान गर्न सिकौं बच्चा को पिउनेदुध जस्तै

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक हाती जीवन चान्चुन हुँदै, माेहाेर बाँकी छ, वर्तमान छ डामाडाेल, पाेहाेर बाँकी छ । बुढ्याैलीका मनाेतरङ्ग, फुत् उँडी उत्पातमा, बाल युवै छु साेचाई मन, फाेहाेर बाँकी छ ।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

गजल बुझेँ भन्छु फेरि सोच्छु बुझेको नै हुन्न यसरी के सकिएला फाटेका मन तुन्न॥ फटाहा कै मायाँ लाग्न थालेपछि यहाँ विकृतिको सकिदैन पक्का मुहान थुन्न॥ बिग्रिएको मुलुक हाम्रो सपार्नुछ भने कुकर्मीकै गला बेर्ने छाडौँ माला उन्न॥

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= मन्द मुस्कान थियो तिम्रो रत फिदा भएँ म ! मूर्ख थिएँ म,तिमी आयौ रत सिधा भएँ म !! बिशालु त्यो नजरले बिहोस बनाएर मलाई ; गोमन सापले जस्तै डस्यौ रत बिदा भएँ म !! good morning all

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= ओठले छरेको मुस्कान भन्दा, तिम्रो गहिरो आँखाको कसम देउ। मुखले पोखेको पिरती भन्दा, तिम्रो न्यानो मायाको कसम देउ।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= न फूल हौ तिमी न जून हौ तर तिमी साह्रै राम्री छ्यौ। एकै नचर हेर्दैमा जादुगर झै कस्तो मोहनी मलाई लगायौ।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

गजल प्रेम ले खील रोप्दा भुल्न नसक्ने याद मा मुस्कुराउने चाहना त्यो बस्न खोज्छ दिल मा चोट पर्छ आलो घाऊ बिम्ब खोज्छ चाल मा दुख सुख परिपुरक नै एक अर्काको रंगजाल मा भोक कहिले न अघाउने तृषना छ प्रेम मा शुन्यदा हराएपछि अरू केही रहन्न साथ मा प्रेम निरस हुन्न कहिले सागर को गहिराई मा

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

कयौं दिनहरू बिते कयौं रातहरु बिते मेरा कयौं जवानीका मातहरु पर्खाइमै आधा जिन्दगी सक्यो हेर सकिएन दुखिको दुखको खातहरु

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक =========== प्रेमलाई, प्रेमले खोज्दा देख्छ्यौ, वहाँ म छु प्रेम त गर, खोज्नेछ तिम्रो प्रेमले, कहाँ म छु आउ तिमी यहाँ, यहि हो दुनियाँ, प्रेमै प्रेमको प्रेमले पनि प्रेम गर्ने, प्रेम छ त्यहाँ, जहाँ म छु

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक --------- सुन्दर प्रकृति सिगार्ने यी तत्वहरू, यो धर्ती झलमल पार्ने यी तत्वहरू, जन्तु , वनस्पति अनि हावा र पानी , प्राणीहरूको विपत टार्ने यी तत्वहरू।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक ****** यहाँ जसलाई जति विपत परोस् कसैलाई कत्ति खेद छैन , मानव जातिवीच भेदभाव गर्ने यहाँ कुनै शास्त्रीय वेद छैन , जातपातको कुभावना मनमा राखी तिरस्कार नगर्ने गर , प्रकृतिद्वारा सिर्जित र रक्षित मानववीच कुनै भेद छैन ।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक ****** तिम्रो भविष्य निर्माण गरिदिने म कलम , तिम्रो मस्तिष्क भकारी-भरिदिने म कलम, सक्छौ यदि धारण गर मलाई हातमा तिमी, तिम्रो ललाटको दुखपीडा हरिदिने म कलम।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक ****** सधैँ जाँड रक्सी र अनि मद्यपान त्यो, प्युँदा हुन्छ रे अति आनन्दको भान त्यो , त्यो,मद्यपानले प्राण अकालमा लिन्छ रे, विवेकशील जनहरूमा हुनुपर्छ ज्ञान त्यो ।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक सबैका छन् गिद्धेनजर, रुपले नै बिग्रिएँ म, नव भक्त नाना भाव, धुपले नै बिग्रिएँ म । सफै थिएँ बगरमा, मन्दिर ढुङगा बनें देव, प्रतिकारहीन ईश बनी, चुपले नै बिग्रिएँ म ।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= झलमल पुर्णिामामा पनि औसि जस्तो रात भए पछी ! खुशि भेट्न गाह्रो पर्‍यो पिरनै पिरको खात भए पछी !! दुनियाँ माथि त के भरोसा गर्नु र हजुर यहाँ हामीले ; आफ्नै मुटुको मान्छेबाटनै बारबार घात भए पछी !!

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= यो संकटको घडी एक दिन टरेर जानेछ ! यो दुरी र यो एक्लोपन सबै हरेर लानेछ !! नआत्तिनु,धैर्य गर्नु,समय धेरै बलवान हुन्छ ; दु:खका बादल चिसिइ खुसी बर्सेर जानेछ !!

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

मुक्तक फाटेको मन पटकपटक त्यो झुटो मुस्कानले सिएर पाइलैपिच्छे गहमा भरिरहेको नुनिलो आँशु पिएर खै कसरी बाँच्छन् होला है ती तमाम मान्छेहरू आफैले ऐना मा हेर्दा नै कहालीलाग्दो जिन्दगी लिएर।

Nikhil Dulal (@dulal_nikhil) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= घृणा गर्नेलाई मज्जाले आभार गर्नु छ ! खुसी हुनलाई तिमीबाट साभार गर्नु छ !! यहाँ सबैलाई राम्रो गर्दा शिरमा कुल्चिए ; अब मान्छे हेरेर मनबाट ब्यवहार गर्नु छ !! 🙏🙏☕️✍️