संवैधानिक व्यवस्थामा विचलन आएको कारण राजसंस्थाले पाखा लाग्नु परेको हो । दलहरुले धोका दिएर राजा हटाएको ठान्ने राजावादी र राजा हटाएर ऐतिहासिक परिवर्तन गर्यौं भन्ने दलहरु एकै सिक्काका दुई पाटा मात्र हुन । यिनमा फरक छैन, दुवै सतही हुन ।
संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धमा हालै सम्मानित सर्वोच्च अदालतले गरेको फैसला हामीले ०६३/६३ मा पाएको लोकतन्त्र बमोजिम दुरुस्त भएको देखिन्छ। यसर्थ, उक्त फैसलालाई देखाएर गरिएको रोइकराइ ब्यर्थ छ ।
जन कमाण्डार दुर्गा प्रसाईको रिहाइमा स्वागत गर्न आन्दोलनका संयोजक नवराज सुवेदी लगायतका व्यक्तिहरु पुग्नुपर्ने होईन र ! कि उनीहरू पुगेको कुरा मैले मात्र थाहा नपाएको हो ।