ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profileg
ओमकुमार थापा(ॐ)

@OmThapa27

आफ्नै परिश्रममा जीविकोपार्जन गरिरहेको एक आम नागरिक।आफूभन्दा ठूलालाई आदर सम्मान र सानालाई माया गरौँ।मित्रता नै सम्बन्धको रक्षासूत्र हो।#Buddha was born in Nepal.

ID:2433316058

calendar_today08-04-2014 09:00:54

16,9K Tweets

21,7K Followers

14,7K Following

ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

कतारका अमीर बेलुका पाँच बजेपछि काठमाडौं आउने रहेछन् तर सरकारले देशैभर सार्वजनिक विदा दिएर आफ्नो कर्तव्य पुरा गरेछ।बिदा किन?उत्सव मनाउन वा चाकरी गर्न।एक दिन विदा दिंदा जनताको काममा कति असर र हानी पुग्छ भन्ने कुरा हेक्का राख्न नसक्ने सरकारले गर्ने भनेकै विदा दिएर उम्किने त हो।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

माकुनेको जीवन काङ्ग्रेसको गुलामी, ओलीको आलोचना र सत्ताका लागि धम्की दिएर कुन्ठा पोख्दैमा बित्ने भो।आफू चौध वर्ष पार्टीको नेतृत्व गर्दा एमालेलाई शर्मनाक हारसँगै तेस्रो स्थानमा झार्दा राजनीतिबाटै सन्यास लिनुपर्नेमा काङ्ग्रेस माओवादीको भोटले फुलेको पेट कहिलेसम्म लिएर हिंड्छौ यार?

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

नेपालमा नेकपा स्थापना भएको आज ७५ वर्ष पूरा भएछ यो खुसी र गौरवको विषय हो तर कम्युनिस्ट नामका विभिन्न दोकान खोलेर जनता झुक्याउने बाहेक कम्युनिस्टको आचरण र व्यवहार भएका एउटा पनि नेता भेट्टाउनु भनेको मरुभूमिमा पानी पाउनु जत्तिकै भएको छ।कम्युनिस्ट नामले होइन व्यवहार र आचरणले देखाऔं।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

यिनले पनि आफ्नो औकात र चरित्र छर्लङ्ग पारिछ्न्।आखिर माओवादी ग्याङको पूर्व लुटेरा न परिन्!

यिनले पनि आफ्नो औकात र चरित्र छर्लङ्ग पारिछ्न्।आखिर माओवादी ग्याङको पूर्व लुटेरा न परिन्!
account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

काङ्ग्रेसको हली खराने दस्ताको नाइके माकुनेको राजनीतिक जीवन अब अन्त्यतिर जाँदैछ।काङ्ग्रेस माओवादीको भोटले केही सिट के हात पारेको थियो राजनीतिमा दुर्गन्धित भएर पो निस्क्यो त गाँठे!निर्वाचन प्रणाली फेर,काङ्ग्रेस एमाले निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर तर एकपटक सरकार मिलाएर चलाओ।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

सहकारीलाई राष्ट्र बैंकले अनुगमन र नियन्त्रण नगर्नु तथा सरकारले कुनै प्रकारको कारबाही नगरेर सहकारी ठगहरूलाई लुट्न प्रोत्साहन गर्ने सरकार र पार्टीहरूको ग्रिन सिग्नलकै कारण सर्वसाधारण जनताको अरबौं रुपैयाँ सहकारीमा लुटिएको छ।यसको जिम्मेवारी सरकारले लिएर जनताको रकम फिर्ता दिनुपर्छ।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

कुन्ठाग्रस्त माकुनेले एमालेलाई समाप्त गर्न काङ्ग्रेस र माओवादीको पुच्छर बनेर पार्टी तहसनहस मात्रै पारेन चौध वर्ष नेतृत्व गर्दा बिग्रिएको पार्टीलाई ओलीले बचाएको यथार्थ जगजाहेर नै छ।पार्टी फुटाएर पनि चित्त बुझाउन नसकेको कुन्ठे माकुने ओलीको विरोध गरेर रमाउन खोज्दैछ।हैट कुन्ठा बाजे!

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

सहकारीको रकम अपचलनका आरोपित पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन चार लाख धरौटी बुझाउन नसकेर जेल चलान भन्ने कुरा आयो तर यो सबै देखाउने नाटक मात्रै हो।सुन तस्करीदेखि शक्तिको दुरुपयोग गरेर विभिन्न घोटाला गरेको व्यक्ति अझ माओवादीले चार लाख बुझाउन सकेन भन्दा पत्याउने पो कस्ले हो?

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

एमाले माओवादीले माकुने जस्तो लुभ्दो र अराजनीतिक व्यक्तिले जे भन्यो त्यही दिंदै गएर सत्ता जोगाउन खोजेको हो भने कालान्तरमा त्यो प्रत्युत्पादक नै हुनसक्छ।सहकार्य नै हो भने पनि राजनीतिक हैसियत अनुसार गरे स्वभाविक होला तर बोकाको मुखमा कुभिन्डो अटाउन खोजेको हो भने रामराम मात्रै भनियो।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

माकुने जस्तो कम्युनिस्टका नाममा प्रतिक्रियावादीको गोटी र कलंक जो राष्ट्रिय पार्टी समेत बन्न सकेन काङ्ग्रेस माओवादीको भोटले दुई चार सिट जित्दैमा प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री चाहियो रे!यस्तो अस्थिरताको मतियार र स्वार्थी झुन्डलाई बोक्नैपर्ने बाध्यता के आइ लागेछ?

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

प्रदेशको ताल हेर्नुस् त वर्षमा पाँच पटकसम्म सरकार परिवर्तन!काम न काजको बकम्फुसे प्रदेशका लागि वर्षेनी खरबौं रुपैयाँ बालुवामा पानी हाले सरह गरिब जनताको पैसा खर्च भइरहेकोछ।प्रदेश भनेको नेता कार्यकर्तालाई जागिर खुवाउने अखडा सिवाय केही होइन भन्ने प्रष्ट हुँदा पनि किन कोही बोल्दैनन्?

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

नेपालमा संघीयताको कुनै काम छैन।नेताहरूले आफ्ना नेता कार्यकर्ताहरूलाई जागीर खुवाउन गरिब जनताको गाँस खोसेर प्रदेश संरचनामा बाघको छालामाथि स्यालको रजाइँ जस्तै देश लुट्ने काम गरिरहेका छन्।अझ सत्ताको भाट बन्ने त्यो पेन्डुलम प्रदेश प्रमुख पदमा झुन्डिन जाने मूर्खलाई त मान्नैपर्छ बा!

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

सहकारीको रकम हिनामिना सम्बन्धमा रवि लामिछानेमाथि संसदीय छानबिनको माग भइरहँदा रविको संलग्नता पुष्टि हुँदै गएको छ।अब रवि लामिछानेले आफ्नो संलग्नता रहे नरहेको प्रमाणित गराउन नैतिक रुपले पनि पदमा बस्नै मिल्दैन।तत्काल राजीनामा दिने र निर्दोष रहे पुनः मन्त्री बने भइहाल्यो त!

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

नेपालमा व्यवसाय गर्ने वातावरण खोइ?ट्रेडिङमा समेत अन्त:शुल्क लिनु भनेको दिउँसै डकैती गर्नु भन्दा पनि ठूलो अपराध हो।विदेशी लगानी कर्तालाई विभिन्न प्रशासनिक झमेला लगाएर खुल्लमखुल्ला घुस माग्न थालेपछि नेपालमा कसरी विदेशी लगानी भित्रिन्छ?सरकार नै डाका भएपछि यो देश बर्बाद हुने नै भयो!

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

नेपालको वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल सरकारको ढुकुटी दुरुपयोग गरेर गाउँ पालिकाको भवन उद्घाटन गर्न तनहुँ गएछ्न् भनेपछि यस्तो काम न काजको सेतो हात्ती पाल्नु भन्दा प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति नै राजनीतिक स्थिरताका लागि उपयुक्त हुने प्रष्ट भयो।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

गगन थापाले काङ्ग्रेस एमाले तर्साउनेलाई सधैंका बन्द गरिदिऔं भन्ने प्रस्ताव राजनीतिक अस्थिरता,सुशासन र विकासका लागि जायज र जनताले मागेको कुरा हो तर काङ्ग्रेस आफू सत्तामा बसेर माओवादी लगायत माकुने ग्याङलाई बोकेर हिंड्दा किन सोच्दैन यस्तो कुरा?के सत्ता विमुखको प्रतिक्रिया मात्रै हो?

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

केन्द्रमा एमाले माओवादीसँग गठबन्धन गरेर सत्ताको तर मार्दै गरेको माकुने ग्याङ प्रदेशमा काङ्ग्रेससँग मिलेर मुख्यमन्त्री मागिरहेको छ।राष्ट्रिय पार्टी समेत बन्न नसकेको यस्तो अराजनीतिक गुटलाई बोकेर हिंड्नेहरू देख्दा अचम्म लाग्छ।यस्तो स्वार्थी झुन्डलाई सदाका लागि बिदा गर्ने कहिले हो?

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

काङ्ग्रेस एमाले एक अर्काले निशेधको राजनीति र मिल्न नसक्ने कारणले ३२ सिटे प्रचण्ड,रास्वपा र राष्ट्रिय पार्टी बन्न नसकेको माकुने ग्याङले अनावश्यक राजनीतिक लाभ लिईरहेका छन्।सुशासन,राजनीतिक स्थिरता र विकासका लागि एकपटक यी दुई दल मिले यिनीहरूको खुद्रा पसल सदाको लागि बन्द हुने थियो।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

नेपालमा व्याप्त बेथिति,अन्याय अत्याचार,कुशासन र भ्रष्टाचार जस्ता व्यक्ति ,समाज र देशलाई नै धरासायी बनाउने राजनीतिक नेतृत्व र नोकरशाही तन्त्रमा जुनसुकै व्यवस्था र तन्त्र आएपनि तात्विक फरक पर्नेवाला देखिएन।इन्द्रेको बाउ चन्द्रे नै आए पनि सुध्रिने कुनै सम्भावना छैन।बेकारमा आस नगरौं।

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

साँच्चैको संघीयता र गणतन्त्र चाहिँ डन दिपक मनाङ्गेलाई नै आएको रहेछ।बिगतको पृष्ठभूमि लुटपाट भए पनि राजनीतिक संरक्षणका कारण दिपक मनाङ्गेले पटकपटक प्रदेश सांसद मात्रै होइन मन्त्री नै चप्काइ सके भने राजनीतिको राम नाम जपेर नथाक्ने नेता भनाउँदाहरू बरु डाडुमा पानी तताएर मर क्या!

account_circle