फरक मान्छे (@farak_man) 's Twitter Profile
फरक मान्छे

@farak_man

संस्कृत पढ्छु । proud to be a Nepali @FarakManxe O positive

ID: 2489363240

linkhttp://instragram.com/imo.com/facebook.com calendar_today11-05-2014 05:59:09

28,28K Tweet

12,12K Followers

7,7K Following

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

समय खराब हुँदैन । मान्छेको सङ्गतले समय खराब बनाइदिने रहेछन् । सतर्क हुनुहोला ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

कहीँकतै पाखामा फूलेका फूलहरू पनि तिम्रा गमलामा फूलेका फूलहरूभन्दा सुन्दर हुन सक्छन् । परिवेशभन्दा क्षमता शक्तिशाली हुन्छ । हेक्का राखौँ ।

जीवनमा सँधै हरियाली मात्रै कहाँ सम्भव छ र ? रुखजस्तै तिमी हामी पनि सुक्नु छ एकदिन ।

रहरहरू पनि माकुराको जिन्दगीजस्तै भए । आफ्नै बच्चाले माउलाई सक्काइदिएझैँ मेरा रहर सक्काइरहेछन् मेरै आफन्तहरूले ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

पोल्दैन र ? जुन घरले तिमीलाई परिचय दियो सदस्य बनायो त्यही घरको पाहुना बनेर बनिरहेका छौ तिमी आज छिमेकीको सदस्य तिमीलाई पोल्दैन र ?

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

तिमी जुन हाँगो टेकेर जुन डालो समातेर पुग्यौ सफलताको टुप्पोमा चाउरिएका छन्,सुकेका छन्,भाँचिएका छन् ती निस्वार्थी हाँगा डाला आज कारण बिर्सिएका छौ तिमीले आफ्नो अतीत तिमीलाई पोल्दैन र ?

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

तिमीले देखेका सबै सपनाहरू पूरा हुनैपर्छ भन्ने छैनन् । हिँडेका सबै सवारीहरू कहाँ गन्तव्यमै पुग्न पाउँछन् र ? कहिलेकाहीँ बाढीले बगाइदिन सक्छ । पहिरोले पुरिदिन सक्छ ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

आफ्नै पैतालामा हिडेका मानिसहरूझैँ खुसी अरुको पैतालामा घिस्रिनेहरू हुँदैनन् ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

हामी वर्ग हेरेर साथी बनाउँदैनौँ । मन हेरेर बनाउँछौँ ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

जब विश्वासका पर्खालहरू भत्किँदै गए तब अनिद्रा र छटपटीहरू बढ्दै गए । 😥

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

जीवनमा तिता यादहरू मात्रै पनि त हुँदैनन् नि । मिठा सम्झना पनि हुन्छन् । बेकारमा हामी फाल्नुपर्ने चिज अँगालो हाल्छौँ । अँगाल्नुपर्नेलाई फालिदिन्छौँ ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

कसैले प्रेम गर्छन् । कसैले गरेझैँ गर्छन् । यही 'गर्छन्' र 'गरेझैँ गर्छन्' चिन्न सकियो भने जीवन 'सरल' हुन्छ ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

Some people love. Some people act as if they love. If you can distinguish between this 'love' and 'act as if they love,' life becomes 'simple.'

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

स्वाभिमानीले 'पसिना' बेच्छ । अभिमानीले 'अस्तित्व' बेच्छ ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

जङ्गलमा फूलेका फूलहरूलाई मालीको आवश्यकता पर्दैन । प्रकृति नै उसको सबथोक हो ।

फरक मान्छे (@farak_man) 's Twitter Profile Photo

खासमा सोचेँझै जीवन चल्थ्यो त संसारमा सङ्घर्ष-सफलता, दुःख-सुखजस्ता पदावली कुनै शब्दकोषहरूमा भेटिदैनथ्यो होला ।