कहिलेकाहीँ सोच्न बाध्य हुन्छु,
के सम्बन्धको गहिराइ
सधैं सात फेरोले मात्रै नापिन्छ ?
के प्रेमलाई नाम, वाचा र समाजको
स्वीकृतिले मात्र बाँध्नु पर्छ ?
किनकि संसारमा
यस्ता सम्बन्धहरू पनि छन्,
जहाँ कुनै सिन्दूर छैन, कुनै औँठी छैन,
तर दुई मन एक–अर्काको
धड्कन बनेर बाँचेका हुन्छन्।