Dilip Bantawa (@bantawa86) 's Twitter Profile
Dilip Bantawa

@bantawa86

A Worker......

ID: 3763880746

linkhttp://www.dlipbantawa.wordpress.com calendar_today24-09-2015 20:42:20

48 Tweet

21 Followers

189 Following

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

What's happening ? भनेर सोधिरहन्छ! के के मात्र happening भनुँ अब,🤔🤔 जिन्दगी भिरमा अड्किएको फर्सी जस्तो भो भनुँ या आकाश आएर थिच्न लागे झै भएको मनको दुख सुनाउँ?

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

सोचिरहेछु ! त्यो आकाशमा बादलले बनाएको तिम्रो सुन्दर तस्बिर हेरेर विज्ञान किन झूट बोलिरहेछ संसारका हरेक बस्तु नाशवान् छन् भनेर......

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

राजनिती गतिछाडाहरुको खेल हो भन्छन्। गतिछाडाको औषधि कसैसंग हुदैन। सत्तामा ओहोर दोहोर गर्नेहरुका लागि त "घिउ कहाँ पोखियो? आफ्नैको भागमा।" जस्तै हो। हाम्रा लागि भने, "ताप्केबाट उछिट्टिएर भुङ्ग्रोमा पर्नु" बरावर हो। भावी मन्त्रीहरुलाई अग्रिम बधाई भनुङ्।

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

आज हाम्रा सम्माननिय PM, PK ज्यूले "ठोस परिस्थितिको ठोस विश्लेषण" वाला डाईलग दिनैभरी बोलिरहनुभयो। प्रश्नहरु थुप्रै छन्। यस्ता गठबन्धनहरु कसको रुचिमा बन्छन् र रुचिमा भत्किन्छन्? हिजोको नठिक आजको ठिक? वा भोलि फेरि बन्ने अर्को ठिक? यसको पुष्टि कसरी हुन्छ? यावत सवालहरु बग्रेल्ती छन्।

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

पत्रकार भनेका कुखुराका भाले जस्ता हुन, यी बासे पनि उज्यालो हुन्छ नबासे पनि उज्यालो हुन्छ। यद्यपी म बासेकै कारण उज्यालो भयो भन्ने भ्रम भालेले राख्न पाउँछ 😂

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

प्रचन्सर : मलाई मन परेन भने लात्ताले हानेर हिँड्न कुनै अप्ठ्यारो लाग्दैन। विश्व दाइ (बिश्वप्रकाश शर्मा) : मन पराउने हजार भेटिन्छन्। जुनि काट्ने एउटै हुन्छ। Good Morning☕️☕️

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

रिहानाले I love India भन्दा रमाउने भारतियहरु र सुमना दिदी शिक्षामन्त्री भईन् भनेर हर्षित हुने सर्मिसहरु उस्तै हुन्।

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

अचेल मायामा मायालुहरुमा मित्रतामा मुस्कानमा सम्बन्धहरुमा चम्किलो आवरण मात्रै छ जो देखिन्छ त्यो भ्रम हुन्छ- त्यही भ्रम बाँचेपछी सत्य मरिरहन्छ त्यहि आवरण ओढेर न्यानो कमाउनेहरुको जमात गाउँ-शहरमा दिग्भ्रमित बान्ता गरिरहेका छन्।

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

एकदिन मृत्यूलाई चुनौती दिन लेखिरहेथेँ उसकै नाममा सुसाईड नोट! फेरि सम्झेँ, मेरो सुसाईटमा जित त उसकै हुनेछ। त्यसपछी फेरि उसलाई पराजित गर्ने प्रयासमा म बाँच्ने कोसिस गरिरहेको छु।

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

......र एकदिन हिँड्दाहिँड्दै बूढो हुनेछ यो घाम ओईलिएर सुक्नेछ बहिरहेको यो बतास बग्दा बग्दै मर्नेछ यो पानी अनि च्यातिएर ह्वाङ्गै हुनेछ आकाशको त्यो छाना तर यो समय निरन्तर चलिरहनेछ सायद यसरी नै..... #शुभरात्री...

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

प्रायः बिबाहितहरु नि सन्तुष्ट छैनन् र अविबाहितहरु नि असन्तुष्ट नै देखिन्छन्। यहाँ आनन्द चाहिँ कसले उठाईरहेको होला त?🤔

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

उनिहरुका देशमा नि नेता हुन्छन् हाम्रा देशमा नि नेता हुन्छन्। उनिहरुका नेता, नेताले गर्ने सबै काम गर्छन्। हाम्रा नेता नेताले गर्नुपर्ने बाहेक सबै काम गर्छन्।

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

आज "रंग दल्नेसंग होईन, रंग बदल्नेसंग डर लाग्छ।" लेख्ने दिन। हाम्रो बेलामा "फागु पुर्ने" भन्थ्यौँ। यो सम्बन्धी उत्पातै सम्झनाहरु छन् उधिन्दै जाँदा। अहिलेलाई सौहार्दताको रंग लगाऔँ, कुन्ठा र आक्रोशको रंग नदलौँ। शुभकामना ।

Dilip Bantawa (@bantawa86) 's Twitter Profile Photo

यो जिन्दगी, लाग्छ अक्वारियममा सजाएर राखिएको माछो हो। मेरो छटपटी देखेर अक्वारियम बाहिरका मान्छेहरु आनन्द लिन्छन्, रमाउँछन् र खुसी प्राप्त गर्छन्।