Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile
Lok Mani Paudel

@lmpaudel

MSc. Org. Chemistry;
भाषा, विज्ञान र संस्कृति मा ट्वीट गर्न रुचाउने;
"असली अयोध्या" को खोजी मा समर्पित;
Chairman: Gorkha Publications;
Editor: NirogiNepal.com

ID: 2593015291

calendar_today28-06-2014 12:08:50

6,6K Tweet

3,3K Takipçi

707 Takip Edilen

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

आमा को बुबु जस्तो गाई को थून हुन सक्छ यही नबुझेर गाई काट्ने कानून हुन सक्छ जहाँ पायो उहीं घाउ देखाउनु किन कसै कसैका मुठी भित्र नून हुन सक्छ दाग लाग्दैमा कसैलाई फालिहाल्नु किन दाग लागे पनि कोही जून हुन सक्छ सून को खानी पहेंलै हुनु जरुरी छ र कालो शालिग्राम भित्र पनि सून हुन सक्छ

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

६००+ सांसद १००+ बनाउ र प्रदेशलाई खारेज गरे खर्च र भ्रष्टाचार स्वातै घट्छ। कर्मचारीलाई तलब खान लगाउन र बालबच्चालाई पढाउन हुर्काउन पुग्ने गरि दिए, भ्रष्टाचार बाट हुने राजस्वको चुहावट पनि कम हुन्छ। यति काम ओली सरकारले गरे जनतामा अलिकता भए पनि सन्तोष आउनेछ। onlinekhabar.com/2024/09/1535808

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

नेपाली भाषा का गुरुहरू ले बहुमूल्य पत्थर बुझाउने "हीरा" को हिज्जे लाई अशुद्ध "हिरा" पारिदिएका छन्। लिम्बू भाषा मा ह्रस्व "हिरा" स्त्री जननेन्द्रिय अर्थात् "योनी" बुझाउने अर्थ मा प्रयोग हुन्छ।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Big Thanks to MP Gyanendra Shahi for playing important role to promote & raise voice for “Jumla Apple” from social media to Parliament which has helped the people of Jumla to sell their apples at good price this year. ❤️🙏

Big Thanks to MP Gyanendra Shahi for playing important role to promote & raise voice for “Jumla Apple” from social media to Parliament which has helped the people of Jumla to sell their apples at good price this year. ❤️🙏
Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

"दशैं" कि "दसैं" ? दश + ऐं = दशैं दशैं नै शुद्ध हो। तर केही गुरुहरू ले हाम्रो संस्कृति माथिको बाक्लो आस्था लाई पातलो बनाउन पातलो "दसैं" लेख्न र लेखाउन थालेका छन्। एसले हामीलाई मोटो दशैं लेख्ने भानु, लेखनाथ, देवकोटा, सिद्धिचरण, लैनसिं, माधव, सत्यमोहन आदि बाट अलग्ग्याएको छ।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

बालचन्द्र शर्मा ले संकलन गरेको नेपाल को राजवंशावली हेर्दा राजा विक्रमादित्य विशालनगर तथा गौशाला बत्तीसपुतली क्षेत्र का राजा भएका थिए। उनी पछि उनका छोरा विक्रमकेशरी राजा भए। - प्राचीन नेपाल, अंक ४, २०२५

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

आफ्नो बलियो इतिहास माथी गर्व गर्न र मनाउन जान्नु पर्छ। तेसले वर्तमान लाई पनि ऊर्जा दिन्छ।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

वस्त्रेण वपुषा वाचा विद्यया विनयेन च वकारैः पञ्चभिर्युक्तः नरो यवति पूजितः। (नीतिवचन) अर्थात् सफा वस्त्र (वस्त्रेण), निरोगी शरीर (वपुषा), सत्यवक्ता (वाचा), शिक्षित (विद्या) एवं नम्रता (विनय) गरी पाँच वकार बाट सुशोभित मानिस लाई सबैले श्रद्धा गर्दछन्।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

महाबली हनुमान् ले सुग्रीव लाई सम्झाउँदै भन्छन्- बुद्धिविज्ञानसम्पन्न इङ्गितैः सर्वमाचर ... वा.रा., ४-२-१८ बुद्धि र विज्ञान ले सम्पन्न भएर जनता को चेष्टा र मनोभाव बुझी उसै अनुरूप कार्य गर्नुहोस्। जो राजा बुद्धिमान् भएर बल को आश्रय लिँदैन तेसले सम्पूर्ण प्रजा माथी शासन गर्न सक्दैन।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

उमेर हदबन्दी का कारण शायद म पनि सक्रिय सहभागी हुन नसकुँला। तर पर्यवेक्षक का रूप मा भए पनि उपस्थित भएर कार्यक्रम मा ऐक्यबद्धता जनाउने छू।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

अहिले राष्ट्रपति ले जेनजी सँग वार्ता गर्न नमानेको समाचार आइरहेको छ। जेनजी का प्रतिनिधि सँग राष्ट्रपति ले वार्ता गर्न नमान्नु इतिहास मै सबैभन्दा ठूलो अपराध हो।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

फरक पार्टी फरक झण्डा देश लुट्ने एउटै धन्दा कहिले फुट्ने कहिले जुट्ने उद्देश्य एउटै यो देश लुट्ने ।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

नेपाल का पूर्व राजाहरू ले स्वीस बैंक मा अर्बौं सम्पत्ति राखेका छन् त्यो फिर्ता ल्याउनासाथ देश बन्न बेरै लाग्दैन भनेर जनता का आँखा मा छारो हालेका तँहरू सत्ता मा पुगेकै दिन देखि देश लुटेर स्वीस बैंक को खाता भर्न थालेको कुरा जगजाहेर भइसक्यो।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

देश लुटेर आफ्ना घर का कोठा चोटा र सुरुङ भित्र राखेका खर्बौं रुपैयाँ र डलर जल्दै गर्दा तँहरू माथिको हाम्रो आस्था पनि जलिसकेको छ।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

जेनजी को आन्दोलन र भ्रष्टाचारी सरकार को क्रूर दमन बाट बनेको दलबिहीन सरकार ले आगामी चुनाव सम्म गर्न खोजेका काम मा सकिन्छ सघाऊँ सकिन्न अवरोध नगरौं। यो सरकार भ्रष्टाचार गर्न गएको होइन भन्ने बारे मा निश्चिन्त बनौं। देश को मलहमपट्टी गर्ने बेला हो यो।

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

मात्रै ६ महीना को सरकार हो यो। एता ३० वर्ष देखि हुर्किएका र जरा गाडिसकेका ऐंजेरूहरू छन्। यो ६ महीना भित्र तिनलाई उखेलेर फ्याँकीकन चुनाव समेत गराउन सम्भव सम्भव होला त ?

Lok Mani Paudel (@lmpaudel) 's Twitter Profile Photo

गुण्डू को नामै बदल्नुपर्ने हो कि जस्तो लाग्यो। किनकि कतिपय लाई यो गुण्डू नाउँ का कारण पनि अलमल भइरहेको छ। कालो लाई मायाँ गरेर कालु भने झैं सानी लाई मायाँ गरेर सानू भने झै‌ गुण्डा लाई मायाँ गरेर गुण्डू ! भनिएको हो कि जस्तो लाग्ने।