प्रतिभाशाली खेलाडी जन्माउने एनपीएल रोक्न खेलकुदमन्त्री नै सक्रिय रहेछन्। मन्त्रीको काम बनाउने होइन, बिगार्ने मात्रै छ। प्रदिप पौडेल र प्रकाशमान सिंह बाहेक सबै मन्त्री असक्षम सावित भए।
बाराक ओबामा रेष्टुरेन्टको काममा फर्किए, ऋषि सुनक बैंकको जागीरमा फर्किए।
यता शेरबहादुर, प्रचण्ड, माधव, प्रधानमन्त्री बन्ने बाटोमा फर्किए।
जुन देशमा दुई कार्यकालभन्दा बढी कार्यकारी रहन्छ, त्यो देश सधै गरिब रहन्छ।
देशमा तीन तहको सरकार आएकै आठ वर्ष भयो तर कतैपनि सार्वजनिक शौचालय छैन, पार्किङ छैन, पार्क छैन, ढल छैन, ढलान छैन, बर्खामा हिड्न लायक सडक छैन। मूलभुत सुविधा संविधानको खोस्टोमा मात्रै रह्यो, पैसा जति सबै ४०,०००+ जनप्रतिनिधिको खल्तीमा गयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ, यो विमानस्थल भिजिट भिसा गिरोहको हातबाट ह्याक भएको छ, यो विमानस्थल सुन तस्करको हातबाट ह्याक भएको छ, यो विमानस्थलबाट मोस्ट वान्टेड कुख्यात भारतीय अपराधी उडे मतलब ह्याक भएको छ। ह्याक विमानस्थल।
महान्यायाधिवक्ताको निष्कर्ष : आलमलाई सफाइ दिँदा उच्च अदालतले प्रमाण नै हेरेन
ति न्यायधीशद्वयलाई बर्खास्ती र छानबिन बाहेक अन्य विकल्प छैन, ठूला-ठूला नेता पनि यसमा संलग्न छन्, दुईमत छैन। न्यायिक नरसंहार भएको हो।
भिजिट भिसा प्रकरणको रिपोर्ट आउँदै आएन, आउँदै आउँदैन। भिजिट भिसाको रिपोर्ट आयो भने गणतन्त्र चलाउने नेता कोही बाँकी रहँदैन, सबै सलाखे को अन्दर पुग्छन्। भिजिट भिसामा पैसा नखाने पार्टी कुनै छैन।
एउटा मन्त्रीको घुस काण्डको अडियो लिक भएको छ, झोलामा पैसा लिने गरेका रहेछन्।
मन्त्री - मन सफा नभएको लुव्ध प्राणी
मन्त्री - मति भ्रष्ट मान्छे
मन्त्री - मगज खुस्केको
राजिनामा दे।
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी परेको छ!
अब हेर्छौ अख्तियारको दम! पक्राउ गर्ने हिम्मत छ? छानबिन गर्ने साहस छ? अख्तियार, आँखा खोल!
विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेकै कारण पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिवलाई सोधपुछ गरिएछ।
संविधानले ‘झोले’ कहाँ चिन्छ? किन यहाँ सोधपुछ हुँदैन?
संविधानले भ्रष्ट्राचार गर्नु भनेर कहाँ लेखिएको छ, किन मन्त्री आफै झोलामा पैसा लिन्छन्? यहाँ कान छानबिन हुँदैन?
संविधानले जनयुद्ध चिन्दैन, किन कथित लडाकूलाई ३/३ लाख दिइयो? संविधानले सासंद विकास कोष चिन्दैन, किन २१/२१ करोड बाँडियो?
अनि ‘श्री ५ महाराजधिराज’ लेख्दा कसको के फाट्यो? कसको के जल्यो?
दुई झोला नोट लिने मन्त्री कुन पार्टीको हो? किन वर्खास्त नगरेको? किन अख्तियार नजागेको? श्री ५ महाराजधिराज लेख्ने पक्राउ पर्ने, दुई झोला पैसाको बिटो लिने पक्राउ नपर्ने? मत्स्य कानुन।
श्री ५ बडामहाराजाधिराज ज्ञानेन्द्र शाह लेख्न पाइदैन तर भिजिट भिसामा मान्छे बेच्न पाईन्छ, नक्कली भुटानी शरणार्थी बनाई मानवतस्करी गर्न पाईन्छ, टिकापुरको ३०० बिघा जमिन लुट्न पाईन्छ, वाइडबडी मा अर्बौ घुस खान पाईन्छ, पतञ्जलीको आवरणमा जमिन किर्ते गर्ने पाईन्छ।