बाबाजी(@baabajee) 's Twitter Profileg
बाबाजी

@baabajee

ताराबाजी लै लै ।
मामा आए घोडा ।
माइजु आइन् डोली ।
पापा ल्याइन् सोली ।
भुँईमान्छे ।
घुमन्ते ।
लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।

ID:70582944

linkhttp://www.baabajee.wordpress.com calendar_today01-09-2009 03:11:00

105,2K Tweets

45,4K Followers

549 Following

बाबाजी(@baabajee) 's Twitter Profile Photo

भाषा अध्ययन वीरेन्द्रनगर मात्र हैन देशभरका आधाभन्दा बढी पालिकाहरको कार्यक्रम हो ऐले! ७ चरणको योजना छनौटमा बस्तीस्तरबाट सबभन्दा बढी माग हुने कार्यक्रम नै विदेश जान 'भाषा अध्ययन' हो। पुर्वाधार विकास बाहेक शिप/क्षमता विकासको बजेट धेरै यस्तैमा जान्छ,जनताले मागेको बजेट नदिन पनि भएन!😃

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

प्रमुख प्रतिपक्षी दलले त कम्तिमा निर्वाचन अघिको बाँकी कार्यकाल, सत्तामोह त्यागेर सारा शक्ति सत्ताधारीका कुकृत्य, भ्रष्टाचार र काण्डहरुको पर्दाफास गरोस्, सरकारलाई प्रश्नको कठघरामा उभ्याओस्! तब पो लोकतन्त्र! १०,१५,२०,३२ सिटेसंग नारिएर सरकारको मात्र ध्याउन्न गरेपछि खोयाको लोकतन्त्र!

account_circle
अजातशत्रु(@mahatsujit) 's Twitter Profile Photo

प्रतिपक्षले सत्तालाई यति त देओस न, यहाँ त 'गिरिबन्धु काण्ड' मा सत्ताका रिङमास्टर नाङ्गैभुतुङ्गै बनिसक्ता प्रतिपक्ष चुइक्क गर्दैन् !!

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

एकाबिहानै कुटीको पछाडिवाला कौसीमा उपस्थित !😃😃

एकाबिहानै कुटीको पछाडिवाला कौसीमा उपस्थित !😃😃
account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

राजनीतितिर मरेपनि आँखो लाउँदिन भन्यो, आठै दिशा (उत्तर,दक्षिण,पुर्व,पश्चिम,ईशान,नैऋत्य, आग्नेय,वायव्य) मात्र हैन पञ्चभूत (जल,वायु, अग्नी,धर्ती,आकाश) र आठै प्रहर (पूर्वाह्न,मध्याह्न,अपराह्न,सन्ज्या,प्रदोष,निशीथ, त्रियामा र उषा), जतिबेला पनि दिमागको अल्गोरिदममा यै मात्र बस्छ हौ !

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

सरकारले ल्याउने नीति तथा कार्यक्रम: बिरालो बाँधेर सराद्दे गरेजस्तै काम !
बजेट त जनताको दैनिकीसंग प्रत्यक्ष जोडिने सवाल भो, जरुरी छ! राष्ट्रपति (हिजो राजाले गर्थे)लाई एकछिन बग्गीमा दौडाएर एक/डेढ घण्टा भाषण गराउँदा जनताको दैनिकी वा साँझबिहानमा के फरक पर्छ? सिधै बजेट ल्याए भो त !

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

'छावा'का छाला काड्नेलाई त एकाध महिना जेलको 'हावा' खाने मौका जुरेको थियो, 'हात्ती'को दाँतै उखेल्ने डाङ्ग्राहरुलाई चैं पाता फर्काएर 'लात्ती' कस्ले हान्ला? घिच्याउँदै जेल कोचेको हेर्न पाए क्या स्वाद आउँथ्यो होला नि है?

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

गिरिबन्धु चिया बगानको झण्डै साढे ३०० बिघा जमीन सट्टापट्टा गर्न दिने K P Sharma Oli सरकारको तत्कालीन निर्णयलाई सर्वोच्च अदालत ढुस् हान्दियो, खुसी छु ।
तर हदबन्दी छुट पाएको सरकारी जमीनको भोगाधिकार परिवर्तन गरी अनुचित दोहन गर्ने यत्रो काण्डका नाइकेबारे सबै मौन? हैट् !!!

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

तपाईंले यतिका बर्षदेखि टिभीबाट जे जे पन्चलाइन फलाकेर नेपालीलाई पढाइइइरनुभो त्यो स्पेस ट्विटरले खोस्दियो। 'सिमित जान्नेहरु'बाट सबै म्याङ्गोम्यानहरु जान्ने बन्न खोजे, जुन कुरा एलिट जान्नेहरुलाई मन पर्दैन!
मैदानको मेस्सीलाई प्याराफिटको दर्शकले पासदिन सिकाइरहन्छ, यो कुन नौलो कुरो हो?

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

मैले भन्नै पर्दैन, रास्वपाका धेरैजना केन्द्रीय नेताहरु चिनजानकै हुनुहुन्छ र उहाँहरु नै भन्नुहुन्छ: 'सत्ताका लागि सरकार एउटा खुड्किलो हो र यो उपयोगितावादको सिद्धान्त बमोजिम टेकिएको हो तर एजेण्डामा अरुतिरै पो ज्यादा झुकियो कि' भनेर!
सोसल मिडियाको सानोतिनो आलोचना त क्यै पनि हैन के!

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

सुमनाजी !
वेबसाइटमै भेटिने त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५०(संसोधित)को परिच्छेद ४ मा 'विश्वविद्यालयका कर्मचारीलाई कसले सरुवा गर्न सक्ने' प्रष्टै लेखेको छ । यसरी मन्त्रीले हस्तक्षेप गर्न खोज्नु कानुसम्मत कुरा हो? आगे जान्ने त तपाईं नै हो फेरि !

सुमनाजी ! वेबसाइटमै भेटिने त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५०(संसोधित)को परिच्छेद ४ मा 'विश्वविद्यालयका कर्मचारीलाई कसले सरुवा गर्न सक्ने' प्रष्टै लेखेको छ । यसरी मन्त्रीले हस्तक्षेप गर्न खोज्नु कानुसम्मत कुरा हो? आगे जान्ने त तपाईं नै हो फेरि !
account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

नपाउँदासम्म हो तपाईं र मपनि! हामीकहाँ अपराध र अपराधिकरण वा राजनीतिमा अपराधिकरण र अपराधको राजनीतिकरण भन्ने कुरा चामलमा घुन कि घुनमा चामल भनेझैं भाछ। पानीको श्रोत एउटै तर त्यसलाई शुद्धीकरण गरियाछैन भने त्यो पानी बोतल, गाग्री, जार या तबेली जेमा भरेपनि आकार मात्र फरक, शुद्धता उही हो!

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

यत्ति जाबो फ्याक्ट चेक न प्रमुख प्रतिपक्षी दलले गर्‍यो, न पुर्वगभर्नर (हाल राष्ट्रपतिका आर्थिक सल्लाहकार) ले गरे, न मिडियाले गरे! २०७८ मै सिक्कामा चुच्चे नक्सा आइसकेको कुरालाई मन्त्रिपरिषद्को नयाँ निर्णयका रुपमा केक्केनै गरियो झैं गरी ब्याख्या गरेर देश दुनियाँलाई उल्लु बनाइयो !

यत्ति जाबो फ्याक्ट चेक न प्रमुख प्रतिपक्षी दलले गर्‍यो, न पुर्वगभर्नर (हाल राष्ट्रपतिका आर्थिक सल्लाहकार) ले गरे, न मिडियाले गरे! २०७८ मै सिक्कामा चुच्चे नक्सा आइसकेको कुरालाई मन्त्रिपरिषद्को नयाँ निर्णयका रुपमा केक्केनै गरियो झैं गरी ब्याख्या गरेर देश दुनियाँलाई उल्लु बनाइयो !
account_circle
Bhojraj Poudél(@brp_del) 's Twitter Profile Photo

जेष्ठ १० गते बुद्ध जयन्ती (पूर्णिमा) को दिन बिहान तिलौराकोटदेखी मायादेवी मन्दिरसम्मको ३९ किलोमिटर लामो *𝐌𝐚𝐲𝐚𝐝𝐞𝐯𝐢 𝐓𝐫𝐚𝐢𝐥 𝐑𝐮𝐧 𝟐𝟎𝟐𝟒* मा सहभागी हुन यहाँहरु सबैमा हार्दिक निमन्त्रणा। सहभागी हुनका लागि तलको लिंकमार्फत Register गर्नुहोस।

snailtrailseries.com/events/mayadev…

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

खुसी हुनुस् कि अभौतिक रुपमा आफ्ना कुरा राख्न पाइयाछ, लडे पनि भर्चुअल लडाँई छ।
२०४७/०४८ तिर कांग्रेस-कम्निस्ट लड्दा बिहे रोकिन्थे, पुजाआजा रोकिन्थे, मेलापात, नातापाता, काजक्रिया रोकिन्थे ! ऐले यता कुतर्क नै सही, कम्तिमा बहस त हुन्छ ! कसैलाई बदनाम नगरुन्जेलको बहस त राम्रै हो नि !

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

हिरामण्डी हेरेर सकें, मलाई त बब्बाल लाग्यो ! त्यसमा पनि Manisha Koirala को एक्टिङ र अवतार सबभन्दा बब्बाल ! मनिषाजीले राजनीतिक टिप्पणी, त्यसमा पनि तसइ न तुइको नेपाली राजतन्त्रको पैरवी छोडेर आफूलाई एक्टिङमै फोकस गरे हामी दर्शकलाई कति खुसी लाग्दो हो!
समग्रमा हिरामण्डी मेरो लागि १० मा ९!

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

सुर्खेतको पहिचान भनेर चिनिने बुलबुले ताल पछिल्ला बर्षहरुमा बिजोग अवस्थामा थियो, सुर्खेत पहिलोपटक पुग्नेहरु बुलबुले गएर निराश भएर फर्किन्थे ! अब भने बुलबुले बिस्तारै बन्दैछ है !
भिडियो: सामाजिक सञ्जालबाट

account_circle
ICC Asia Cricket(@ICCAsiaCricket) 's Twitter Profile Photo

Let's take a look at the shot played by a 5-year- kid from the Himalayan country, Parbat, Nepal.

~ His aspiration: 'I aim to become a cricketer and represent Nepal on the global cricket stage.'
~ Share your assessment and thoughts on this young talent.

account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

प्रयोग गरिरहेको रे? खेलाइरहेको छ त्यो पनि रास्वपाकै उपसभापतिको भाषामा 'क्या स्वाद आउनेगरी !' 😃🤪

account_circle