रामेश(@RaameshKoirala) 's Twitter Profileg
रामेश

@RaameshKoirala

#IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMorons

ID:577165518

linkhttp://raameshblogs.blogspot.com calendar_today11-05-2012 12:11:25

43,0K Tweets

164,3K Followers

401 Following

रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

सोवराजले त गफमात्रै दिन्थ्यो, आमिरले चैँ हाम्रो एयरपोर्टबाट साँच्चै नै हात्ती छिराउने भएछन्। जे होस, कसैले त प्रमाणित गरे।😂😜

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

भोट बढाउन न मास अपिल छ न त कुनैतवरको भोट बैंक/प्रभाव नै छ, तर पनि कांग्रेसबाट विश्व, भिष्म, गगन र शेखरबाहेक, रास्वपाबाट रवि र रमेशबाहेक, मुढाका लागि हर्कबाहेक अनि राप्रपाबाट लिङदेनबाहेकका नेताहरू किन गुटुङटुङ इलाम गएका होलान्? तिनले भोट बढाउँछन् कि घटाउँछन?😗

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

हे भगवान, १देखि १२सम्मका किताब पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राख्न थाल्दा दिदीको पार्टी नै जन्मिसकेको थिएन के! हद हुन्छ नि प्रचारबाजीको।😡😡

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

देश किन बनेन भनेर तपाईँ दल, नेता, नातावाद, भ्रष्टाचार,., तोरी शासनलाई दोष दिँदै गर्दा तपाईँसँग जचुका वा बाँसबारी राज्यले किन चलाएन र बेच्यो भन्ने प्रश्न बाँकी रहन्छ भने देश तिनले हैन, तपाईँले बिगारेको हो। कम्युनिज्म नामक भ्रम नेपालमा ७५वर्षसम्म टिकाउनु भएकामा तपाईँहरूलाई बधाई!🙏

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

कांग्रेस चैँ हिन्दु धर्मजस्तै रछ, अर्को दलबाट आउनै नदिने। अनि सूर्य र घण्टी चैँ लास्टै उदार! सूर्यमा एकनाथ, बादल, हृदयेशदेखि कमलसम्म अटाउने अनि घण्टीमा स्वर्णिमदेखि मिलनसम्म। खासमा रविको नाम स्वर्णिम हुनु पर्ने (नभए न्वारनको नाम त पक्कै)। सुनपानी छर्क्यो कि, पवित्र बनाइहाल्ने!😂

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

अब त नेताहरूले खाएको ठाउँमा कसैले भिडियो खिच्यो कि ती नेताहरूलाई खाना खाएको थाल माझ्दै भिडियो हाल्न लगाउनु पर्ने भाउँतो आइलागेछ। यो चटक देखाएर मतदाता खुसी बनाउनु पर्ने समाजमा गगनलाई पनि कुनै न कुनै दिन त आइलाग्छ नै। तर यसपालि कमलको पातमा खाएकाले तिनको त्यो खड्गो कटेछ।😂😜😂

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

अत्तो न पत्तोका सार्वजनिक बिदा! हुन त उहिले सोभियत राष्ट्रपति आन्द्रोपोभ मर्दा सोभियत संघमा समेत नदिएको बिदा दिने अनि प्लेन एक्सिडेन्ट हुँदा वा उहिले मनाइसकिएको लोसारमा अर्को दिन बिदा दिने देश न पर्‍यो। अब त कुनै सरकारले यस्ता गलत परिपाटी बन्द गर्लान् कि भन्ने आस लाग्नै छाड्यो।😡

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

देशभरका हरेक रवि लामिछानेले म त्यो सहकारी ठग रवि लामिछाने हैन भने पुग्छ तर जो कोही घनश्याम वा घनेन्द्र वा गीता वा ज्ञानु राईले नामपछि बहादुर छ भने म जीबी राई हैन भन्दाभन्दै पनि कर्‍यापझ्याप हुने चान्स छ है। बचके रहना! दाजुले अब गियर ५नंमा हालिसके।😂😜

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

इलाममा एमाले हार्‍यो भने सबभन्दा फाइदा केदार कार्कीलाई हुने भो। सुहाङ हारेमा कोसीमा मध्यावधि नहुने देखिन्छ।😂😜

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

सबै सहकारी बचतकर्तालाई 'भोट दिए नोट वापस' भन्दै उतैको भोटर बनाएको छैन भने श्रमले विदेशिने नघटाउने, खेलकुदले फ्लडलाइटबाहेक ढोल नपिट्ने, शिक्षाले शिक्षक पालिकालाई दिन र दलीय भए निकाल्न नसक्ने र दाम/शक्ति भएको तर अपजसिया गृहको भरमा मिसन ८४मा इलामले भाँजो हाल्ने देखियो। बल गरौ दाइ!😜

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

आफूले त उहिल्यै भन्देको हो, लोकरिझ्याइँवादबाट उदाएको दलले नेता कांग्रेसबाट र मतदाता एमालेबाट खोस्छ भनेर। बाले बल्ल चाल पाएछन्।😂😜

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

भाउजूको एकद्वार नीतिबाट आजित भएर उथलपुथल गर्न उफ्रिएका प्रचण्ड आज भाउजूकी भतिजीकी जेठाजुको सालोले गरेको बान्ता सोहोर्दैछन्। कुरो यत्ति हो। जमीर नभएको प्रचण्ड र मेरुदण्ड नभएको नाम्लेकिराले गर्ने यत्ति हो, यो वा त्यो नाममा सके जति मान्छेको रगत चुस्ने!😡

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

खासमा सरकारी शिक्षकले दलको कार्यकारिणी पदाधिकारीमात्र हैन दलको सदस्य नै बन्ने हैन। संविधानले युनियन बनाउन दिएकै छ र युनियनको चुनाव जे भने पनि दलीय नै हुने हो। बस्, दलीय आबद्धता यतिमै रोकिनु पर्छ। सकृय राजनीति गर्ने हो भने जागीर छाडेर गर्ने हो, मन्त्रिलाई धम्क्याउने हैन। सिम्पल!🙏

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

ओशो भन्थे, गाईलाई लुगा लगाइदिने हो भने मान्छेले गाईको नग्न चित्र कालोबजारमा किन्छ। र, नेपालको राजनीति कामभन्दा अझ पनि भाषण, सपना, लुगा, भाँडा माझेका वा चटक देखाएका फोटाहरू बेचेरै चल्दैछ। इलाममा चालीसवर्षसम्म जितेको दलले गाईको फोटो बेच्नबाहेक कुनै 'वाह' गर्ने एउटा काम गरेको छ र?🙏

account_circle