अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile
अनामिका…✍️

@anamikasajal

यो समय पनि बितेर जानेछ ।

ID: 3307097552

linkhttp://shabdikasajal.blogspot.com calendar_today05-08-2015 16:19:18

4,4K Tweet

893 Followers

298 Following

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

बादल भन्दा बढि त तिमी पनि बदलिन्छौ । सायद मलाई यस्तै मनपर्छ ……

बादल भन्दा बढि त तिमी पनि बदलिन्छौ । सायद मलाई यस्तै मनपर्छ ……
अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

चिसो सम्बन्धले भतभति पोल्छ ,मध्य पुसको जाडोमा पनि ।

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

कसैको आशक्तिबाट मुक्त हुनुछ भने शरीर सुम्पिदिए पुग्छ । प्रेमका लागि मर्ने को छ र यहाँ …… !

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

न उत्साह न उमंग खाली अरुका निम्ति फेरि एकपल्ट पल्टन्छन् क्यालेन्डरका पानाहरु !!

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

छुटेकाहरुसँग भेट नहोस् भेटिएकाहरुसँग छुट्न नपरोस् । अरु केही कामना छैन ।

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

जोसँग प्रेम हुन्छ उसलाई भनिरहन पर्दैन ,जसलाई भनिन्छ उसँग प्रेम भएकै हुँदैन ।

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

बदलिन मलाई पनि आउँछ तिमी हिजो जस्तै नहुनु मसँग म आज जस्तै हुँदिन तिमीसँग !!

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

मान्छेहरु एकैछिनमा मानिसलाई देवता बनाउँछन् अनि एकैछिनमा राक्षस ।

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

उर्जाशील उमेर कसैको यादमा अनि आँसुमा …… हुँदैन अहँ तिमी त्यो आशक्तिको दलदलबाट उठ्नुपर्छ ।

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

एउटी असहाय महिलाको जीवनमा सधैं धुर्त र स्वार्थी पुरुष मात्रै जोडिन आइपुग्दैनन् । कोही नभएरै पनि " म छु नि " भन्ने ढाडस बनेर पनि आउँछन् कोही । चलचित्र " राधा" । कथाको पाटो एकातिर छ तर म कथाको अर्कै पाटोमा हराएँ । youtu.be/SIaqBcH9JZs?si… #राधा

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

स्वास्नीहरु लोग्नेहरुको न्यायाधीश बनेपछि कहिले सुध्रिन्छ पुरुष उर्फ भोगटे लोग🤔

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

राजनीतिक विरोधका लागि पारिवारिक व्यक्ति अझ नाबालक बच्चाको तस्वीर र सम्बन्ध प्रयोग गर्ने मान्छे नेता हुन सक्दैन । घाँस नखाने मान्छे प्रजाति मात्रै हो ।

अनामिका…✍️ (@anamikasajal) 's Twitter Profile Photo

अचेल उसलाई रिस उठाउने मान्छे छ कि छै होला , दुई मिनेटको गफ बाझ्दा बाझ्दै चार घण्टा सकिएको पत्तो नपाउने प्रेम सकियो कि बाँकी होला ।