आहाट (@aahaat42) 's Twitter Profile
आहाट

@aahaat42

भाग्यमा लेखेको भन्दा धेरै र समय भन्दा अगावै कुनै पनि कुरा प्राप्त गर्न सकिँदैन । कर्म गरौं ।

ID: 1434010335220957190

calendar_today04-09-2021 04:32:12

4,4K Tweet

2,2K Takipçi

179 Takip Edilen

आहाट (@aahaat42) 's Twitter Profile Photo

भाग्यले म माथि अन्याय गर्यो कि मैले मेहेनत गर्न सकिन कुनै पनि खुशीहरु मेरो समीप्यमा नआउँदै बिलाउछन् । #शुभबिहानी 🙏🙏

आहाट (@aahaat42) 's Twitter Profile Photo

बालापनमा आमाबुबाको माया र आशीर्वाद, जवानीमा प्रेमको खोजीमा भुलिएको याद। वयस्क हुँदा जिन्दगीले सिकायो जीवनको संवाद,  र बुढेसकालमा कतै स्नेह त  कतै तिरस्कारको आघात  यसरी नै चल्नेछ जिन्दगी....!!

आहाट (@aahaat42) 's Twitter Profile Photo

आगोमा पाउ, दिलमा घाउ राखेर मुस्कुराउने मुहार धेरै छन् यहाँ ...!!

आहाट (@aahaat42) 's Twitter Profile Photo

समय हुँदा बेवास्ता गरिएको कुनै पनि कुराहरु जब समय सकिन्छ त्यही कुरामा पुन पहिले जस्तो दिलचस्बि हुँदैन ।।

आहाट (@aahaat42) 's Twitter Profile Photo

माया अथाह गर्नुस् तर आफैलाई बिर्सेर होइन ।। #शुभ_प्रभात🙏🙏

आहाट (@aahaat42) 's Twitter Profile Photo

यो थेसिसले नि लास्टै झुलाउने रैछ यार आफ्नो त टोपी उडाउने मिसन चौरासी पुग्ला जस्तो छ । 🙉🙉

आहाट (@aahaat42) 's Twitter Profile Photo

माया कंचन पानी जस्तै हो ! तिम्रो दृष्टिकोणले जस्तो रङ मिसाउन खोज्छ त्यही देख्नेछौ ।। #शुभबिहानी #शुभदिन

आहाट (@aahaat42) 's Twitter Profile Photo

बाछिटाका छिटाहरुले धमिलीरहँदा, पनि हिरा जस्तै निखारिने रहर त्यो  बलेनीलाई थिएन होला र ....।। #शुभबिहानी

आहाट (@aahaat42) 's Twitter Profile Photo

समयलाई पर्खन सक्नु ठुलो धैर्यता हो ! फलकमा देखिने तारा र जुनलाई पनि त आफ्नो चमक दिन रात नै कुर्नुपर्छ । #शुभ_प्रभात_वंदन 🙏🙏

आहाट (@aahaat42) 's Twitter Profile Photo

बिग्रेको सम्बन्धलाई पैसाले किनेर जोगाउन खोज्छन् मान्छेहरु .. के भावनाको पनि कुनै मूल्य हुन्छ र .....!!

आहाट (@aahaat42) 's Twitter Profile Photo

बिरानो नै भएछु नि म त कसैको मानसपटलमा थिए कि नाइ ??

आहाट (@aahaat42) 's Twitter Profile Photo

यहाँ मुखले व्यक्त गरेको कुरा त बुझ्दैनन् मान्छेले कोही फेरि तिम्रो मौनता हेरेर म तिमीलाई बुझ्छु रे उफ् ..... #शुभ_प्रभात_वंदन 🙏

आहाट (@aahaat42) 's Twitter Profile Photo

घरमा स्वास्नी हुँदा नि के विधि मस्किने हुन् यि अर्काको पोइहरु😉

आहाट (@aahaat42) 's Twitter Profile Photo

भरखर भरखर लब पर्न लाएको थियो अब एक हप्तामा घोप्टेले मेरो मनको कुरा बुझ्ला त नम्बर त माग्ने आटै आएन 🤭😉

आहाट (@aahaat42) 's Twitter Profile Photo

अधुरो प्रेमलाई मानसपटलमा सधै अमर बनाई परेलीलाई प्याला बनाएर याद पिउनुको मज्जा सायद प्रेम प्राप्तिमा हँदैन होला महोदय,

आहाट (@aahaat42) 's Twitter Profile Photo

सोचेर जिउनु भन्दा जे आउँछ त्यसमै पाइला सार्नुमा जिन्दगीको आनन्द देख्छु म !

आहाट (@aahaat42) 's Twitter Profile Photo

एउटै परिस्थितिको गोरेटोमा भेटिएका फरक यात्रीहरुले पनि गन्तव्य सम्म पुग्न एउटै सहयात्रा तय गर्न सक्छन् फरक विचारधाराले कहिलेकाहीँ जिन्दगीको यात्रा छोटो गराइदिन्छ ।

आहाट (@aahaat42) 's Twitter Profile Photo

साला जिन्दगीले पनि तोरीको फूल देखाइरहेकाे छ । उफ् 🤦‍♀️🤦‍♀️