Nilamber Acharya(@nilacharya) 's Twitter Profileg
Nilamber Acharya

@nilacharya

Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.

ID:139671758

calendar_today03-05-2010 09:52:45

8,0K Tweets

345,3K Followers

219 Following

Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

आज गणतन्त्र दिवस
गणतन्त्र प्रभावकारी होस्
राष्ट्र बलियो बनोस्
सुखसमृद्धिको बाटोमा बढोस्
मानिस कर्मशील रहुन्
विकास होस्
न्यायपूर्ण होस्।
हार्दिक शुभकामना!
शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

इच्छा जे भए पनि
त्यो मात्र गर्न सकिन्छ
जे गर्न समय, स्थान, र परिवेशले
अनुमति दिन्छ।

समयलाई नाघ्न सकिदैन
भोलिमा पुग्नलाई
आजलाई पार गर्नैपर्छ।

जसले समयलाई नाघ्न चाहे
तिनले बित्यासमात्र निम्त्याए।
समयसँगै अगाडि बढ!

शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

नगिच नियाल
टाढासम्म सोच
निश्चय गर
पाइला चाल
बढ्दै जाऊ।

आनन्द यही हो।
शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

के जरूरी छ?
त्यसको लागि के गर्नुपर्छ
त्यो कसरी गर्ने
स्रोतसाधन के छन्
बाधाव्यवधान के छन्
कति समय लाग्ला
कति चरणमा सम्पन्न होला?

गर, शुरू गर, पूरा गर
शुभ सोच, शुभ हुन्छ
दिन राम्रो रहोस्
मनमा शान्ति होस्
शुभ होस्!

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

सक्रिय छौ जोश छ राम्रो कुरा हो
तर जे गर्ने सोच बनाउछौ
त्यसले उत्पन्न गर्नसक्ने
अनुक्रम र परिणामबारे पनि राम्ररी सोच।
अनि के गर्ने के नगर्ने कसरी गर्ने
अन्तिम निर्णय गर!

शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

संविधानबारे मनमा धेरै कुरा आइरहेछन्।
मलाई अहिले लाग्न थालेको छ:
विश्वासप्राप्त प्रधानमन्त्रीलाई समय अगावै पनि
संसदीय निर्वाचनमा जाने अधिकार राख्नुपर्थ्यो।

शुभ होस्।

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

खाँदा स्वस्थकर कुरा मात्र खाऊ
स्वस्थकर खाद्य पनि त्यति मात्र खाऊ
जति तिम्रो लागि स्वस्थकर हुन्छ।

बोझ त्यति मात्र बोक
जति तिम्रो शक्ति र सामर्थ्यले धान्नसक्छ
जति तिमीले गन्तव्यसम्म पुऱ्याउनसक्छौ।

सपना जति मन लाग्छ देख
तर साकार पार्न त्यतिमात्र लाग
जति अहिले सम्भाव्य छ।

शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

हामी परिचित छैनौँ होला
नभएर के भयो त
हामी नेपाली हौँ।
यत्तिले पनि हामी जोडिएकै छौँ।

हामी हरेकको भविष्य
एक हदसम्म गाँसिएकै छ।

नेपाली नेपाली अविभाजित रहेमात्र
नेपालले राम्रो उन्नति गर्नसक्छ
नेपालीहरूको जीवन सुखी बन्नसक्छ
नेपलीको स्वाभिमान र बाह्य प्रतिष्ठा बढ्नसक्छ।

अभिवादन!

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

सकभर सिद्धार्थ गौतम बुद्धका
शिक्षाको सङ्गत गर्ने गरौँ।

बुद्ध जयन्तीको हार्दिक शुभकामना।
शुभ होस्।

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

लोकतान्त्रिक राजनीतिमा
आलोचना र संवाद दुबै हुन्छ
अडान र संझौता दुबै हुन्छ
विरोध र सहकार्य दुबै हुन्छ।

देश अगाडि बढ्नुपर्छ
देशको काम रोकिन हुँदैन।

लोकतन्त्र राजनीतिक क्रान्तिको परिणाम हुन्छ
अनि लोकतन्त्र सञ्चालनमा सबैको समझदारी आवश्यक हुन्छ।
हैन भने त्यो खतरामा पर्छ।
शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

भन्छन् भविष्य अनिश्चित हुन्छ
होला
तर आजले भोलिलाई देखाउँछ पनि भन्छन्।

मानिसमा निश्चय पनि हुन्छ।
निश्चय वर्तमानमा गरिन्छ
परिणाम भविष्यमा देखिन्छ।

शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

जुन कुरा निश्चित हुने नै छ
त्यसबाट पहिलेदेखि नै तर्सेर
चिन्तित र दुखी भएर बस्नुको
कुनै अर्थ छैन।

जुन कुरा गर्न सकिन्छ
र गर्नु उपयुक्त छ
त्यो गर्ने हो।

जुन कुरा गर्न सकिदैन
वा रोक्न सकिदैन
त्यसमा चिन्तित हुनुको अर्थ हुँदैन।

शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

कुभलो चिताउन हुन्न,
गर्न त हुँदैहुन्न।
तर गलत कार्य सहनै हुन्न।

गलत कार्यको आपत्ति गर्नुपर्छ
र सके रोक्नुपर्छ,
प्रोत्साहित त गर्नैहुन्न।

शुभ होस्

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

सुखको खोजी
निरन्तर खोजी
जति भए पनि
नभए पनि
खोजी अरू खोजी
अविश्राम खोजी
मानिसको नियति!

अनि सुखको
आआफ्नै परिभाषा
आआफ्नै वस्तु!

सुख होस्
शुभ होस्।

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

संसद लगातार अवरुद्ध भैरहनु
संसदीय प्रणाली,
बहुदलीय व्यवस्था,
जनताको प्रभुसत्ता,
र मुलुककै निम्ति हानिकारक छ।

विचार पुगोस्
गम्भीरता आओस्
शुभ होस्।

account_circle