Durga Gharti (@drgharti) 's Twitter Profile
Durga Gharti

@drgharti

ID: 377178072

linkhttps://durgagharti.blogspot.com calendar_today21-09-2011 04:32:53

2,2K Tweet

310 Followers

422 Following

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

ग्रिसेली वा सेक्सपियरका ट्रेजडी नाटकमा महान् नायक सामान्य गल्तीले भयानक विपत्तिमा परेको देखाइको छ र त्यसबाट दर्शकमा करुणा र त्रासको भाव उत्पन्न हुन्छ । नेपाली राजनीतिमा महान् गल्ती गर्ने सामान्य नायक छन् । न त तिनीहरूको सम्पत्तिमा सन्तुष्टि हुन्छ न त तिनीहरूको विपत्तिमा क्षोभ ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

दसैँमा रामायणको नौटङ्की प्रस्तुत हुँदै थियो । लक्ष्मणलाई बचाउन सञ्जीवनी औषधी लिन उडेर जाने हनुमानको कम्मरमा पिङ जस्तै डोरी बाँधिएको रहेछ । त्यसबाट उडेको अभिनय गर्दा डोरी चुँडियो र हनुमान हुने भुईँमा बजारियो । निस्लोट हनुमानको अवस्था देखेर बिचरा दर्शकहरू न रुनु न हाँस्नु !

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

मगर सङ्घको एकचालिसौँ स्थापना दिवस एवं मगर एकता दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना !

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

यो डिजाइन, यो ब्रान्ड, यो क्वालिटी र यो साइज भनेर नखोज सोल्टी हो ! तँहरू केही कुरा पनि एडजस्ट गर्न सक्दैन । हामी ड्रेसमा मात्र होइन कि ब्रेकफास्ट, लन्चमा सुप, भेज, नन्भेज जे भए पनि कन्सिडर गर्न सक्छौँ भन्ने तँहरूलाई था नरैछ ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

विमानस्थल र विश्वविद्यालय थप्न खोज्ने तर भइराखेकालाई राम्ररी चलाउन नसक्ने सोल्टीहरूको दाउ कुँडेको दूध हेरिरहेको बिरालाको जस्तै हो ?

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

मिसेल फुकोले ‘ज्ञान शक्ति जस्तो हुन्छ’ त्यसै भनेको होइन रहेछ, समाजमा ‘ज्ञान’ भएका नै प्रतिष्ठित छन्, ऐश्वर्यका प्यारा छन्, पदीय शक्तिको नजिक छन् । म त केही क्षण ताजमहल नदेखिने बनाउने जादुगर पी. सी. सरकारलाई पनि उत्तिकै महान् मान्छु !

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

लोकतन्त्र अडिने आधार लोकको मत अर्थात् चुनाव मात्र नभएर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको स्वायत्तता र तिनीहरूबिचको सन्तुलन पनि हो । जब जम्मै कुरा कुनै व्यक्तिविशेषको प्रभावमा रहन्छ, सम्झिनुस्, कमिलाको प्वाँख पलाइसक्यो !

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

नेपाल टेलिकमले “गाउँगाउँबाट उठ…” भन्ने रिङ ब्याक टोन त राखेछ तर गाउँगाउँबाट उठेकाहरू अर्कै थोक उठाउनमा लिप्त छन् । उठाउन पनि ढाकछोप गर्न पनि राष्ट्रिय सहमति भइहाल्छ, कार्यगत एकता छ । चर्को भाषण गरेर हामीलाई मूर्ख बनाउँछन्, हामी सती जान्छौँ । गज्जब छ !

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

आफ्नै घरमा परिवार मरेको दुई दिन हुन नपाउँदै नाचगानको टिकटक, आफ्नै नातेदार मरेकै दिन नाचगानको टिकटक, पितृप्रसाद ग्रहण गर्ने घरमा दिनभर नाचगानको टिकटक, आफन्तको परिवार मरेकामा दु:ख व्यक्त गर्न आएको घरमा नाचगानको टिकटक ! कृपया यति मनोरञ्जन दिएर अरूको मन नदुखाऊ ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

आदरणीय दाजु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको शीघ्र स्वास्थ्यलाभको कामना !

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

स्रष्टा र द्रष्टा, कारयित्री र भावयित्री प्रतिभा, साहित्य सिद्धान्त र समालोचना प्रणाली गरी भिन्नता गरिएको पाइन्छ । समालोचक साहित्यको सफाइकर्मी वा धाई, तर उसको स्वतन्त्र भूमिका हुन्छ, हुनुपर्छ, आफ्नो विचार हुनुपर्छ । यस अर्थमा साहित्यकार र समालोचकको छुट्टै कित्ता छुट्टिनुपर्छ ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

साहित्यको समाजशास्त्र लेखक, पाठ र पाठकबिचको सम्बन्ध हो । तिनलाई जोड्ने काम सम्पादक, प्रकाशक, वितरक आदिले गर्छन् । ती आफ्ना ठाउँमा उत्तिकै महत्त्वपूर्ण छन् । त्यो चक्र मेटियो भने साहित्यको समाजशास्त्र पनि भत्किन्छ । त्यसपछि आआफ्नो डम्फु बजायो, क्या मज्जा, अरूले सुनोस् कि नसुनोस् ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

शिक्षा, पैसा, स्वास्थ्य जस्ता आधारभूत कुराले कसरी भिन्नता सिर्जना हुन्छ भन्ने कुराको अध्ययन सांस्कृतिक अध्ययनमा हुन्छ । त्यस दृष्टिले नेपाली समाजमा वर्गीय विभाजन चुलिँदै गएको देखिन्छ ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

नेपाली राजनीतिमा गलत प्रवृत्ति हाबी भएकै हो, उनीहरूले भुइँ मान्छेका समस्या उछालेर बाजी मारेकै हुन्, दलका लागि जीवन समर्पित गर्नेहरू धन र बल भएकाले किनारामा लगाइएकै हुन्, तर त्यसमा गलत व्यक्तिले अर्कै फाइदा उठाउन खोज्नु झन् खतरनाक कुरा हो ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

प्रतिनिधित्व अनुपस्थितको उपस्थिति हो । आज अनुपस्थित भएर उपस्थितमार्फत आफ्ना इच्छा, विचार, अभिप्राय उद्‌घोष गरेको देखियो। सत्ताले सबैको समर्थन र विश्वास लिन नसक्दा प्रतिकार र दमनको प्रक्रिया त चलिरहन्छ । तर सत्ता आफ्नै कारणले पतन हुन्छ भन्ने कुरा भने सबैले बुझ्नु जरुरी छ ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

कर्णाली प्रदेशमा खस राज्यमा तिब्बत खारिप्रदेशको नागराजलाई खसानमा राजा किन बनाए होलान् ? नागराज खस थिए कि भोटे ? ती बौद्ध धर्मावलम्बी थिए भनिएकाले ती खस थिएनन् कि ?

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

लोककथालाई इतिहास त नभनौँ, तर मैले हुम्लामा सङ्कलन गरेको लोककथामा सुर्खेतको काँक्रेविहार सम्राट अशोकले बनाएको भनिएको छ । काँक्रेविहारमा भने अहिले लेखेको विवरणमा अशोकचल्लले बनाएको भनिएको छ ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

गौतम बुद्धले दु:खबाट मुक्ति पाउनका लागि मध्यम मार्ग अपनाउन उपदेश गरेका छन् । त्यो भनेको अति हुनुबाट बच्नु हो । बुद्धले दु:खनिरोधका लागि अष्टाङ्गिक मार्गको धर्मदेशना (प्रवचन) गरेका छन्, ती सबैलाई सम्यक् भनिएको छ । सम्यक् भनेको चाहिनेभन्दा न कम हो न बढी हो ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

गौतम बुद्ध कुनै पनि कुरा राम्ररी परीक्षण नगरी त्यसमा विश्वास नगर भन्छन् । उनले आफ्ना वचन पनि परीक्षण गरेर विश्वास नलागेसम्म विश्वास नगर भन्छन् । पछि गएर डेरिडा, अझ फुको सङ्कथनको अर्थ जड वा पूर्वनिर्धारित नभएर सन्दर्भअनुसार फरक हुने मान्छन् ।

Durga Gharti (@drgharti) 's Twitter Profile Photo

स्नातकोत्तर नेपालीको पाठ्यक्रमबाट पारिजात हटाएको भन्ने साँचो होइन, पाठमा उनको कथा राखिएको छ । स्रष्टापरक अध्ययनका ठाउँमा दर्शन, एसियाली साहित्यको अध्ययन, आप्रवासी साहित्यको अध्ययन, लोकवार्ता, नाटक र चलचित्रको अधययन जस्ता विषय राखिएका छन् । पाठ्यक्रम प्राप्त सुझावमा आधारित छ ।