KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile
KP Sharma Koli

@kpsharmakoli

Not associated with KP Sharma Oli. Parody Account.

ID: 965057741256642560

calendar_today18-02-2018 02:57:50

175 Tweet

5,5K Takipçi

0 Takip Edilen

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

हामीले बनाको सरकारको पहिलो निर्णय : पासपोर्ट र लाईलेन्स लिन लाईन बस्नु नपर्ने !! आजदेखी लाईनमा उभिनु पर्नेछ ✊✊

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

राती चिसोमा सुतिरहेका जनताहरुलाई तातो खाना र न्यानो लुगा बाँड्दै गरेका युवा संघका कार्यकर्ताको भिडियोलाई AI प्रयोग गरेर लखेट्दै गरेको जस्तो बनाईएकोमा घोर विरोध छ । बालेन साह राजिनामा दे ।

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

भिपिएन बाट टिकटक चलाउँदा प्रसाईँ भाईरस छिरेर गणतन्त्रको जग, पिल्लर सबै हल्लिएको हुँदा, सबै एमालेजनलाई भिपिएन प्रयोग नगर्न आग्रह गर्दछु

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

कैले तिम्रो पछ्यौरीमा अल्झेँ, कैले तिम्रो चौबन्दीमा अल्झेँ, लोभ्याउने पासो थाप्यौ, मायाको .. आखीर तिम्रो जिन्दगीमा अल्झेँ

कैले तिम्रो पछ्यौरीमा अल्झेँ,
कैले तिम्रो चौबन्दीमा अल्झेँ,
लोभ्याउने पासो थाप्यौ, मायाको ..
आखीर तिम्रो जिन्दगीमा अल्झेँ
KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

प्रचण्डजीले भन्नुभयो - "यसो बसेर कुरो गरम् न, म रुम मिलाउँछु"

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

पुर्वप्रम तथा मेरा अनन्य मित्र शेरबहादुर देउवाजी लाई यो गीत डेडिकेट गर्न चाहन्छु - हात हेराउँदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्नलाई

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

जान्नेलाई छान्ने भुरेटाकुरे दलहरुले भनेपनि कार्यान्वयन मेरो सरकारले गरेको छ । भुटानी शरणार्थी केसको बारेमा सबभन्दा जान्ने आरजु देउवालाई परराष्ट्र मन्त्री बनाईएको छ । विद्या नामकीलाई शिक्षा मन्त्री, मजदूरजस्तो अनुहार भाकोलाई श्रममन्त्री । सरकार सफल भईसक्यो ।

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

गभर्नर पनि काँग्रेसले खाए, दैनिक ५० लाख पनि काँग्रेसले खाए, अनि भ्रष्टाचारी चाहिँ हाम्लाई भनेर फुटेज चैँ बालेनले खाए । यसरी पैसा, पद काँग्रेसले खाने अनि गाली चाहीँ मैले खाने हुँदा यो गठबन्धन फुटको संघारमा पुगेको छ । प्रचण्डजी, एकछिन यसो बसेर कुरो गरौँ, म रुम मिलाउँछु

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

पन्डीत बालकृष्ण ढकालबाट रवीको "चौरासी" समापन गराईयो तर यता मिश्र भने छुटे । १५ गते आन्दोलन रे राजावादीको ! म एमाले कार्यकर्तालाई १५ गते उपत्यका कब्जा गर्न आदेश दिन्छु । नडराईकन जे गरे नि हुन्छ, प्रोटोकल स्रोटोकल केही हुन्न । दोष त मिश्रलाई लगाईहालिन्छ, तिनको पनि चौरासी गर्नु छ ।

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

एउटा चिसो चिठी आयो, विश्वप्रकाशले बेसक्याम्पबाट पठाएका रैछन्, रोशनीको मृत्यु छानबीन गर्न पर्छ भनेर । मदन भन्डारीजस्तो नेता मारेर त मान्छे प्रम, राष्ट्रपति भाछन् , जाबो एउटी ल्याईते मर्दा छानबीन ? कस्तो काईते चिठी लेखेको ? लेखिसकेपछी यस्तो लेखक बन्नु कि कमसेकम ४०-५० लाख कमाईयोस् !

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

१५ गते राजधानी कब्जा गरेर उपध्रो गरो, भनेर बुझेरै भनेको हुँ । गृहमन्त्री एक्लैले दैनिक ५० लाख खाको टुलुटुलु हेरिराछु । हटाए सरकार ढल्छ, आँफै हट्दैनन् । अलि अस्तिनको जस्तै आफ्नै कार्यकर्ता लगाएर तोडफोड गर्नपाए, गृहले कन्ट्रोल गर्न सकेन भनेर राजिनामा गराउन सकिन्छ कि भनेर पो त !

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

भोका, नांगा, जाडोले काँपेर बसेका गरीबको जनतालाई अलिकती न्यानो होस् भनेर तातो भट्टीमा हालेका आलम साँच्चैको देशभक्त हुन् । उनको समाजसेवा बाट आत्तिएर केही अराष्ट्रीय तत्वहरुले पुर्वाग्रही ढंगले हालेको मुद्दामा अदालतले दिएको सफाई स्वागतयोग्य छ । आलमबाट समाजसेवा सिक्न सबैलाई अनुरोध छ

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

मेरै घुँडो चुसेर बाँचेका हरु अहिले विद्याकसम खान थालेका छन् ! कति बेईमानी, हे ठोरीका राम ? खाको नुनको सोझो त गर्नुपर्छ नि । सबैले थापा'म् , अहिलेलाई "मंगल" छ, पछि अमंगल हुनसक्छ !

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

साना विद्यार्थीलाई स्कुल जाउ, यता नआउ भन्दा सामान्य गोली लागेको मात्रै हो । यसमा राजनीतिकरण आवश्यक छैन । अवैधानिक सामाजिक संजालमा हामीलाई हत्यारा सरकार भन्दैरैछन्, तर ६२-६३ मा ज्ञानेन्द्रले मारेजति त मारेको छैन नि हामीले ।

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

यस्तो केटकेटीको हा हु गर्ने भिड लिएर चुनाव जितिन्छ ? मतदाताको साथ चाहिन्छ चुनाव जित्न । अब मेयर नि छोड्यो, यता जमानत जफत । बरु "सै पनि एमाले, मै पनि एमाले" जस्तो गीत गाए एल्बम निकाल्न सहयोग गरुम्ला ।

रास्वपाले बाबुराम भट्टराईलाई राष्ट्रपति बनिईदिन्छौँ, उम्मदेवारी फिर्ता लिनुस् भनेछन् । भट्टराई पनि फुत्त लागेर फिर्ता लिएछन् । बुढापाकाले भन्थे छोरा पाउनु कहिले कहिले, भोटो सिउनु अहिले भनेर । यता त छोरै पाउन नसक्नीले पनि भोट सिलाएर राखेछन् । तेरिमा भारुराम !

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

झापाबाट फर्किँदा एयरपोर्टमा हामीलाई माथिको आदेश भन्दै हेपियो, सुन तस्कर झैँ व्यवहार गरियो । कस्तो निकृष्ट व्यवहार , कति हेपेको ? जाबो सुन तस्कर हो हामी ? हामी त बालबालिकाको हत्यारा हौँ ।

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

शहीद दिवसको अवसरमा सम्पुर्ण जेन-जी शहीदहरुमा हार्दिक श्रद्धाञ्जली । मैले गोली चलाउने आदेश दिएको छैन, दिन पनि सक्दिन । म त उनीहरुको मुलुक बनाउने सपना पुरा गर्न कटिबद्ध छु । तर बन्दैन मुलुक दुईचार सपुत मरेर नगए भनेर केही सपुतहरुलाई देशको लागी शहीद बन्न सहयोग मात्रै गरेको हुँ ।

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

हामी फेरि सरकारमा आएपछि भान्सामै ग्यास पुर्‍याउँर्छौं । अहिलेसम्म जथाभावी पाद्नेहरुलाई हाम्रो सरकार आएपछी भान्सामै पाद्नपर्ने नियम राख्नेछौँ ।

KP Sharma Koli (@kpsharmakoli) 's Twitter Profile Photo

म चुनाव हारैकै छैन । केटाकेटीले यसो रहर गरे, खुसी हुन्छन्, भनेर एकचोटीलाई छोड्देको मात्रै हो ।