स्पर्श मायाको (@basnetmohan208) 's Twitter Profile
स्पर्श मायाको

@basnetmohan208

ID: 1726845751719030784

calendar_today21-11-2023 06:12:16

449 Tweet

10 Takipçi

81 Takip Edilen

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

दिल चोरेर होइन सोधेर लैजाउ, फर्काउन मिल्दैन सोचेर लैजाउ।। मुटु लान्छौ कि ढुकढुकी लान्छौ, भन प्रिया तिमिले रोजेर लैजाउ।। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

सोझो मान्छे म प्रेमको कथा थाहा छैन, कसरी तड्पिन्छ्न यहाँ ब्यथा थाहा छैन।। सुनेको मात्र हो अरुबाट सबै कुराहरु, हुन्छ अरे मुटुमा सम्मान अन्यथा थाहा छैन।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

मस्किदै आयौ Hi त भन्नै पर्यो नि जान्छु भन्यौ Bye त भन्नै पर्यो नि।। हाँस्छौ,रिसाउछौ ,छिन को छिन मै किन हो? पत्तो लाउन Why त भन्नै पर्यो नि।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

बनाउनुस सक्दो साथी चिन्नुपर्दैन👈️ गर्नुस लाईक र कमेन्ट किन्नु पर्दैन☝️ संसारलाई मझेरी बनायो फेस्बुकले 🤣 जोडी खोज्न जुत्ता फाटुन्जेल हिन्नुपर्दैन 😆

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

कर्मचारीलाई ठुलै चिठ्ठा हात पर्ने दिन, व्यवसायी,व्यापारीलाई घात पर्ने दिन।। शनिवारको अर्थ पनि फरक-फरक छ, घुम्नेहरुको लागि त पत्तै नपाई रात पर्ने दिन।।

कर्मचारीलाई ठुलै चिठ्ठा हात पर्ने दिन,
व्यवसायी,व्यापारीलाई घात पर्ने दिन।।
शनिवारको अर्थ पनि फरक-फरक छ,
घुम्नेहरुको लागि त पत्तै नपाई रात पर्ने दिन।।
Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

पहिलो भेट मै तिमी त्यसरी नमस्किएको भए, मलाई हेरी सर्माएर तिमी, नझस्किएको भए।। म नि कहाँ लठ्ठ पर्थे, एकै झल्को हेर्दै मा, बान्की परेको रुप यौवन, नपस्किएको भए।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

मन भित्र मनले नै कसेपछि माया। छुटाउन गाह्रो रैछ बसेपछि माया।। नत भइयो असल माली तिम्रो जीवनको, फूल्दा फूल्दै मझेरीमा खसेपछि माया।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

रोजेर पाएका "चिजहरु" मायाले दिएका "यादहरु" दु:ख पर्दाका "साथहरु" सोच्दै नसोचेको "पलहरु" जहिले पनि अमुल्य हुन्छन् I

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

बाहिर जति राम्रो देखिन्छ मान्छे "भित्र" देखिदैन, वास्तबिकता झल्काउने उसको "चित्र" देखिदैन।। कसरी ठिक र बेठीक छुट्याउँछ र मनुष्य, ऐनामा देखिने रुप हो उसको "चरित्र" देखिदैन।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

कहि हाँसो लेख्छु कतै बेदना लेख्छु कतै टुक्रिए को मनका चाहाना लेख्छु। नभन्नुस के लेख्छ यो पागल मान्छेले कतै यथार्थ पोख्छु,कतै कल्पना लेख्छु। मान्छेले नसोचेको के पो छ र है साथीहरु कही सपना र चुकिला बिपनाहरु लेख्छु। आखिर अपुगको मनमा उही घुमिरहन्छ त्यसैले उसैको अतितका सम्झना लेख्छु।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

छिनमै तिखो धार बनी,मार्छ नजरले छिनमै बुटी झार जिउदो, पार्छ नजरले थुङ्गा भनु डुङ्गा भनु,के पो भन्ने होला छिनमै वारी छिन मै पारी तार्छ नजरले स्वाद पर्दा परेलीमा नत्र बलेसीमा छिनमै भित्र छिनमै बाहिर, सार्छ नजर ले।। कुचो हैन झाडु हैन अचम्मै को रैछ, छिनमै भरि छिनमै बैंश झार्छ नजर ले।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

फेवा रोयो,रुपा रोयो,रारा रोयो आज। हिमाल ,पहाड,तराई सारा रोयो आज।। धर्म र जातको नाममा लडाई हुन थाल्यो। मन्दिर रोयो,कुवा रोयो,धारा रोयो आज।। भावनाको एउटै डोरी, थियो देश बाँध्ने। बिखन्डनको बीउ रोप्यौ, नारा रोयो आज।। तिमी रोयौ,म पनि रोए,देशै रोएको छ। घाम रोयो,जुन रोयो,तारा रोयो आज।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

फूलबारीमा सबै रोज हुदैन, महत्व हिन वस्तुको खोज हुदैन।। सौन्दर्यले भरिपूर्ण मनमोहक दृश्यहरु, सबै एकजुट नभई वनभोज हुदैन।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

जीवन पनि खल्तिमा भेटिन्छ, तितो यथार्थ गल्तिमा भेटिन्छ।। ईमान खरिद बिक्री गर्नेहरुको, जमात चलन चल्तिमा भेटिन्छ।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

"गजल"जस्तै जब जब मायामा तल तल हुन्छ। सिङ्गो ब्रह्माण्डनै हल चल हुन्छ। लुप्त हुँदा प्यारमा मस्त मग्न भई, चरम आनन्दको रस खल खल हुन्छ। वैशालु नजर,अधर तृप्त हुन्छ जब जब पर्खाइ अर्को प्यासको पल पल हुन्छ। मन लत्याउँछ अनि तन चुम्छ जसले हेर्दै जानुस् उसलाई प्रेम दल दल हुन्छ।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

जब मन एकाएक कठोर हुन्छ तब मात्र युद्ध घनघोर हुन्छ नठान्नु चोर शुली चढे सकिए अब हेर्दै जाउ साधु चोर हुन्छ महत्व र प्राथमिकता नजर हो खजाना त कतै त्यही फोहोर हुन्छ महशुस गर्छौ,गर्दैनौ तिम्रो कुरा गरे चित्कारमा पनि स्वर हुन्छ लत्याउँछौ र जुगौंपछि परिरहेछ थाहा छ कोही किन कमजोर हुन्छ

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

सागर सरि मेरो माया,कुलो सरि मान्नेलाई, हावासँगै उडि जाने,धुलो सरि ठान्नेलाई।। कुनै शब्द छैन अब, मैले भन्नु पर्ने, धन-सम्पत्ती माया जोख्ने,तुलो ठान्नेलाई।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

चाहनाको लडाईमा, बहानाको खोजि।। लाग्ने छैन भोक तिर्खा, रित्तिएनि गोजि।।

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

सम्बन्धहरु त पूलले जोड्नुपर्ने हो, किन मान्छेहरु पर्खालको कुरा गर्छन।। मनहरु त प्रेमले भिजाउनुपर्ने हो, किन मान्छेहरु घृणाको बिज छर्छन।।

स्पर्श मायाको (@basnetmohan208) 's Twitter Profile Photo

👋👋Come and Join Daraz Freebie to win a FREE Philips Food Processor and many more exciting prizes! 😀🎁🎁 | s.daraz.com.np/s.ZaDJd