हिजो मिटरब्याज पीडित,उखु किसानलाई बस्न नदिने,अरती लगायत शान्तिपूर्ण रूपमा शान्ति बाटिकामा बसेकाहरूमाथि लाठी बर्साउनेहरू नै आज आएर मिथ्या मन्तव्य दिन्छन्|आज उनीहरू गफ बाँडिरहेका छ,गफाडीहरूको पछाडि‘परिवर्तन’भन्दै कराएको देख्दा लाग्छ चोरहरू सधैं चोर्नकै लागि एउटै ठाउँमा भेला हुन्छन्
एक चिकित्सक र साधारण नागरिकको दृष्टिबाट देखिएको नेपाल समाजको यथार्थ कथा। अनुभव, अनुभूति र विचारको संगालो।
✍️ डा. गोविन्द के.सी.को लेखन
📘 किताब चाँडै आउँदैछ।
जानकारी वा अर्डरका लागि
📞 सम्पर्क गर्नुहोस्।
निमन्त्रणा
प्रा डा गोविन्द केसीले खिचेका फोटोभित्रका कथाहरूको सँगालो, "एक साधारण नागरिक तथा सामान्य डाक्टरले देखेको नेपाल" पुस्तक अनावरणमा तपाईंलाई निमन्त्रणा छ।
मिति: २०८२ माघ २४ गते शनिवार (February 7, 2026)
स्थान: पब्लिकेसन नेपालय, कालिकास्थान, काठमाडौँ
समय: ठिक अपराह्न ३ बजे
प्रा. डा. गोविन्द केसीद्वारा देशभर सेवाका क्रममा खिचिएका फोटो र अनुभवको संग्रह – “एक साधारण नागरिक तथा सामान्य डाक्टरले हेरेको नेपाल।”
अर्डरका लागि: +९७७-९७६८५२७६८२ वा thuprai.com/book/doctorle-…
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ भ्रष्टाचारी कर्मचारी हुन् अनि निजसङ्ग कुनै किसिमको सहकार्यमात्र नभई एउटै कोठामा समेत बस्ननसकिने भनेर बवन्डर सिर्जना गर्दै महिनौंसम्म काठमाडौँ महानगर थलाएका बालेनको समर्थनमा सरकार गठन भएपछि सरोजलाई उनले न कारवाही गराए, न त सरुवानै। किनभने ...
"अरुलाई हेर्यौं पटकपटक .... लाई हेरौं एकपटक।"
हामी बिर्सन्छौं, अनि भोग्छौं, अनि फेरि बिर्सन्छौं, अनि केवल हण्डर खान लायक बाँकी मात्र रहन्छौं। मलाई भूतसङ्ग डर लाग्दैन। मेरा डर वर्तमान र 'हामी'सङ्गै छ। #चुपचाप