Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profileg
Vishnu Dhakal

@VishnuDhakal11

यसाे लेख्न मन लाग्छ,संझन्छु अतीत,जुन बिचारले राम्रो मानिस बन्न सिकाउने प्रयास गर्याे!त्यसैमा दुलाे पार्नेहरू देख्दा,साेच्छु मानिस स्खलित भएको के काे लागि हाेला?

ID:1125255579281133568

calendar_today06-05-2019 04:26:51

29,1K تغريدات

12,0K متابعون

13,2K التالية

Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

एउटाको जरो नउखेली अर्कोलाई औषधी हुदैन यो सार्वभौम सत्य हो!कसैलाई कुन जडीबुटीले काम गर्छ कसैलाई कुनले,प्रकृतिमा यो सहज 'इको' सिस्टम हो तर राजनीतिमा वनमारा मौलाउन दिने र कुरिलो मास्ने गरिन्छ!मुलुकलाई आफ्नो खेती गर्ने थलो बनाउनेले विनाश त हो निम्त्याउने गोडमेल गर्ने अरू नै भएपछि!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

... ... को संयोजकत्वमा संसदीय छानबीन समिति वाह कति ओज पुर्ण!हात्तीको त बरू देखाउने भए पनि दुइटा असली दाह्रा हुन्छन्!यहाँ त मान्छेको मुखमा मकैको खोया टासिएछ अझै लाज पचाएर उपलब्धि भएको व्याख्या गर्दैछन् धिक्कार छ!पर्दा पछाडि महान् सहमति,सहकारी पिडितलाई खोयाको बिर्को हाम्रो नियति!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

गणतन्त्रको स्थापना समय अनुसार समाज विकासको परिणाम हो!सो अनुरूप सत्ता संयन्त्र चल्न नसक्नु शासकको कमजोरी हो!गणतन्त्र प्रति झिनोअसहमति हुनु ठुलो कुरा होइन यसको निदान सुशासन स्थायीत्व र सहिष्णुताले गर्नु पर्ने हो!यहाँ त गणतन्त्रका हिमायतीहरू नै गणतन्त्र विरोधी गतिविधि गर्छन् अनि...!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

सत्य तथ्य उजागर गर्नु राम्रो हो तर अरू सबै काम छाडेर अमुक व्यक्तिको मात्र खोइरो खन्दा फेरि खतरा त्यस्तै प्रवृत्तिको अर्को साम्राज्य खडा हुन्छ कि भन्नेपनि हेक्का राख्नुपर्छ!यो सेन्टिमेन्टलाई समातेर आफ्नो अस्तित्व स्थापितगर्ने गरेको इतिहास लामो छ!तीव्र विरोध तीव्र समर्थन तिर नजाओस!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

रहमा ढुङ्गा हानेर माछा त मर्दैन तर तरंग भने ल्याउछ ल्याएको छ धेरै दमीत विचार तथ्य प्रमाण एकत्रित हुदै भ्रष्टाचार तस्करी किर्ते जालझेल उजागर हुनु पनि उपलब्धि हो हाम्रो जस्तो मुलुकमा!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

यो सञ्जालमा व्यक्तिगत चिनजान त विरलै सँग छ तर पनि कहिलेकहीँ विद्वान् मित्रहरूको अभिव्यक्तिको आधारमा केही सुझाव दिन मन लाग्छ दिन्छु पनि!स्वयम् सँग तअन्तर्विरोध द्विविधा रहन्छ भनेअरूको सबै विचारमा एक्यवद्धता कसरी हुनसक्छ!मुलकुरा घटनाक्रमलाई बुझ्ने,हेर्ने दृष्टिकोणमा नियत बुझ्ने हो!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

हिजो राजतन्त्र राणा शासन हुँदा उनीहरूले बोलेको कुरा कानुन हुन्थ्यो प्रताडना पुरानो पुस्ता सँगै बिर्सदै गइयो!अहिले यदाकदा कुरा उठ्छ जंग बहादुर चाहियो भनेर तात्पर्य ठोस र,तर,अनि,तापनि जस्ता शब्द रहित कानुन नियममा विवेकिय अधिकार नहोस भन्ने हो!यही सञ्जालमा एकाउन्ट खुल्दैन विवरण नदिए!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

हास्यव्यङ्ग्य विधाका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्यले समाज सापेक्ष सन्तुलित अभिव्यक्ति दिएर सफलताको शिखरमा पुगे!यत्रो कालखण्डमा खासै विवादमा नपरेका उहाँहरू एकाएक कैलाश सिरोहिया पक्राउ प्रकरणमा विवादास्पद अभिव्यक्ति किन दिए आम सर्वसाधारणले चिन्ता गर्नु स्वाभाविक हो!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

अर्थ त समयले लगाउला थुन्ने थुनिने को सँग मेल खायो!कथा उही स्यालले बिहेगर्न स्यालनी फकाउदा १०० बुध्दि त म पुच्छरमा झुण्ड्याएर हिड्छु भनेर बिहे गर्‍यो!जङ्गलमा हिड्दा सामुन्ने बाघ भेटिएपछि बुध्दि निकालन बुढा भन्दा बाघ देख्नासाथ भित्रपस्यो भने जस्तै नहोस् यहीँ शुभकामना दुबैपक्ष लाई!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

चर्चा कैलाश सिरोहिया पक्राउ प्रकरणकै छ पत्रकार त आफ्नै भए भएभरको सीप कला वाकक्षमताले तरफदारी गर्नु कर्तव्य नै होला!यहाँ त अधिकांश विद्वान् वकिल कलाकार देखि नाम चलेका नेता राजनीतिज्ञले खुलेर उनको प्रतिरक्षा गर्दैछन् यो विषय गम्भीर छ!उनी माथि भोली यो भन्दा ठुलो मुद्दा लागे के होला!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

आज बुद्धजयन्ती वैशाख पुर्णीमा शुभकामना सबैमा!त्याग सहिष्णुता ज्ञानका स्रोत हुन् यसको अनुसरण गर्नु साचो अर्थमा बुद्ध भगवान् प्रतिको आस्था भक्ति हो!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

घटनाक्रम हेर्दा कहिलेकहीँ चर्न गएका गाईवस्तु लोभिएर कसैकोअलिक हरियो खेतबारी तिर लम्केपछि मालिकले सुम्ठ्याएर ठाउँमा ल्याउने जस्तै देखिन्छ!अब विस्तारै हन्टर चल्छअनि मुख खोल्दै जान्छन् ठुला माछा समात्नु हुदैन भनेर!प्रसङ्ग वर्तमान चियाको कपमा तुफान बनेको कैलाश सिरोहिया पक्राउ प्रकरण!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

कैलाश सिरोहिया पक्राउ परेपछि ठुलै हलचल देखियो यतापनि!यो मुद्दा सामान्य मानिएन उनले संरक्षण गरेका,कभरेज दिएका मानिसहरू'बुढी मरिन भन्दापनि काल पल्क्यो'भन्ने अर्थमा बुझेको प्रष्ट देखिन्छ!आफ्नो हैसियत बिर्सिएर एउटा सञ्चार उद्यमीलाई यसरी देवत्त्वकरण गर्नुअदृश्य शक्तिको छाँया नभए के त!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

कैलाश सिरोहिया पक्राउ प्रकरणले दुब्लाउदै गएको कान्तिपुर 'छोरो पोलीएर मोटायो'भन्ने कथन जस्तै हुन्छ हेर्दैजाउ!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

हाम्रो अपेक्षा सार्वजनिक पद धारण गरेका कोही न कोही त इमानदार स्वाभिमानी राष्ट्रवादी भइदिए हुन्थ्यो भन्ने हुन्छ!फेरि यस्तो प्रयास गर्ने नभएका पनि होइनन्आउछन्अभिव्यक्ति दिन्छन् कि त भित्री साठगाँठ गरेर सत्ताको पुरानै चरित्र ग्रहण गर्छन् कि त विस्तारैओझेल पर्दै गुमनाम हुन्छन् नियति!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

जनावरहरू आफ्नै जातका सँग लड्छन्/जुध्छन् अस्तित्वको लागि प्रतिस्पर्धा गर्छन् प्राकृतिक नियम हो!यहाँ त मानव जातीको जुधाइ भने नाटकीय देखिन्छ सल्लाह गरेर देखाउनको लागि जुधेको!परिणाम आउछ टोपी साटासाट मात्र फेरि भूमिका परिवर्तनको उहीँ निरन्तरता पात्र फेरिने!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

एउटै रूखका हाँगा कलमी गरेरअरू ठाउँमा सार्दैमा गुण परिवर्तन हुदैन!फरक जातको वोट विरूवाभए अस्तित्व रहन सक्छ!हिजो संसद्मा र लगत्तै फेरि पत्रकार सम्मेलन गरेर खेलिएको जुहारीमा भिन्नता देखिदैन!बरू मेयर वालेनले गौशालामाअतिक्रमण विरूद्ध चलाएको डोजरआटिलो देखिन्छ उद्देश्यभने हेर्न बाँकी छ!

account_circle
Vishnu Dhakal(@VishnuDhakal11) 's Twitter Profile Photo

०४६साल अघिसम्म आम जनतामा हाम्रो दुःख दुर्दशाको कारण राज्यसत्ता हो भन्ने सोच चिन्तन प्रवल थियो ठुला आन्दोलनहरू भए परिवर्तनपनि आयो!समग्र राज्यको शासकीय स्वारूपले हाम्रो जीवनमा सुख सम्वृद्धी ल्याउछ भन्नेअलिक सामुहिक सोचअहिले हाम्रो बैंक वित्तियसंस्थाको ऋण कसले मिनाहा गर्देला तिरगयो!

account_circle