Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile
Saran Rayamajhi

@saranrayamajhi

Knowledge is my power,
Honesty is my character.
Bhairahawa🇳🇵
From Palpa🇳🇵

ID: 1242904152176381952

calendar_today25-03-2020 20:00:44

895 Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

जोसङ्ग सजिलै रहन खोजिन्छ नि, हो त्यसैले सस्तो भएको अनुभुति गराउछ। #saranrayamajhi

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

तिमी "तिमी" हौ, तिमीले हेर्ने र भोग्ने कथा बेग्लै छ। म "म" हो, मैले हेर्ने र भोग्ने कथा बेग्लै छ। हाम्रो विगत कहिले एउटै थिएन, वर्तमान फरक छ र भविष्य अलग हुनेछ, त्यसैले निकै फरक छ तिमीले देखीरहेको "म" र मैले भोगिरहेको "म" मा ।❤️

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

नव वर्ष २०७८ को सम्पुर्ण देश तथा विदेशमा रहनुहुने नेपाली आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगती र दिर्घायुको हार्दिक मङ्लमय शुभकामना व्यक्त गर्न चाहन्छु।🙏 #saranrayamajhi

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

के विद्यालय चाहिँ कोरोना उत्पादन गर्ने कारखाना हो र बन्द गर्नुपर्ने? यो मन्त्री परिषदको निर्णयको आशय केबल विद्यालय शिक्षालाई तहस नहस पार्ने बाहेक केही हुन सक्दैन।शैक्षिक सत्र समापन र परीक्षाको मुखमा आइपुगेर यस्तो निर्णय गर्नु कोरोना रोकथाम भन्दा पनि,शिक्षालाई धराशाही पार्नु हो।

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

एक्लोपनाको भुमरीमा रुमलिएपछि मनको तलाउमा थुप्रै प्रश्नहरु डुबुल्की मारिरहेका थिए।जसको उत्तर त्यही प्रश्नको प्रतिप्रश्नले दिलायो र त्यो उत्तररुपी प्रश्न थियो,"पहिले तिम्रो साथमा को थियो?कोही थिएन त अहिले किन एक्लिए भनेर आफैसङ्ग गुनासो गर्दै छौ?"तिमी एक्लै थियौ र एक्लै नै छौ।

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

एक्लो थिए थाहा थियो, तर यति एक्लो हुन्छु भनेर सोचेको थिएन।

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

बोल्न र बोलाउन त मन लाग्छ नि। तर तिमी बोल्दैनौ। मौनताले भन्दा बेवास्ताले बढी पोल्छ।

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

यदि समुहगत वा पार्टीगत स्वार्थ नभई साच्चै नै पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्ध सरकारलाई दबाब चाहेको हो भने अन्य तरिका वा माध्यम अपनाउने गर्नोस्।यसरी नेपाल बन्द गर्ने,अनावश्यक आन्दोलन गर्ने जस्ता कार्य गरेर जनतालाई सास्ती दिनु कुनै दृष्टिबाट कदापी ठीक होइन।

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

कोरोनाको कारणबाट बिथोलिएको शैक्षिक क्षेत्र भर्खर सुचारु हुदैछ कृपया यसलाई थप तहसनहस पार्ने काम नगर्नोस।🙏 #नागरिकविचार

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

जबसम्म म आफूले ती नेताहरुको बहिष्कार गरेर राम्रो कार्य गर्नेहरुलाई समर्थन र प्रोत्साहन गर्छु भन्ने दृढ अठोट लिइदैन र अरुले गरेको छ के रे,मैले गरेर के गलत भो?भन्ने मानसिकता हट्दैन तबसम्म अहिलेसम्म जे जे समस्या देख्दै र भोग्दै आएका छौ इतिहास यसरी नै दोहोरिदै जानेमा दोमत छैन।

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

नेपालका नेताहरुलाई राम्रोसंग थाहा छ कि नेपाली जनता के चाहन्छन् भनेर।नेपाली जनता पहिले अशिक्षित हुँदा पनि एक थाल मासु र भातमा बिक्थे र आज पनि बिक्छन।यदि यसरी गरिएको अधिवेशनहरु र तिनै लाज नभएका नेताहरु उम्मेदवार रहेको निर्वाचन बहिष्कार गर्न सक्ने क्षमता जनताले राख्ने हो र

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

मिडियाले पनि यस्ता कुरालाई धेरै प्राथमिकता नदिने हो भने नेताहरु पनि देशको हितमा काम गर्न बाध्य हुने थिए।यो कुरा यसरी सामाजिक सञ्जालमा लेख्दैमा र हामी एक दुईजनाले मात्र त्यस्ता कार्यक्रमको बहिष्कार र विरोध गर्दैमा यो क्रम रोकिदैन भन्ने कुरामा पूर्ण विश्वस्त नै छु।

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

यी कुराहरु छलफल र बहसको लागि मात्र राम्रो सुनिन्छ व्यवहारिक जीवनमा लागू भएको बिरलै मात्र सुन्न र देख्न पाउछौ।त्यसैले यो संस्कृति कै रुपमा चलिरहेको छ।जबसम्म हामी शब्दमा मात्र नभइ यथार्थमा नै परिवर्तनको चाहना राख्दैनौ तबसम्म यो यसरी नै निरन्तर चलिरहन्छ। #नागरिकविचार #व्यक्तिगतधारणा

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

धार्मिक आस्थाप्रति विश्वास राख्ने मान्छे म हिजो बाइकमा पाल्पाबाट बुटवल आउने क्रममा सिद्धबाबाको मन्दिर देख्नासाथ शिर निहुर्‍याएर आँखा बन्द गरेर दर्शन गरे। के नयाँ भयो त?अथवा त्यसपछि के भयो होला? भनेर सोच्दै हुनुहुन्छ? अहिले मैले यो Tweet हस्पिटलबाट लेख्दै छु।🤣

Saran Rayamajhi (@saranrayamajhi) 's Twitter Profile Photo

मेरो हासो तिमीलाई दिउला, पर्ने छैन रुनु। जति खुसी दिन सक्छु, त्यसमै खुसी हुनु। #है_मेरी_आमा ❤️