GitabyAgyat (@gitabyagyat) 's Twitter Profile
GitabyAgyat

@gitabyagyat

shrimad bhagwat gita with nepali translation.
उल्टो क्रम बाट गीता श्लोक को लागी likes ♥ मा हेर्नु होला🙏सुल्टो क्रमको लागी स्क्रोल गर्दै जानु होला॥हरे कृष्ण॥🙏

ID: 1667807578590441474

linkhttps://twitter.com/search?q=%40MitraAgyat%20%23Gita&src=typed_query calendar_today11-06-2023 08:14:55

737 Tweet

28 Followers

1 Following

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

~~~~~धृतराष्ट्र उवाच~~~~~~ धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः । मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय ॥ धृतराष्ट्रले भने - "हे सञ्जय! धर्मभूमी/क्षेत्र, कुरुक्षेत्रमा युद्धको इच्छा लिएर एकत्रित भएका मेरा तथा पाण्डुका पुत्रहरूले के गरे ?" #Gita 1.1

~~~~~धृतराष्ट्र उवाच~~~~~~
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः ।
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय ॥

धृतराष्ट्रले भने - "हे सञ्जय! धर्मभूमी/क्षेत्र, कुरुक्षेत्रमा युद्धको इच्छा लिएर एकत्रित भएका मेरा तथा पाण्डुका पुत्रहरूले के गरे ?" #Gita 1.1
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

~~~~~~ सञ्जय उवाच ~~~~~~ दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा। आचार्यमुपसङ्गम्य राजा वचनमब्रवीत् ।। सञ्जयले भने - त्यतिखेर राजा दुर्योधनले व्यूह-रचनायुक्त पाण्डवहरूको सेनालाई देखेपछि द्रोणाचार्यको नजिक गएर यस्तो वचन भने - #Gita 1.2

~~~~~~  सञ्जय उवाच  ~~~~~~
दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा।
आचार्यमुपसङ्गम्य राजा वचनमब्रवीत् ।।
 
सञ्जयले भने - त्यतिखेर राजा दुर्योधनले व्यूह-रचनायुक्त पाण्डवहरूको सेनालाई देखेपछि द्रोणाचार्यको नजिक गएर यस्तो वचन भने - #Gita 1.2
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्। व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता॥ दुर्योधनले द्रोणलाई भनेको कुरा - "हे आचार्य! तपाईंका बुद्धिमान् शिष्य द्रुपदपुत्र धृष्टद्युम्नद्वारा व्यूहाकाररूपमा उभ्याइएका पाण्डूपुत्रहरूको यो विशाल सेनालाई हेर्नुहोस्।" सञ्जय भन्छन् #Gita 1.3

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्।
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता॥

दुर्योधनले द्रोणलाई भनेको कुरा - "हे आचार्य! तपाईंका बुद्धिमान् शिष्य द्रुपदपुत्र धृष्टद्युम्नद्वारा व्यूहाकाररूपमा उभ्याइएका पाण्डूपुत्रहरूको यो विशाल सेनालाई हेर्नुहोस्।" सञ्जय भन्छन् #Gita 1.3
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि। युयुधानो विराटश्च द्रुपदश्च महारथः॥ धृष्टकेतुश्चेकितानः काशिराजश्च वीर्यवान्। यस सेनामा भीम र अर्जुन समान शूरवीर, ठूलाठूला धनुष धारणगरेका, सात्यकि एवं विराट तथा माहारथी राजा द्रुपद, धृष्टकेतु र चेकितान तथा बलवान् काशिराज #Gita 1.4/1.5/1.6👇

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि।
युयुधानो विराटश्च द्रुपदश्च महारथः॥
धृष्टकेतुश्चेकितानः काशिराजश्च वीर्यवान्।

यस सेनामा भीम र अर्जुन समान शूरवीर, ठूलाठूला धनुष धारणगरेका, सात्यकि एवं विराट तथा माहारथी राजा द्रुपद, धृष्टकेतु र चेकितान तथा बलवान् काशिराज #Gita 1.4/1.5/1.6👇
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गवः॥ युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्। सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथाः॥ पुरूजित्, कुन्तिभोज र नरहरूमा श्रेष्ठ शैब्य, पराक्रमी युधामन्यु तथा बलवान् उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु एवं द्रौपदीका पाँचै पुत्र-यी सबै महारथी हुन।👆

पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गवः॥
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथाः॥

पुरूजित्, कुन्तिभोज र नरहरूमा श्रेष्ठ शैब्य, पराक्रमी युधामन्यु तथा बलवान् उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु एवं द्रौपदीका पाँचै पुत्र-यी सबै महारथी हुन।👆
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अस्माकं तु विशिष्टा ये तान्-निबोध द्विजोत्तम। नायका मम सैन्यस्य सञ्ज्ञार्थं तान् ब्रवीमि ते॥ हे ब्राह्मण श्रेष्ठ! हाम्रो पक्षमा पनि जो प्रमुख छन् तिनीहरूको नाम सुन्नुहोस्। तपाईंको जानकारीका लागि मेरो सेनाका जो-जो सेनापति छन्, म तिनका बारेमा भन्छु। #Gita 1.7 ...श्री गुरुवे नमः🙏

अस्माकं तु विशिष्टा ये तान्-निबोध द्विजोत्तम।
नायका मम सैन्यस्य सञ्ज्ञार्थं तान् ब्रवीमि ते॥

हे ब्राह्मण श्रेष्ठ! हाम्रो पक्षमा पनि जो प्रमुख छन् तिनीहरूको नाम सुन्नुहोस्। तपाईंको जानकारीका लागि मेरो सेनाका जो-जो सेनापति छन्, म तिनका बारेमा भन्छु। #Gita 1.7

...श्री गुरुवे नमः🙏
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

भवान्-भीष्मश्-च कर्णश्-च कृपश्-च समितिञ्जय:। अश्वत्थामा विकर्णश्-च सौमदत्तिस्-तथैव च॥ तपाईं (स्वयम् द्रोणाचार्य) र (पितामह) भीष्म तथा कर्ण अनि सङ्ग्रामविजयी कृपाचार्य तथा अश्वत्थामा, विकर्ण र सोमदत्तका छोरा भूरिश्रवा हुनुहुन्छ। #Gita 1.8 श्रीकृष्ण गोविंद हरे मुरारी हे नाथ....🙏

भवान्-भीष्मश्-च कर्णश्-च कृपश्-च समितिञ्जय:।
अश्वत्थामा विकर्णश्-च सौमदत्तिस्-तथैव च॥

तपाईं (स्वयम् द्रोणाचार्य) र (पितामह) भीष्म तथा कर्ण अनि सङ्ग्रामविजयी कृपाचार्य तथा अश्वत्थामा, विकर्ण र सोमदत्तका छोरा भूरिश्रवा हुनुहुन्छ। #Gita 1.8

श्रीकृष्ण गोविंद हरे मुरारी हे नाथ....🙏
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अन्य च बहव: शूरा मदर्थे त्यक्त-जीविता:। नाना-शस्त्र-प्रहरणा: सर्वे युद्ध-विशारदा:॥ यी बाहेक मेरालागी जीवनकै आशा त्यागेर युद्धमा होमिएका अरू थुप्रै शूरवीरहरू विभिन्न किसिमका शस्त्र-अस्त्रहरूले सुसज्जित भएर उपस्थित भएका सबै युद्धकलामा चतुर छन्। #Gita 1.9 मुकुन्द केशव जय जय राम.🙏

अन्य च बहव: शूरा मदर्थे त्यक्त-जीविता:।
नाना-शस्त्र-प्रहरणा: सर्वे युद्ध-विशारदा:॥

यी बाहेक मेरालागी जीवनकै आशा त्यागेर युद्धमा होमिएका अरू थुप्रै शूरवीरहरू विभिन्न किसिमका शस्त्र-अस्त्रहरूले सुसज्जित भएर उपस्थित भएका सबै युद्धकलामा चतुर छन्। #Gita 1.9

मुकुन्द केशव जय जय राम.🙏
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अयनेषु च सर्वेषु यथा-भाग-मवस्थिताः। भीष्म-मेवाभि-रक्षन्तु भवन्तः सर्व एव हि॥ यसैले सबै मोर्चाहरूमा आआफ्नो ठाउँमा रहेर तपाईहरू सबैले नि:सन्देह भीष्मपितामहलाई नै चारैतिरबाट रक्षा गर्नुस्। यदि भीष्म जीवित छन् भने हामी अजेयछौं। यसैले तपाईहरू मात्र भीष्मको रक्षा गर्नुहोस्। #Gita 1.11

अयनेषु च सर्वेषु यथा-भाग-मवस्थिताः।
भीष्म-मेवाभि-रक्षन्तु भवन्तः सर्व एव हि॥

यसैले सबै मोर्चाहरूमा आआफ्नो ठाउँमा रहेर तपाईहरू सबैले नि:सन्देह भीष्मपितामहलाई नै चारैतिरबाट रक्षा गर्नुस्। यदि भीष्म जीवित छन् भने हामी अजेयछौं। यसैले तपाईहरू मात्र भीष्मको रक्षा गर्नुहोस्। #Gita 1.11
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अपर्याप्तं तदस्माकं बलं भीष्माभि-रक्षितम्। पर्याप्तं त्विद-मेतेषां बलं भीमाभि-रक्षितम्॥ पितामहभीष्मद्वारा रक्षित हाम्रो यो (विशाल) सेना सबै किसिमले अजेय (सुरक्षित) छ र भीमद्वारा रक्षित उनीहरूको सेनालाई (हाम्रो सेनाद्वारा) जित्नका लागी सुगम छ। #Gita 1.10 हे नाथ नारायण वासुदेवा🙏

अपर्याप्तं तदस्माकं बलं भीष्माभि-रक्षितम्।
पर्याप्तं त्विद-मेतेषां बलं भीमाभि-रक्षितम्॥

पितामहभीष्मद्वारा रक्षित हाम्रो यो (विशाल) सेना सबै किसिमले अजेय (सुरक्षित) छ र भीमद्वारा रक्षित उनीहरूको सेनालाई (हाम्रो सेनाद्वारा) जित्नका लागी सुगम छ। #Gita 1.10

हे नाथ नारायण वासुदेवा🙏
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

तस्य सञ्जनयन् हर्षं कुरुवृद्धः पितामहः। सिंहनादं विनद्योच्चैः शङ्खं दध्मौ प्रतापवान्॥ कौरवहरूमा सबै भन्दा वृद्ध प्रतापी पितामह भीष्मले उच्च श्वरमा सिंह झैं गर्जिएर शङ्ख बजाएर त्यस दुर्योधनको हृदयमा हर्ष उत्पन्न गर्नु भयो। #Gita 1.12 हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे 💕🙏

तस्य सञ्जनयन् हर्षं कुरुवृद्धः पितामहः।
सिंहनादं विनद्योच्चैः शङ्खं दध्मौ प्रतापवान्॥

कौरवहरूमा सबै भन्दा वृद्ध प्रतापी पितामह भीष्मले उच्च श्वरमा सिंह झैं गर्जिएर शङ्ख बजाएर त्यस दुर्योधनको हृदयमा हर्ष उत्पन्न गर्नु भयो। #Gita 1.12

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे 💕🙏
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

ततः शङ्खाश्च भेर्यश्च पणवानकगोमुखाः। सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ॥ त्यस्पछि शङ्ख, दमाह, मृदङ्ग र ढोलक तथा नरसिंघ लगाएत बाजा एकै साथ बज्न थाले। तिनको त्यो ध्वनी अत्यन्त भयङ्कर हुन थाल्यो। #Gita 1.13 श्रीमन्नारायण हरि हरि 🙏🥰जय श्री लक्ष्मी नारायण 🙏🥰

ततः शङ्खाश्च भेर्यश्च पणवानकगोमुखाः।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ॥

त्यस्पछि शङ्ख, दमाह, मृदङ्ग र ढोलक तथा नरसिंघ लगाएत बाजा एकै साथ बज्न थाले। तिनको त्यो ध्वनी अत्यन्त भयङ्कर हुन थाल्यो। #Gita 1.13

श्रीमन्नारायण हरि हरि 🙏🥰जय श्री लक्ष्मी नारायण 🙏🥰
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ। माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः॥ त्यस्पछि सेतो घोडाहरूले युक्त उत्तम रथमा विराजमान हुनुभएको भगवान् श्रीकृष्ण महाराज र अर्जुनले पनि अलौकिक शङ्ख बजाउनु भयो। #Gita 1.14 श्रीकृष्ण गोबिन्द हरे मुरारे, हे नाथ नारायण बासुदेव 🥰🙏

ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ।
माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः॥

त्यस्पछि सेतो घोडाहरूले युक्त उत्तम रथमा विराजमान हुनुभएको भगवान् श्रीकृष्ण महाराज र अर्जुनले पनि अलौकिक शङ्ख बजाउनु भयो। #Gita 1.14

श्रीकृष्ण गोबिन्द हरे मुरारे, हे नाथ नारायण बासुदेव 🥰🙏
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः। नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ॥ कुन्तीपुत्र राजा युधिष्ठिरले अनन्तविजय नामक तथा नकुल अनि सहदेवले सुघोष एवं मणिपुष्पक नामक शंख बजाए। #Gita 1.16 जय श्रीमन्नारायण हरि हरि 🙏🥰

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः।
नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ॥

कुन्तीपुत्र राजा युधिष्ठिरले अनन्तविजय नामक तथा नकुल अनि सहदेवले सुघोष एवं मणिपुष्पक नामक शंख बजाए। #Gita 1.16

जय श्रीमन्नारायण हरि हरि 🙏🥰
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते । सौभद्रश्च महाबाहुः शङ्खान्दध्मुः पृथक् पृथक्॥ राजा द्रुपद एवं द्रौपदीका पाँचै पुत्रहरू र महाबाहु सुभद्रापुत्र अभिमन्यु - यी सबैले अलग-अलग सबै तिर बाट बेग्ला बेग्लै शङ्ख बजाए॥ #Gita 1.18 राधे श्याम राधे श्याम, श्याम श्याम राधे राधे🙏🥰

द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।
सौभद्रश्च महाबाहुः शङ्खान्दध्मुः पृथक् पृथक्॥

राजा द्रुपद एवं द्रौपदीका पाँचै पुत्रहरू र महाबाहु सुभद्रापुत्र अभिमन्यु - यी सबैले अलग-अलग सबै तिर बाट बेग्ला बेग्लै शङ्ख बजाए॥ #Gita 1.18

राधे श्याम राधे श्याम, श्याम श्याम राधे राधे🙏🥰
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

काश्यश्च परमेष्वासः शिखण्डी च महारथः। धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजितः ॥ हे राजन्! श्रेष्ठ धनुर्धर काशिराज, महारथी शिखण्डी, धृष्टद्युम्न तथा विराट र अजेय सात्यकि - यी सबैले अलग-अलग सबै तिर बाट बेग्ला बेग्लै शङ्ख बजाए॥ #Gita 1.17 श्रीकृष्ण गोविंद माधव श्याम मुकुन्द...🙏

काश्यश्च परमेष्वासः शिखण्डी च महारथः।
धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजितः ॥

हे राजन्! श्रेष्ठ धनुर्धर काशिराज, महारथी शिखण्डी, धृष्टद्युम्न तथा विराट र अजेय सात्यकि - यी सबैले अलग-अलग सबै तिर बाट बेग्ला बेग्लै शङ्ख बजाए॥ #Gita 1.17

श्रीकृष्ण गोविंद माधव श्याम मुकुन्द...🙏
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः। प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः॥ हे राजन्! यस्पछि कपिध्वज अर्जुनले मोर्चा बाँधेर खटेका धृतराष्ट्रका नाता सम्बन्धीहरूलाई देखेर, त्यो शस्त्र चल्ने तयारीका समयमा धनुष उठाई... #Gita 1.20

अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः।
प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः॥

हे राजन्! यस्पछि कपिध्वज अर्जुनले मोर्चा बाँधेर खटेका धृतराष्ट्रका नाता सम्बन्धीहरूलाई देखेर, त्यो शस्त्र चल्ने तयारीका समयमा धनुष उठाई... #Gita 1.20
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः। पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदरः ॥ भगवान् श्रीकृष्णले पाञ्चजन्य, अर्जुनले देवदत्त र भयानक कर्म गर्ने भीमसेनले पौण्ड्र नामक महाशङ्ख बजाए। #Gita 1.15 मुकुन्द माधव गोविन्द बोल केशव माधव हरि हरि बोल🙏🥰

पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदरः ॥

भगवान् श्रीकृष्णले पाञ्चजन्य, अर्जुनले देवदत्त र भयानक कर्म गर्ने भीमसेनले पौण्ड्र नामक महाशङ्ख बजाए। #Gita 1.15

मुकुन्द माधव गोविन्द बोल केशव माधव हरि हरि बोल🙏🥰
Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत्। नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन्॥ ती भयानक शब्दले आकाश अनि पृथ्वीलाई गुञ्जाउँदै धृतराष्ट्रका पुत्रहरूको हृदय छिया छिया गरिदिए। #Gita 1.19

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत्।
नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन्॥

ती भयानक शब्दले आकाश अनि पृथ्वीलाई गुञ्जाउँदै धृतराष्ट्रका पुत्रहरूको हृदय छिया छिया गरिदिए। #Gita 1.19
GitabyAgyat (@gitabyagyat) 's Twitter Profile Photo

------------- प्रथम अध्याय ------------- अर्जुनविषादयोग नामको प्रथम अध्याय(४७ श्लोक: धृतराष्ट्र-१, अर्जुन-२१, सञ्जय-२५) १-११ : शूरवीरहरूको गणना १२-१९: सङ्ख ध्वनिको कथन २०-२७: अर्जुनद्वारा सेना निरीक्षण २८-४७: मोहले ग्रसित अर्जुनको शोक, कयरता र स्नेह वचन