Lill Monk (@lillmonk0) 's Twitter Profile
Lill Monk

@lillmonk0

आउनुहोस् साथी बनौं।
🍁❤️🍁

ID: 1442773021807108102

calendar_today28-09-2021 08:48:05

491 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

म कसरी बताऊँ भीड प्रलोभित झुण्डहरुको जमात हो यहाँ पूर्ति बेचेर आवश्यकताहरु प्रकट गर्न सकिन्छ। म कसरी बताऊँ मन चिरस्थायी दस्तावेज होइन मनलाई पुनर्निर्माण र संसोधन गर्न सकिन्छ। म कसरी बताऊँ न शान्ति छ न अशान्ति यहाँ केवल अस्तित्वको निर्विकारता छ। म कसरी बताऊँ सदा रहँदैनौं हामी!

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

म भर्खर अस्पताल बाट फर्किंदैं थिएँ अचानक बाटोमा अर्धजिवित मान्छे देखें। दाहिने हात चुट्टिएर पाखुरा सम्म पाकेको थियो टाउकोको ठिक बिचमा प्वाल परेको थियो आँखा बाट पिप बगिरहेको थियो पैताला मुनि डरलाग्दा खोपिल्टाहरु थिए मैले उसलाई सोधें तपाईं को हो? म अधिनायक कमरेड, कमरेड 'कलम' हूँ।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

कहिलकाहीँ तिम्रा हातहरू अविवेकले चलमलाए भने म तिम्रो मदहोसी प्रेमको सिकायत नगरुँला। तिम्रो आँखाबाट म हेरूँला मेरो आँखाबाट तिमी हेरौला सँगै हामी भएपछि धेरै फरक परोस् सँगै हामी नभएपछि धेरै फरक परोस् यो दुनियाँ यो समय र यो अङ्गालोमा हामी मात्र एक हुनेछौं। केवल हामी मात्र हुनेछौं।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

हो।....... एकदम सत्य हो। धर्म आत्मापथिक, र विज्ञान प्रतिपादित हुन्छ। जबसम्म कुनै पनि राष्ट्रले विज्ञान लाई समर्थन गर्दैन, तवसम्म त्यो राष्ट्र गुलाम हुन्छ। यो कुरा याद गर्नु.... आत्मापथिक बिनाको धर्म हुँदैन। प्रतिपादित बिनाको विज्ञान हुँदैन।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

यो रुमलिएको मस्तिष्कले फलाकेका निरश भावहरू मेरा कविता होइनन् अन्तहीन हिँडिरहेका बाटाहरू मेरा यात्रा होइनन् यी अतल आँखाहरूले जे देखिरहेको छु ती मेरा दृष्य होइनन म आज ईश्वर मान्न विवश छु कृतिम आस्थाहरुको जालो भित्र असीम फन्को बाँधिएको छु आफै सँग बेखर म भगवान पुज्दै हिँडिरहेको छु।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

मेरो आदर्शताको कदर नगर्नु हिँड्नु नविराई आफ्नै श्वासको गतिमा विचारको राजमार्गमा नअलमलिनु प्रेम तिमी भन्दा फराकिलो विषय हो स्वामित्वमा बाध्न नखोज्नु। घुँडा टेकेर श्रद्धाभाव र मन खोलेर प्रार्थना गर्न सिक्नु कुन अभिलाषा आफ्नो हो चिन्नु याद गर्नु मनपर्ने काममा कुनै संहिता नमान्नु।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

ढुङ्गाहरु धोएर दूध निस्किदै रोटी पेलेर रगत निक्लिँदैन। भाषा असमर्थ भएपछि आँसु झर्छ। भाव समर्थ भएपछि प्रेम हुन्छ। आँसु प्रेमको उत्कर्ष रूप हो। मान्छे मरेर पुनः जीवित हुँदैन। संसारको हरेक चीज मानिसको हो। संसारको हरेक चीज मानिसको हैन। ईश्वर केवल सिर्जित हुन्। आत्मा केवल ईश्वर हो।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

Lill Monk र म जहाँपनि भेटिने छौं। हजारौं कविता, सयौं कथा, केही उपन्यास र आख्यानहरूमा भेटिने छौं। बोनसाई आर्ट र हाईड्रोपोनिक्स फार्मिङमा भेटिने छौं। कहिलकाहीँ साहसिक पदयात्रामा भेटिने छौं। हामी फोटो र भिडियो डकुमेन्ट्रिमा पनि भेटिने छौं। Lill Monk र म जहाँपनि भेटिने छौं।🤗♥️

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

- सोसल मिडिया प्लेटफर्महरु माथि प्रतिवन्ध - रवि लामिछाने विरुद्ध 'सहकारी अपचलन मुद्धा' - अवकाशपछि पुनः नियुक्तिमा कूलिङ पिरियड विवाद - शिक्षक आन्दोलन र सरकारको ढिलासुस्ती संवाद - नेपाल FATF को ग्रे लिस्टमा पर्यो - राजनीतिक अस्थिरता गठबंधन फेरबदलको डर -काठ मेयर र प्रमको साईबर हमला

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

स्कुसको मुन्टा कसरी टिप्ने? म युट्युबमा हेरेर सिक्न चाहन्थें। एउटा ऐना र एउटा फ्रेम फोटो, गिफ्ट दिने खवर ह्वाट्सएपमा आउँथ्यो। मदिरालयमा बसेर, च्यालयको स्टाटस फेसबुकमा लेख्थेँ। भर्खर 'फ्रोग सेकुवा एण्ड मैज बियर' को विज्ञापन टिकटक तिर राम्रै हुँदै थियो। दरअसल हमारे पास क्या है?

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

आउटरेटेड मस्तिष्क, डिजिटल डार्कनेस, आयात निर्भर समाज, बहेरमुखी भीड, मान्यतामा आधारित राजनीति, मिलिटरी स्टकपाईल नभएको राष्ट्र र न्युक्लियर फ्री पोलिसी बिनाको विश्व सायदै अबको युगपछि रहँदैनन्। हामी खतरापूर्ण सिभिलाईजेशनमा छौँ।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

बालेन सायदै एउटा फिल्मी दृश्यमा हिरो देखिन चाहाने र मास हिस्टेरिया लाई बढावा दिने कमजोर नेतृत्ववादी पात्र हो। बालेन हाललाई केवल मेयर उपयुक्त छन्। नेपाल भूराजनीतिक फण्डमेन्टको कब्जामा छ, बालेन सँग कुटनीतिक असक्षमता प्रष्ट देख्न सकिन्छ। देश युद्ध भूमि बन्नबाट रोक्नु पर्छ।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

निर्वाचित संसद विघठन गरेर, गैरराजनीतिक व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिनु आफैंमा संवैधानिक होईन। हाम्रो संविधान जीवित छ। जलेको संसद भवन हो, संसद होईन। सांसद भित्रपनि कयौं चम्किला ताराहरु छन्।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

भिड कति खतरानाक हुन्छ है! उन्मक्त प्रलयको आँधी र विनासकारी बाढी भन्दा भयानक! भिडभित्र विवेक र तर्क हुँदैन। त्यहाँ ढोलको तालमा नाँच्ने कठपुतलीहरु हुन्छन्। भावनात्मक संक्रमण हुन्छ। भीड न नैतिकताले रोक्न सक्छ, न बन्दुकले! भीड, अनुहार नभएको, चर्को स्वर मात्र भएको डरलाग्दो छायाँ हो।

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

ऊ मलाई प्रेम गर्छ........ बालकोनिमा रोप्नु भनेर अकबरेका बोटहरु उपहार पठायो। मलाई लाग्छ, ऊ मेरो अन्तरआँत सम्म प्रेम भर्न चाहान्छ। तर फूलका बोटहरु पठाउनु पर्ने है?