Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile
Prakash Thapa Magar (Unsung Warrior)

@ptm2031

Writer and Journalist
सही विचारको आलोकमा साहित्य र पत्रकारिता

ID: 794509279919079424

linkhttp://p-thapa.blogspot.com calendar_today04-11-2016 11:59:08

767 Tweet

654 Followers

824 Following

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

संविधानअनुसार नेपालमा सनातनदेखि चलिआएको धर्म, संस्कृतिको मूल धार हिन्दु धर्म, संस्कृति नै हो । फेरि पनि हिन्दुवादीहरू संविधानको यो परिभाषाबाट सन्तुष्ट छैनन् भने बुझ्नुपर्दछ– उनीहरू हिन्दु राष्ट्रतिर फर्केर राजतन्त्रको पुनस्र्थापना गर्न चाहान्छन् । यो प्रतिगामी हावा हो ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

अहिले बनेको गठबन्धनमा स्वार्थको द्वन्द्व (सेल्फिसनेस अफ कन्फ्लिक्ट) चर्को देखिने स्थिति छ । अब त्यहाँ मुख्यत: एमाले, माओवादी केन्द्र र रास्वपाका स्वार्थ कैयौँ मामिलामा आपसमा बाझिने छन् । राजमो अध्यक्ष केसीजीले भने जस्तै यी “पुरेतका गाई” हरू कति दिन सँगै रहन्छन् ?

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

“क्रमभङ्ग” को नाममा सिद्धान्तहीनता र राजनीतिक अस्थिरता मलजल गर्नेहरूलाई कालान्तरमा आफैले पिँजडाबाट छोडेको बाघले खान सक्छ । राजनीतिमा कोही कसैको स्थायी शत्रु र मित्र हुँदैनन् ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

आउनुस् एउटा गफ गरौँ हिँजो देउवाले बाल दिएननन् भन्नेले आज ओली र रविले बाल दिएनन् भने तब के हुन्छ साथी ? फेरि “निरन्तरतामा क्रमभङ्ग” कि अरू केही ?

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

सड्सट्ठिऔँ सहकारी दिवसको अवसरमा शुभकामना । विकृति न्यूनीकरण गर्न वचत तथा ऋण सहकारीलाई राइफेसन सिद्धान्तको आधारमा अगाडि बढाऔँ । धितो र श्रमसहकारीलाई व्यवस्थित गरी अनौपचारिक क्षेत्रको ऋणलाई न्यूनीकरण गरौँ ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

जनतामा स्वास्थ्यचेतना फैलाएर पायक पर्ने स्थानसम्म आइपुग्नुपर्ने बनाउनुपर्नेमा ब्रोइलर कुखुरालाई झैँ घरैमा, अझैँ कार्यस्थलमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने तरिका ठिक लागेन । नियत राम्रो होला तर यसले जनतामाझ स्वास्थ्यसम्बन्धी जागरण ल्याउँदैन भन्ने विषयमा विचार गर्ने हो कि ?

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

इद मुबारक । इदउलफितरको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा उन्नति, प्रगति, सुवास्थ्य र दीर्घायुको शुभकामना । नेपाल राष्ट्रनिर्माणमा मुस्लिम समुदायको पनि महत्त्वपूर्ण योगदान छ ।

केपी ओलीले माधव नेपालतिर इशारा गर्दै वामपन्थी एकताले सरकार र देश दुवै नबन्ने बताएका छन् । नेपाललाई सरकार गठनको बेला ललिपप देखाइएको थियो भन्ने खुल्दै जान थालेको छ । नेपालले पनि त्यो कुरा बुझ्न थालेका छन् । हेरौँ, यसले देशको तात्कालिक पोलिटिकल कोर्स कता जान्छ ?

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

कतारी राजालाई सम्मान गरेर लगानी सम्मेलनको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य नेपाल सरकारको रहेको बताइँदै छ तर जो कतारी राजाको भ्रमण र लगानी सम्मेलन सफल पार्न जुटिरहेका छन्, तिनीहरूमध्येकै कतिपयले लगानीकर्तालाई टेबलमुनिबाट स्वागत गर्छन् ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

नेपाल प्रज्ञा–प्रतिस्थानको समाजशास्त्र विभागद्वारा प्रकाशित जर्नल “समाज अन्वेषण” मा प्रकाशित मेरो लेख । इच्छुक पाठकले यो लिङ्कमा गएर पढ्न सक्नुहुने छ । nepjol.info/index.php/anwe…

नेपाल प्रज्ञा–प्रतिस्थानको समाजशास्त्र विभागद्वारा प्रकाशित जर्नल “समाज अन्वेषण” मा प्रकाशित मेरो लेख । इच्छुक पाठकले यो लिङ्कमा गएर पढ्न सक्नुहुने छ ।
nepjol.info/index.php/anwe…
Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

राजनीतिक अस्थिरता न्यूनीकरण गर्न संवैधानिक व्यवस्था गरिए पनि दलहरू नै सिद्धान्तहीन, अनैतिक र सत्तालोलुप भए केही लाग्दो रहेनछ । पार्टी फुटाउनु वा पटक पटक सरकार परिवर्तन गर्नु राजनीतिक पार्टीहरूको बिजनेस नै भइसकेको छ । यतिखेर जसपा आउट । अब हेर्नु छ, यसको रियाक्सन के हुन्छ ?

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

प्रधानमन्त्री प्रचण्डको कथित क्रमभङ्ग भनेको राजनीतिक अस्थिरता नै हो भन्ने व्यवहारबाटै पुष्टि भइरहेको छ ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

एसइई कमजोर : १. शिक्षकले सिर्जनात्मक प्रकारले पढाउन नसक्नु २. विद्यार्थीहरू पाठ्यपुस्तक पढ्नुभन्दा मोबाइल वा सामाजिक सञ्जालमा भुल्नु ३. विद्यालय व्यवस्थापनले समुचित भूमिका खेल्न नसक्नु ४. सरकार र राज्यसंयन्त्र रमिते बन्नु ५. शिक्षाप्रणालीको प्रभावकारिताबारे बेलैमा समीक्षा नहुनु ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

यो सहकार्यमा ओलीले कार्यकाल पूरा भएपछि संसद् विघटन नगर्लान् भन्न सकिन्न किनकि उनले २०७७ सालमा पटक पटक संसद् विघटन गर्ने कार्यलाई अझैसम्म गल्ती मानेका छैनन् । यसपटक पनि काङ्ग्रेस थाङ्नामा नसुतोस् । त्यति बेला काङ्ग्रेस मात्रै होइन, २०६२–६३ सालको जनआन्दोलनको उपलब्धिसमेत गुम्ने छ ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

मार्क्सवादी–लेनिनवादीहरूको दृष्टिकोणमा सेयर बजार पुँजीवादी बजारद्वारा सिर्जित पानीको फोका मात्रै हो । यसले पुँजीवादी अर्थतन्त्रको उन्नति, अवनति केही पनि बताउन्न, यसले बताउने भनेको पुँजीवादभित्रको सट्टेबाजी मात्रै हो ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

गत असार २८ गतेयता नेपाली अर्थमा के सुधार आएको छ र जसले गर्दा सेयर बजार उकालो लाग्यो ? सेयर बजार खालि यसकारणले उकालो लाग्यो, ओली नेतृत्वको सरकारबाट राजनीतिक स्थायित्वको सन्देश गयो । कुरा त्यति मात्रै हो, अरू सबै उस्तै छ ।

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

सत्तामा बस्दासम्म “निरन्तरतामा क्रमभङ्ग”, सत्ताबाट हटेपछि बी.आर.आई., बेचन झा, यस्तै यस्तै विभिन्न कारण । यसले बताउँछ– प्रचण्डको सत्तालोलुप चरित्रबारे माओवादी केन्द्रको नेतृत्वले नै स्पष्ट धारणा बनाउन सकेको छैन । “अन्धा गुरु का बहरा चेला दोनो नरक में ठेलमठेला”

Prakash Thapa Magar (Unsung Warrior) (@ptm2031) 's Twitter Profile Photo

साफ महिला च्याम्पियनसिप : फाइनलका लागि तीन ठाउँबाट टिकट बिक्री हुने yugdarshan.com/archives/109362