Uttam Bichar (@utamb41) 's Twitter Profile
Uttam Bichar

@utamb41

I am Utt@m from Nuwakot , Nepal.
MBA(TU), Interested on Nepali Literature.
"Listen the People, don't make them voiceless."

ID: 2797684027

calendar_today08-09-2014 10:26:50

6,6K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

आघात पार्छौ किन आसमाथि गला दबाईकन सासमाथि भत्ता नदेऊ पचहत्तरीमा के गर्नु कात्रो भन लासमाथि ।।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

"मूलमन्त्र" -- आएँ पियारी घर कामबाट बाटो छिचोलीकन जामबाट । खाना पकायौ कि छ पाक्न बाँकी रह्यो कि मैले भन चाख्न बाँकी ।।१। बस्ना म सुँघ्दै परबाट आएँ मिष्ठान्न यी भोजनमा रमाएँ । भन्छौ पकाएँ घरभित्र जे छ खाने ममा आदत जो परेछ ।।२।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

#सी परीक्षामा #हि पनि सामेल हुन पाउनु समावेशी लोकतन्त्रको दरिलो प्रमाण हो #हिसी सबैलाई शुभकामना ।।।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

बढेको तेलको भाउ घाउ बनेर चस्कियो युद्धमा प्रीत गास्नेले शान्तिको गीत बिर्सियो ।।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

थुकेमा एकले सुक्छ नदी बग्दैन बेगले थुकेमा सयले बग्छ रोकिन्न भरथेगले ।।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

खानीभित्रै रह्यो ऊर्जा आयातमा पर्‍यौँ भर । पाइन्न सहजै भन्ने नेपालीमा बढ्यो डर ।।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

क्या रूप तिम्रो जननी बिछट्ट धोए पखालेसरि देख्छु चट्ट । मानौँ नयाँ हौ दुलही समान डौडेर आए सब हेर्न झट्ट ।।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

पिई अँध्यारो हर रात आए लिई उज्यालो रवि झल्मलाए । नयाँ बिहानी सुरुवात हुन्छ चराहरूले नव गान गाए🐦️🐦️

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

सही हो एम पी ज्यु, घट्दै छ मूल्य सोही अनुपातमा !

सही हो एम पी ज्यु, घट्दै छ मूल्य सोही अनुपातमा !
Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

मूर्खको ओखती छैन उपचार कुनै पनि । विद्वान् रोगी भए आफैँ हुँदा चिन्तनका धनी ।।

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

निभ्यो आशाको दियो एउटा ढल्यो भरोसाको मियो एउटा । गात सङ्गीतका पारखीहरूमाझ जो अभिभावकत्व थियो एउटा ।। "तिमी सदा अमर रहनेछौ आशा दिदी"

निभ्यो  आशाको   दियो  एउटा 
ढल्यो भरोसाको  मियो   एउटा ।
गात सङ्गीतका पारखीहरूमाझ
जो अभिभावकत्व थियो एउटा ।।
"तिमी सदा अमर रहनेछौ आशा दिदी"
Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

त्यागौँ नराम्रा लत छोड्नुपर्छ बन्छन् तिनै आदत छोड्नुपर्छ । राम्रा कुरा हुन् अभियान जारी साथी चिनी सङ्गत छोड्नुपर्छ ।। "नयाँ वर्ष ०८३को सबैमा हार्दिक एवम् मंगलमय शुभकामना" ।।

त्यागौँ नराम्रा  लत  छोड्नुपर्छ 
बन्छन्  तिनै आदत छोड्नुपर्छ ।
राम्रा कुरा हुन् अभियान जारी
साथी चिनी सङ्गत छोड्नुपर्छ ।।
"नयाँ वर्ष ०८३को सबैमा हार्दिक 
 एवम् मंगलमय शुभकामना" ।।
Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

आफन्त चिन्दा नचिने फलानो हुँ चोट पर्दा सहने अचानो । यस्तै छ मेरो पहिचान साथी पोहोर नौलो अहिले पुरानो ।।

आफन्त चिन्दा नचिने फलानो 
हुँ चोट  पर्दा  सहने  अचानो ।
यस्तै छ मेरो पहिचान साथी
पोहोर   नौलो  अहिले  पुरानो ।।
Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

हुँ श्रेष्ठ आफैँ भनिठान्छ मान्छे बल्ड्याङ आफैँ अनि खान्छ मान्छे । जवाफमा कोमल फूल पाई मूर्ख्याइँमा पत्थर हान्छ मान्छे ।।

हुँ श्रेष्ठ आफैँ भनिठान्छ मान्छे 
बल्ड्याङ आफैँ अनि खान्छ मान्छे ।
जवाफमा  कोमल  फूल  पाई
मूर्ख्याइँमा पत्थर हान्छ मान्छे ।।
Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

मिसावट घटेन त्यो तीसको अझै तीस छ मुनाफाको प्रलोभनमा बढ्दो आहारिस छ । आहार अनि विहार नै स्वच्छ छैनन् हाम्रा सागपात र फलफूलमा सरोवरी विष छ ।।

मिसावट घटेन त्यो तीसको अझै  तीस  छ
मुनाफाको प्रलोभनमा बढ्दो आहारिस छ ।
आहार अनि विहार नै स्वच्छ  छैनन्  हाम्रा 
सागपात र फलफूलमा  सरोवरी  विष  छ ।।
Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

#आमा । गोर्की मेक्सिमका पढूँ म रचना आमा पुकारूँ अनि या गोपाल रिमाल गद्य कविका पढ्दै गरूँ लेखनी । बोल्छन् माधव शोक काव्य मनमा राखेर गौरीईकन आमा तुल्य महान् छ को अवनिमा हे देवकोटा भन ।।१।

#आमा ।
गोर्की मेक्सिमका पढूँ म रचना आमा पुकारूँ अनि
या गोपाल रिमाल गद्य कविका पढ्दै गरूँ लेखनी ।
बोल्छन् माधव शोक काव्य मनमा राखेर गौरीईकन 
आमा तुल्य महान् छ को अवनिमा हे देवकोटा भन ।।१।