Nilamber Acharya (@nilacharya) 's Twitter Profile
Nilamber Acharya

@nilacharya

Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.

ID: 139671758

calendar_today03-05-2010 09:52:45

8,8K Tweet

345,345K Followers

224 Following

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

जीवनका रहरहरू हुन्छन् सुन्दर रहर पूरा गर्नुपर्छ। शुभ होस् नमस्कार

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

मेरो बाल्यकालको संसारभन्दा आजको संसार अभूतपूर्व गतिले बदलिएको छ। हरेक क्षेत्रमा यो देखिन्छ। नेपाल पनि प्रभावित भएको छ। हाम्रो जीवनशैलीमा पनि अद्भुत परिवर्तन आएको छ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

देशको वस्तुगत अवस्था र सामाजिक चेतनाको स्तरले बाटो पहिल्याइ छाड्नेछन्। नेपालले पनि द्रुत विकास गर्नेछ। विशाल जनसंख्या भएका विकसित छिमेकी हुनु पनि राम्रो सम्भावना हो। उपयोग बढ्दै जानेछ। देशको सामूहिक आत्मविश्वास र दृढता बढोस्। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

सास्ती पाइन्छ कि भनी डराउन हुन्न स्वाभिमान गुम्छ कि भनी डराउनुपर्छ। शुभ होस् अनुहार उज्यालो रहोस् नमस्कार

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

कुलिङ पीरियड जालझेल काण्डले हाम्रो संसदीय कार्य प्रणालीलाई नराम्ररी धक्का पुऱ्याएको छ। निजामति विधेयकमा छेडछाड लज्जाजनक र अक्षम्य छ। पारित गर्नुअघि विधेयक नपढ्नुपनि आलोच्य छ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

पहिले त्यति घुमिएन। अहिले उति सकिदैन। यस्तै छ। जे कुराको पनि समय हुन्छ। समयमै गर्नुपर्छ। शुभ होस्! दिन बादलमय छ मन उज्यालो रहोस्! नमस्कार

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

प्रत्येक मानिससँग केही क्षमता हुन्छ, सम्भावना हुन्छ, भविष्य हुन्छ। चिन्नु मात्र पर्छ, उपयोग गर्न लाग्नु मात्र पर्छ। कतिपयले त्यत्ति गर्न पनि जाँगर गर्दैनन्। अनि समय गुज्रेपछि गुनासो गर्छन्। तर समय जति गुज्रे पनि भविष्य त बाँकी नै हुन्छ। फरक सम्भावना त बाँकी नै हुन्छन्। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

जीवन चल्छ भनेर हुँदैन चलाउनु पनि पर्छ सक्रिय हस्तक्षेप गर्नुपर्छ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

'संक्षिप्त आदेश' पढ्न त पढेँ तर जाँगर नलागी नलागी। त्यसबारे गरिएका टिप्पणी र आलोचनाले पनि खासै जाँगर दिएनन्। विषय गहन थिए, तर मैले गहिराइ पाउन सकिनँ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

जाडो पनि सहनुपर्छ र गर्मी पनि, तर चाहेको त मध्य स्थिति हो। तरकारी चर्को पनि खाइदैन र खल्लो पनि, स्वाद त मध्य नै हुनुपर्छ। शरीरलाई यातनाकष्ट दिन हुँदैन, दुःखकष्टदेखि तर्सन पनि हुँदैन, भन्छन् अतिबाट जोगिनुपर्छ र उग्रताबाट पनि, सुन्दर त मध्यमार्ग नै हो। शुभ होस् नमस्कार

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

के वैध के अवैध समय र स्थानको कुरा हो। त्रिकाल सत्य र ब्रह्माण्ड सत्यको खोजी गरेर हुँदैन। प्रमाण? मान्यता दिए प्रमाण नदिए केही नाइँ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

सफलता? लागिरहनु नै सफल हुँदै जानु हो। शुभ होस् सबै मित्रहरूमा अभिवादन!

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

समय एक पाठशाला सिक्न सक्नुपर्छ जीवन एक प्रयोगशाला टिक्न सक्नुपर्छ रित्तिदैन समुन्द्रमा उघाउँदा गाग्रीले पानी आवश्यक पर्दा आफैले झिक्न सक्नुपर्छ। - शारदा घिमिरे भैल 'सफ़र में ज़िंदगी' मुक्तक संग्रहबाट

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

राणशाही गयो हजुर बक्स्योस् गएन। शाहशाही गयो हजुर बक्स्योस् गएन। जनताबाट आएका समेत जनताजस्ता देखिएनन्। शुभ होस् जय नेपाल

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

भन्छन् मानिस यो हो, त्यो हो। चारैतिर हेर्छु अनि मलाई लाग्छ मानिस त कार्यनायक हो। शुभ होस् नमस्कार

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

बिहान बिहान उनीहरूलाई सम्झौँ जसको सम्झनाले मात्र पनि मनमा उत्साह र दृढता भरिन्छ, कार्यमा जुट्न प्रेरणा मिल्छ। प्रणाम छ ती सबलाई जसको सम्झनाले शक्ति दिन्छ। शुभ होस् यो दिन कुशल रहोस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

नेतालाई सम्मानजनक बिदाइ हुन भनेको सुन्छु। के भनेको होला भनी विचार गर्छु। खुरूक्क जाने भए जाऊ हैन भने घोक्र्याउँछु भनेझैँ लाग्छ। मन नरमाइलो हुन्छ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

मलाई रिसाएको मानिस मनपर्दैन। मसँग रिसाएको त झनै मनपर्दैन। तर दुनियाँमा जे जति प्रगति भएको छ, त्यो रिसकै कारण भएको हो भन्ने लाग्छ। रिसलाई अवगुण किन ठानिन्छ मैले बुझेको छैन। जायज रिस त गुण हो। मानिस भएर जन्मेपछि रिसाउन जान्नैपर्छ। हैन भने आत्मसम्मान खतरामा पर्नसक्छ। शुभ होस्