यायावर (@onepoeticlife) 's Twitter Profile
यायावर

@onepoeticlife

Humorको खोलले बैराग्य ढाकेको virtual फकीर बन्धनमुक्त sensitive, respectful, liberated from formalities जहां बीचार र समयले लैजान्छNo greeds®rets! कवि होइन🇳🇵

ID: 1406097408

linkhttp://bkarki.com calendar_today05-05-2013 21:17:44

33,33K Tweet

4,4K Followers

2,2K Following

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

मौसम ले बन्दि बनाएको बेला "उनको स्वेटर" हेरियो। राम्रो बनेको रहेछ। फील्म भरि सुनीलको सृजनशीलताको प्रस्ट छाप रहेछ। नोस्टाल्जीक भएर हेरीयो। विपिन ले चै अझ राम्रो गर्न सक्थे।

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

एक बिसौनी थकाइ अनजान गन्तब्य लामो बाटो, केहि यात्री मन भरि ब्यथा अलिखित कथा, मौन अस्तित्व पुरानो यादमा, नयां बतास म यो बाटो, माटो याद, ब्यथा यात्रा, अस्तित्व बाट र अझ म आफै बाट स्वतन्त्र हुन खोज्छु सक्दिन! म हुं, म हैन, को हुं? म छु, म छैन, कहां छु? कहा जान चाहन्छु? थाहा छैन!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

गीता १८औ अघ्यायमा कृष्ण भन्छन सर्व धर्मान् परित्यज्य.. अर्थात सबै धर्म त्याग र मेरो शरणमा आउ उनी किन धर्म त्याग्न प्रेरित गर्दैछन? किन कि उनी धर्म होइन जीवनका प्रतिक हुन उनको आशय हो "जीवनको शरणमा आउ" धर्म संगै आग्रह र अहंकार पनि आउछ त्यो त्यागेर जीवन बाच्न प्रेरित गर्छ गीता!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

साढे तीन बजेबाट नेराल–इङ्ल्यान्डको म्याच, र साँझ सुपरबल। कहिलेकाहीँ त जीवनले साँच्चै गजबको ट्रीट दिन्छ। गुडलक नेपाल!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

आणविक प्लान्टमा फीजन गरेर करोडौं उधोग र बस्तिहरूलाई पुग्ने विध्धुत नीकालिन्छ सुर्यमा फ्युजन हुन्छ र अपार जीवनदायी उर्जा नीस्कन्छ तर जब राजनितिमा फीजन गरिन्छ समाजको शक्ति खण्डित हुन्छ र जब राजनितीमा फ्युजन हुन्छ जगतमा कन्फ्युजन हुन्छ हाल जगतभरको राजनितिमा फीजन र फ्युजन गरिदैछ!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

प्रेमले आफैलाइ त बिर्सीन्छ तिथिमिति के सम्झोस दिन कुरेर घटित हुने के प्रेम सुर्य ग्रहण हो र? जतिबेला क्यालेण्डर बनेकै थिएन प्रेमिल मनहरू त्यतिबेलै कस्थे आलिंगनमा प्रेयसीहरूलाई लूप्त भएको प्रजातिको बाकि अन्तिम एक जोडिलाई चीडियाखानामा राखीन्छ फेब्रुअरि चौध त्यसैको प्रतिक हो की?

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

सुनें कि समय बदलियो सोचें के बदलिएछ? चराहरू उडेकै छन समुद्र लहरिएकै, बादल बर्सिएकै छ रुख बढेकै छन बालबच्चा जन्मेकै छन विचार गरें भन्नेले किन भन्यो? कि समय बदलियो र थाहा पाएं उ आजकल न आफन्त चीन्छ न अरुको वास्ता गर्छ आफु भीत्रै एकोहोरिएको एक्लिएको छ समय हैन उ आफै बदलिएको रहेछ!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

अतितमा बांधिएको शृजनशीलता नभएको लकिरको फकिर पिताम्बरमा सजीएर भन्छ हिजो सुनौलो थियो म सोच्छु हिजो के थियो? साधारण रोग असाध्य थीयो वादलसंग तर्सेर इन्द्रको पुजा हुन्थ्यो आधा शीशु नजन्मदै मर्थे आज मान्छे जीवनको आफै मालिक छ भविष्य अझ उज्वल छ उ जगतलाई अतीत तर्फ किन घीसार्न चाहन्छ?

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

जगत दुइ भागमा विभाजित छ पहिलो त्यो जहा उनी छन, उज्यालो छ खुशीयाली, रोमान्च सबथोक छ र अर्को त्यो जहां उनि छैनन त्याहा केहि छैन मलाइ थाहा छैन म कहां छु घरि उनि हुन्छिन म संग घरि हुन्नन अंध्यारो कतै नहोओस जगतमा जगतभर उनी होउन उनी नै जगत होउन उनी जहा हुन्छिन जगतमा म त्यहीं होउ!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

फेरि रात्तीयो आकाश मीसाइलको आगोले फेरी राता भए आमाबाबुका आँखाहरू! मान्छेको हातमा कलम मनमा शान्तिको गीत हुनुपर्ने बन्दुक समायो आफ्नै प्रतिविम्बमा नीशाना लगायो कहिलेसम्म शान्तिको नाममा खेलिने हो रगतको होली? बारुदका बादल हटुन कुनै शीशुले काख गुमाउन नपरोस युद्ध हारोस मायाले जीतोस!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

फरक छ यो वर्षको होली पीचकारीको ठाउँ मिसाइलले लिएको छ, पानीको साटो रगत बगेको छ अबिरको ठाउँमा वातावरण ध्वंसको धुवाँले भरिएको छ। होलीका दहनमा शहरहरू जलिरहेका छन् दुबईदेखि तेहरानसम्म। यत्ति फरक छ यो वर्षको होली।

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

कुनै कुनै समय झांक्रीको पनि बलवान हुदो रहेछ समय आउन पर्दो रहेछ! यो फु... त्यो पनि फु... यो पार्टी फु... त्यो पार्टी फु... फलानो फु... तीलानो पनि फु... फुकेर मन्तर फाले जति सारा एकै ठाउमा, एकै दिन, एकै बेथाले उठन नसक्नेगरी पुक्लु पुक्लु ढले समय आउन पर्दो रहेछ बलवान हुदो रहेछ!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

समयबाट बढारिएका थिए कोहि, डुक्रीन्थे उनीहरू बिना जगत चल्दैन। समयको हुरिमा हुत्तिएर आइ पुगेका छन कोही छाति पीटदै, डुक्रिदै। जो कोहि होउन समयले सबको हिसाब राख्छ। सबको जानु निश्चित छ तर जानेबेला समयले फुलमा राखेर विदाइ गर्छ कि गलहत्याएर पठाउछ आउनु-जानु बिचको कर्मले निर्धारण गर्छ!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

प्रणाली दुइटा छन एक सोध्छ कोहि अनर्थमा पीडामा छ? मान्छेका दुख घटदै छन? जगतको भलो हुदै छ? अर्को सोध्छ को अधिकारी हो? कसले भनेको मान्नु पर्छ? कसले नीयम मानेको छ? कसलाई सजाएं दिनु पर्छ? एकले ज्ञान प्रोत्साहन गर्छ अर्को प्रणाली बाहिरको ज्ञानलाइ तिरस्कार गर्छ! आफ्नो बाटो आफै रोजौ!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

युवति फुल बोकेर मन्दिर जादै थीइन बाटोमा अर्को यात्रीसंग ठोकीएर फुल पोखीयो युवतिले सोधीन "फुल किन पोख्दिनु भयो?" यात्रीले भन्यो "किनकि तिमिले फुल बोकेकी थीयौ अर्थोक बोकेका भए त्यै पोखीन्थ्यो" जीवनले ठक्कर दिएको बेला मान्छे भीत्र मायां, रीस, द्वेश, फुल, कांडा जे छ त्यै पोखीन्छ!

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

Language of War! A wartime read for thoughtful minds. Have wars ever held meaning? Has humanity gained anything from them? These are questions without answers yet wars keep being imposed upon humanity. This book offers Ukrainian perspective, today's appropriate read, I believe

Language of War!

A wartime read for thoughtful minds.

Have wars ever held meaning? Has humanity gained anything from them? These are questions without answers yet wars keep being imposed upon humanity.

This book offers Ukrainian perspective, today's appropriate read, I believe