🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile
🇳🇵🇳🇵उज्वल गौरव

@ujjwalgaurab34

अप्रभावित विचारक 💞💞

ID: 811402140967014401

linkhttps://twitter.com/search?q=from%3Aujjwalgaurab34%20-filter%3Areplies&src=typed_query&f=live calendar_today21-12-2016 02:45:20

37,37K Tweet

6,6K Followers

26 Following

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

मन नहो बहकिन्छ जसोतसो सम्हाल्छु नयाँ परिवेसमा ढाल्छु नयाँ बिषय अंगाल्छु लाग्छ अब फेरिन्छ लाग्छ तब फेरिन्छ उ फेरि पनि बहकिन्छ घोरिएँ गम्भीर भएर जवाफ एउटै प्रश्नको छ अखिर बारबार हरबार यो मन किन बहकिन्छ बल्ल भेटियो उत्तर सहि समस्या, समस्यासँग भाग्नुमा छ २ #भावना_ ०८

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

मेरो पिडाको हिस्सेदार हो उ शब्दमा अब्यक्त प्यार हो उ उ बिनाको म अधुरो अपुरो रहन्छु मेरो सारा संसार हो उ

मेरो पिडाको हिस्सेदार हो उ शब्दमा अब्यक्त प्यार हो उ
उ बिनाको म अधुरो अपुरो रहन्छु मेरो सारा संसार हो उ
🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

म कहिलेकाँही मनको अन्तर कुन्तरमा चिहाउँछु मेरा प्रिय यादरू खुसी हुँदै मलाई अंगाल्छन् म तिनैको आलिङ्गनमा आफैलाई हराएर मिठामिठा गित गुनगुनाएर त्यसैमा मनलाई भुलाएर मुसुक्क मुस्कुराउँछु किनकी तिनै यादभित्र तिम्रो र मेरो सम्बन्धको स्वर्ण कालखण्ड जिवित छन् । #भावना_ ०९

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

पिरतीको पल यसै खास हुन्छ नी दुरी बिच रहे पनि पास हुन्छ नी कल्पनाका उडान भर्छ जब मनले पलपल मायाको आभाष हुन्छ नी नबोलेरै नसुनेरै बुझिन्छ कति कुरा सम्बन्धमा मनैदेखि विश्वास हुन्छ नि पिडा एउटाको अर्कोको आँखा रून्छ जब दुईमुटु एकअर्काको श्वास हुन्छ नि #भावना_ १२

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

मेरा प्यारा मित्रहरू ममाथी प्यार बर्साई रहनु हामी बिच उच्च आत्मिय संस्कार दर्साई रहनु भेटघाट कुराकानी हाम्रो नहोला दिनको दिन टाढा रहेर पनि आशिर्वाद उपहार बर्साई रहनु #मुक्तक_ संख्या : २१

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

टकरार पछिको प्यार उस्तै रहन्न गरेर हेर प्रयास हजार उस्तै रहन्न दुई विचका घटना छरिन्छन् जव कुरा काट्छन् , बजार उस्तै रहन्न #मुक्तक_ संख्या : २२

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

खुसीमा सहयात्री पिडामा सारथी प्रगतिमा साधक मात्र सहिमा आफ्ना हुन् बाँकी सबै घाँसपात हुन् उखेलेर फाल्दिदा हुन्छ ।

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

आफ्नै कामविच अब आफू ब्यस्त भईन्छ पाखा लाईन्छ सम्बन्ध स्यवं परस्त भईन्छ घाँटी नै काटी दिए पनि आफ्ना हुन्नन् यहाँ दुनियाँ जाओस् भाडमा आफू मस्त भईन्छ #मुक्तक_ संख्या - २३ #मुक्तक_

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

बेग्लै छ मनसुन, साँझको जुन बेग्लै छ चरीको चिरविर, संगितको धुन बेग्लै छ तिमी साथमा छौ र बेफिक्र छु म अचेल उत्साह उमंग छ मनको गुनगुन बेग्लै छ

🇳🇵🇳🇵उज्वल गौरव (@ujjwalgaurab34) 's Twitter Profile Photo

मान्छे कर्तव्यले अमर उत्साहले जवान प्रार्थनाले प्रफुल्लित र परोपकारले चिरञ्जीवी बन्छ ! #GoodMorning