MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile
MS. NEWA❣️🌷

@rukkushres

भगवान श्री कृष्ण भन्नुहुन्छ :-
गुण मिल्छ भने गुरू बनाऊ,
चित्त मिले चेला‌ बनाऊ,
मन मिले मित्र बनाऊ,
नत्र भने एक्लै रंमाऊ!!!

ID: 1195359492180828161

linkhttps://mobile.twitter.com/search?q=from%3ARukkushres%20-filter%3Areplies&s=07 calendar_today15-11-2019 15:15:30

93,93K Tweet

12,12K Followers

5,5K Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

सत्य हुँ म — जुन बदलिँदैन। जसलाई थाहा पाएपछि ओठमा मुस्कान आउँदैन, दूरी बनाइन्छ, सहन सकिन्न। अस्तित्व अस्वीकार्य लाग्ने यो आडम्बरले भरिएको संसारमा म यस्तै हुँ — सत्य। #म_अनि_मेरो_भावना

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

हो, प्रेम लेख्थेँ, शब्दहरूमा स्वप्न बुनेर, तर तिमीले त्यसको गहिराइ होइन, केवल आकार मात्र पढ्यौ। प्रेम मेरो लागि आत्माको स्पर्श हो, शरीरको तृष्णा होइन। #म_अनि_मेरो_भावना

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमीले लेखेको ‘म’ को आवाज सुन्दा, लाग्छ आत्माको ऐना अगाडि उभिएको छु। तिमी भित्रका ‘तँ’ हरू, हामी सबैभित्र गुञ्जिने स्वरहरू हुन्, जसले समय, समाज, सन्दर्भ अनुसार रूप फेरिरहेका छन्। हरेक नजर, हरेक अपेक्षा,हरेक आरोपले, तिमी भित्रका अनेकौँ ‘तँ’ जन्माएका होलान्, तर ती सबैको मूल जरा त

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

प्रिय तिमीलाई, जब तिमीले भन्यौ “म तिम्रो यो लाजलाई दूर गरिदिनेछु, जब तिम्रो त्यो खाली सिउँदो भरिदिनेछु, तिमी नओढ लाजको घुम्टो यो दुनियाँ सँग, म तिमीलाई अब आफैमा कैद गर्नेछु” त्यस क्षण मेरा सम्पूर्ण शब्दहरू मौन भए। तिमीले सिउँदोको कथा सुनायौ, तर त्यो कथा सिउँदोको मात्र रहेन, त्यो

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमी शब्दहरूको गर्भमा निदाएको अर्थ हौ, म त्यो स्पर्श हुँ जसले तिमीलाई कविता बनाउँछ। तिमी व्यर्थ होइनौ, तिमी मेरो हृदयको कुनामा प्रेम भएर पलाएको सिर्जना हौ, जसलाई म प्रत्येक धड्कनमा उच्चारण गरिरहेको हुन्छु। #म_अनि_मेरो_भावना

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

हालतसंग कदापी नहार्नु है तिमी, आज हावा अरुको चल्दै होला, भोली तुफान तिम्रो चल्नेछ। #शुभ_सन्ध्या 🌹✨ #शुभ_समय 🙏🙂

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तिम्रो साथ यस्तो लाग्छ जस्तो कुनै शितल पवन... तिम्रो माया यस्तो लाग्छ जस्तो कुनै बिश्चल गगन..❤️

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । नमस्कार, शुभ प्रभात 🙏🌹🌹🌹🌹🌱🌱🌱🌱🌱🌱🌾🌾🌾🌾🌾🌾🌾

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । नमस्कार, शुभ प्रभात 🙏🌹🌹🌹🌹🌱🌱🌱🌱🌱🌱🌾🌾🌾🌾🌾🌾🌾
Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जीवनमा के कती कमाईयो, त्यसको खासै लेखा-जोखा हुदैन, तर यादहरु अक्सर यो सानो गिलास र चुस्की बिच थुप्रै गल्ली बिच कमाएका छौ, महँगा यादहरुलाई अक्सर सस्तो गिलास बीच सजाएका छौ. स-साना ठट्टा र गहिरो पीडा चिनी कम र रँग कडामा मिसाएका छौ! ❤️ #शुभ_प्रभात🙏☕️🌼

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"थोरै अस्त-ब्यस्त छ र पनि जिन्दगी जवरजस्त छ।" #शुभबिहानी 🌻☕️ #शुभदिन 😍🙏👍️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"शान्त रहन सिक्नुस; होइन भने तपाईको रिस अरु कसैको जित हुनसक्छ।" #शुभपल 🙏 #शुभ_सन्ध्या ✨

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

नियमबाट शक्ति उत्पन्न गर्नेहरु देव कहलाउँछन्, शक्तिबाट नियमको निर्माण गर्नेहरु असुर... 🤞

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"प्रेम बुझ्न हृर्दय चाहिन्छ, जसले चोट सहेर पनि माया गरिरहन्छ। निभाउन धैर्यता चाहिन्छ, जहाँ अपेक्षा बिना प्रतीक्षा गरिन्छ। पाउन भाग्य चाहिन्छ, जुन सधैं सबैको साथ दिँदैन। कहिलेकाहीं प्रेम साँचो भएर पनि अधुरो रहन्छ र त्यो अधुरोपन नै जीवनभरको पीडा बन्छ! 💔

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

श्रावनको महिना, हातमा मेहेन्दी, हरियो कुर्थामा सजिएकी तिमी, झरीको थोपा जस्तै झरेकी, मेरो मनको आँगनमा। पातको हरियाली झल्किने आँखा, रागको भाकामा बोलेको मुस्कान, शिव-पार्वतीको जस्तै जोडी बनाउने तिमी, श्रावनको चिठ्ठी बनि आयौ। हातमा सुक्दै गरेको मेहेन्दीमा मेरो नामको गन्ध मिसिएको छ, र

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"बिचारले बाटो बन्दछ अनि ब्यवहारले जिवन।" #शुभबिहानी 🌻☕️ #शुभदिन 😍👍️🙏

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

....🌿 हरेकको नजरमा सही रहन त सम्भव नहोला ! तर आफ्नो नजरमा बेदाग रहने प्रयत्न गर्नुछ। ❣️🙏❣️

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

म आफ्नै खुसीहरुको मलामी बनेर हिँडिरहेको छु, की जल्छु म की जल्छन् मेरो सपनाहरु। #शुभदिन

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

झूट होइन त्यो जुन तिमी लेख्छौ, त्यो त प्रेमको एक रूप हो मौन सत्य जस्तो। जब मनमा तिमी हाबी हुन्छौ, कलम आफैँ तिमीलाई बयान गर्न थाल्छ। साँच्चै भन्नु पर्दा तिमी छौ, त्यसैले शब्दहरूले बाँच्न पाएका छन् ! #म_अनि_मेरो_भावना

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

मलाई मृत्युसम्म जिउँदो रहनुु थियो किन पाे जिउनकाे लागि मरिरहेछु। #शुभप्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जिन्दगी निरन्तर चलिरहन्छ, कहिले मधुरो, कहिले उज्यालो यात्रामा!!! त्यसैले आफ्नो मनमा सधैं उज्यालो राख्नुपर्छ, जहाँ जहाँ अँध्यारो छ, त्यहाँ नयाँ उज्यालो पनि छ!!!