Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile
Vishnu Dhakal

@vishnudhakal11

यसाे लेख्न मन लाग्छ,संझन्छु अतीत,जुन बिचारले राम्रो मानिस बन्न सिकाउने प्रयास गर्याे!त्यसैमा दुलाे पार्नेहरू देख्दा,साेच्छु मानिस स्खलित भएको के काे लागि हाेला?

ID: 1125255579281133568

calendar_today06-05-2019 04:26:51

30,30K Tweet

12,12K Followers

13,13K Following

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

मुलुकको सर्वोच्च थलो संसद् मै छरपस्ट छन् अनेकन् मुद्दाहरू सरकारले पचाइसकेको छ हामी भुइँ मान्छेहरूले विरोध गर्ने भन्या आत्मसन्तोष लिने मात्र हो!फेरिपनि बेथिति विरूद्ध केही न लेख्न पछि नपरौ मुढाको मुख झिजाले पोल्ने कुरा सार्वभौम सत्य हो!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

दया लाग्छ केही यस्ता राजनीतिज्ञ र राजनैतिक विश्लेषकहरू देख्दा!कमसेकम लामो इतिहास नबुझेपनि मदन भण्डारी दिवङ्गत हुनुपूर्व होस सम्हालेकाहरूले यहीँ३२वर्षपनि नकेलाएकोमा!ओलीजी र विद्या भण्डारीलाई प्रतिस्पर्धी मानेर विचार विश्लेषण र विद्याजीको पक्षपोषणगर्नेअब कहाँ पुग्छन् हेर्नु होला!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

आंकलन सहि नहोस् भन्ने थियो तर समयले सहि पुष्टि गर्‍यो यसमा मेरो दोष छ भन्नुहोस त ?

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

पूर्व राष्ट्रपति विद्या भण्डारीको एमाले पार्टी मोह गज्जवको देखिन्छ!अझै रोचक कुरा त केही दिन अगाडि वहाँको चीन भ्रमणअनि सक्रिय राजनीति गर्ने उद्धघोष ओलीजीसँग प्रतिस्पर्धाको चर्चाका परिणामहरूआइसकेका छन्!ओलीजीलाई भारत भ्रमणको निमन्त्रणामापनि यो प्रकरणको भूमिका छ भन्दाअत्युत्ति नहोला!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलीजीलाई उताबाट भ्रमणको निमन्त्रणा आइसके पछि विरोधगर्ने पक्ष प्रतिपक्ष सबै निस्तेज भइसके!भ्रष्टाचार मानव तस्करी घूस काण्ड भिजिट भिसा सबै ओझेलमा परे अब मुख्य मुद्दा पूर्व राष्ट्रपति विद्या भण्डारीको एमालेमा सक्रियता बन्यो,यसबारे जोडदार बहस गराइदै छ हेरौ हाम्रो नियति!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

छुस्स कुरा उठेको थियो सरकार बनाउदा लिखित गठबन्धन गरेका दलले सरकारको समर्थन फिर्ता लिए पछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु पर्छ भन्ने कुरा जो संवैधानिक व्यवस्था हो!अहिले 'त्यो पर्दैन'भइ सक्यो अब त झन् उता बाट भ्रमण निमन्त्रणा आइसक्यो स्वतः क्वालिफाइड वाह राजनीति !

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

एउटा कुनामा बसेर मन लागेका कुरा लेख्न पाइन्छ तर ती कुराले धेरै ठाउँ(space)लिन हुदैन!सायद लोकतन्त्रको सुन्दर पक्ष भन्या यहीँ हो!उनीहरूको पहुँच सत्ता,स्थाइ सत्ता मार्फत हुने गतिविधिमा मात्र सिमीत छैन यी कठपुतलीले गर्न नसके आफै सक्रिय भएर तह लगाउने संयन्त्र छ यहाँ,को दलाल को न दलाल?

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

पूर्वराष्ट्रपति विद्या भण्डारीको हिजोको पत्रकार सम्मेलन भद्र र शालीन भन्दैछन् एमालेहरू!हो वहाँको भनाइमा जोड खाली आफु एमालेको सदस्य रहेको भन्नेमात्र देखियो!कति शालीन न सरकारको विरोध न मुलुकमा भएका यतिठुला भ्रष्टाचार अनियमितताबारे कुनै टिप्पणी!मन मनै ओलीको प्रतिस्पर्धी देख्ने हामी!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

फेरि पासपोर्ट छपाइमा भ्रष्टाचार भएछ सायद नयाँ काण्डहरू आएनन् भने पुराना कोट्टिने डरपनिहोला!मन्त्रीहरूको कार्यसम्पादनको मापदण्डमा अब्बल हुन कसले कति चतुर्‍याइ साथ ठुलो र अन्तर्राष्ट्रिय स्तरको भ्रष्टाचार गर्नसक्छ भन्ने मै निहित रहेको भन्ने रहेछ!बाँदरले चोरेर खानेअन्न सञ्चित गरे झै

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलीजीको हिजोको अभिव्यक्ति आफुले गरेका भ्रष्टाचार र त्यस्तैको संरक्षण गरेको स्वीकोरोक्ति जस्तो लाग्यो!'राजनीतिगर्ने जति बेलापनि जेल जानसक्छ'अरे फेरि दुइ पटक संसद् विघटन पनि'सर्वसत्तावाद'होइन अरे!आफ्नो तुलना पुष्षलाल,वि पी,गणेश मान किसुनजी सँग,जेल नेल दुःख कष्ट बयान?

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

आज नागपञ्चमी प्रकृति र मानव सभ्यता विचको सन्तुलन सहिष्णुताको पर्वको शुभकामना सबैमा!स्थान सम्मान र निकटताले सबैको भलो हुने मान्यता लोप हुदै गएको वर्तमानमा यसको जगेर्ना गर्न ऐतिहासिक धार्मिक परम्पराको महत्व बढाउनु पर्छ!आधुनिकताको नाममा विलुप्त हुदै गएको संस्कृति जोगाउन जरूरी छ!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

पूर्व राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीजी बारे व्यापकअन्तर्विरोध प्रतिस्पर्धा छ भन्ने भाष्य निर्माण हुदैछ!धेरै पुरानोकुरा तिर नजाउ राष्ट्रपति बहाल रहदाआफ्नो शपथ समारोहमा'त्यो पर्दैन' भन्नसक्नेओलीजीको मनोविज्ञानले पुष्टिगर्छ वहाँहरू विचको सम्बन्ध,यता धेरै नखोके राम्रो!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलीजीलाई उताबाट भ्रमणको निमन्त्रणा आएपछि विरोध र दाउपेचमा लागेका केही नेताहरू मत्थर भएका छन्!काङ्ग्रेस नेता शेखर कोइरालाले हालै दिएका अभिव्यक्तिले त्यस्तै सङ्केत गर्छ!भ्रम पूर्णतया हटेको छ सरकारलाई साइजमा राख्न तय भएको रोडम्याप अनुसार नबोले डिसक्वालिफाइ भइन्छ अनि...

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

हेर्छु राजनीति गर्ने मानिसहरू सांसद प्रधानमन्त्री मन्त्री भएका छन् तर त्यो सर्वोच्चता,पद खुस्केको दिन शुन्यमा झर्छ आखिर किन?वर्तमान सत्ताको स्वारूप यस्तो बनाएका छन् कि उनीहरूलाई कसरी आम जनताहरूबाट पृथक् बनाएर जोक्कर बनाउने!त्यो शान रजगज प्राप्तगर्न जेपनि गर्ने बनाउछ परिणाम दलाली!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

अप्रिय लाग्ने उक्ति सम्झे 'बाचे मेरो पोइ,मरे सासूको छोरो'मुलुकको राजनीति ठ्याक्कै यस्तै भएको छ!माइक्रो म्यानेजमेन्टगर्ने दक्षिण छिमेकीलाई केही फरक पर्दैन हाल अस्तित्वमा रहेकापनि आफ्नै हुन् आउनेपनि आफ्नै!खेल त फगत कसले बढी चाकडी गर्छ र अस्थिरता सृजना गरेर कठपुतली बन्छ भन्ने हो!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

जब विचार सम्प्रेषण आफु सत्तामा पुग्नको लागि केन्द्रित हुन्छ तब व्यक्ति फेरिन्छन् सुधार शुशासन आउदैन!यतिका भ्रष्टाचार तस्करी र अनियमितता भएका छन् उजागर गर्नेलाई लाग्छ यो त जनताले थाहा पाइसकेअब त नयाँ विषय र मुद्दामा जानुपर्छ यहीँ हो वर्तमान समस्या!अब्बल देखिनु छ उद्देश्य त्यति नै!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

आजकल मुलुकका पार्टीहरूमा अन्तर्विरोध चुलिएको दौर चलिरहेको छ!ओलीजी सँग विद्याजी,देउवाजी सँग शेखरजी,प्रचण्डजी सँग जनार्दनजी अनि रेशम चौधरीसँग वहाँ कै श्रीमती अरूपनि यस्तै यस्तै!समाचार सम्प्रेषणगर्न अरू मुद्दा कता हराए थाहा छैन!उनीहरूका यस्ता ङ्यार ङ्यार ङुर ङुर सुन्नु हाम्रो नियति!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

मुलुक युवा विहीन भयो भनेर चिन्ता मान्न दुइदशक लाग्यो आज व्यक्त गरिएका कुरा अलिक पहिलै गरेको भए केही हुन्थ्यो भनेर पछुताउनु परेको छ!त्यसै गरि सामाजिक सञ्जालमा जे पायो त्यही लेख्दा मुलुकले बेहोर्नुपर्ने क्षति अपुर्णिय हुदैछ!क्षणिक आवेग चटके लोकप्रियता यसैको भरमा शासक भइनेअर्को रोग!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

हो बक्रदृष्टि त छदैछ कुनै दिन पार्टी नै खारेज गर्न पनि प्रयास गर्ने छन् नसके घन्टी चुनाव चिन्ह सम्म भए पनि नदिने प्रपञ्च हुन सक्छ हेर्नु होला!

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

पुरानो उक्ति'निम्छराको श्रीमती सबैको भाउजू' अहिले को भएकी छन् राष्ट्रिय भाउजू?जब मुलुकका पुराना परस्कृत उक्तिहरूको परिभाषा फेरिन्छ तब अनिष्ट निम्तिन्छ!पुराना राजनीतिज्ञहरू सिद्धान्त आदर्श र निष्ठाबाट च्युत हुन्छन् अनि तिनीहरूको स्थान चटके उच्छृङ्खल विकृतहरूले लिन्छन् विचार गरौ!