भारतीय माहमहिम राजदूतले हामीलाई मन्त्रालयमा भेट गर्नुभयो । भेटवार्तामा हामीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो ।
भारतीय राजदूत महामहिम श्रीवास्तवसंग
भेटवार्ता हुँदा मन्त्रालयका सचिव ज्यू र परराष्ट्र मन्त्रालयका अधिकृत पनि हुनुहुन्थ्यो । मित्र राष्ट्रका प्रतिनिधीसंग औपचारिक भेट गर्दा मन्त्रालयका सचिव ज्यू र परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्यरुपमा राखिने निति छ ।
नेपाल वायुसेवा निगमको निरीक्षण गरियो। निरीक्षणको क्रममा जनताले देख्नेगरी परिणाम यथाशिघ्र ल्याउन,एक महिना भित्र इटिकेटिङ प्रणाली लागू गर्न,विमान स्थलमा ब्यागेज चोरी रोक्न र त्यहांको ग्राउण्ड हेन्डेलिङ गुणस्तर बृद्धि गर्न,जहाजहरू नउड्ने रोग हटाउने र जहाज समयमै उडाउन निर्देशन गरियो।
मन्त्रालयको होटल हयातलाई २७ र तारा गाउँ समितिलाई २२ प्रश्न ! तपसिलका कारणले होटल हयातसँग सम्झौता किन नतोड्ने ? र तारा गाउँ विकास समितिलाई किन विघटन नगर्ने ? तिन दिन भित्र जवाफ पेस गर्ने ।
नागरिकको सुझाब पाउँ देश र जनताको हितमा ! onlinekhabar.com/2023/04/1294365
सगरमाथा सहित ८ हजार भन्दा माथिको ८ हिमाल आरोहण गरिसक्नुभएको कतारका राजकुमारी आस्था अल्थानिलाई भर्खरै अन्नपुर्ण हिमालको सफल आरोहण गर्नुभएकोमा हार्दिक बधाई ! यहाँको नेपाल बसाई सुखद् रहोस् !! नेपाल भ्रमणका लागि विश्वाका पर्यटकहरुलाई आह्वन गर्नु हुनेमा विश्वस्त छु ।