नेपाली जनताका अनेकन अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन, त्यो समय आउँछ वा आउँदैन पनि भन्न सकिन्न तर हृदयभित्रको गहिरो चोट हरपल ताजा बनेर बसिरहेको छ । मौसूफ र परिवार प्रति हार्दिक श्रद्धाञ्जलि।
नेपालगञ्जवासी जनताको तर्फबाट बाँके जिल्लाको नेपालगञ्जस्थित वीरेन्द्रचोकमा स्वतः स्फुर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुर्याईएको घटनाबाट हामी स्तव्ध भएका छौं।
जुनसुकै विचार, दर्शन, अवलम्वन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुर्याउने महामानवको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको छ। त्यसैले, ईतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसूफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो,
त्यो अत्यन्त दुःखदायी हो। ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने मान्यता हाम्रो रहेको छ।
प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्। जनता र माटोको नाता अटुट हुन्छ । कोही कसैले अरूले उक्साएको भरमा क्षण भर पनि जनतालाई भ्रममा राख्न सक्दैन। सत्ताको उन्मादमा देश र जनता प्रति गरिने कुकर्म वा गद्दारीको जवाफ जनताले बेलाबेलामा दिने गर्दछ तर त्यो नबुझी मपाइँत्व राख्नु अहितकारी हुन्छ।
अरे यार , यस्तै त हो ज़िन्दगी । दुई दिनको घाम-छाया । अन्त्यमा हामी सबै बन्ने भनेको - कथा त हो । केही प्रियजनले सम्झन्छन , बाकी जगतले बिेर्सन्छ । अहिले पनि उनीहरुले ( अर्थात् बाकी जगतले ) सम्झेका कहा पो हुन र ! उनीहरुको आआफ्नै मनको सही / ग़लत प्रक्षेपणलाई नै ताली, गाली वा